हिन्दू धर्म’bout सोचमग्न देउवा र गोंगबुको रसिलो डिनर

नेपाली कांग्रेसको आसन्न केन्द्रीय कार्यसमितिको बैठक अघि काठमाडौंबाट पश्चिमतिरको चक्रपथमा अवस्थित गोंगबुमा रात्रीभोजको आयोजना गरिएको छ । रणनीतिक तयारीमा तात्न रात्रीभोजको आयोजना गरिएको बुझिएको छ ।

नुवाकोट निस्कने मुख्य नाका गोंगबुमा रहेको खानदानी केसी परिवारको निवासमा आयोजित रात्रीभोजले पार्टीको संस्थापन पक्षलाई पसिना छुटाउनेगरी दवाव दिनुपर्नेमा छलफल गरेको थाहा भएको छ । पार्टीभित्र महत्वपूर्ण हैसियत राख्छन् भनी चिनिएका कांग्रेसका वौध्दिक नेता अर्जुननरसिंह केसी र उनका भाईहरुको यो सक्रियताले कार्यसमितिको बैठकमा के कस्तो प्रभाव पार्ने हो त्यो भने भविष्यमै देखिएला । तर पार्टीभित्रको राजनीति र शक्ति सन्तुलनमा तरंग ल्याउन सक्ने केसी बन्धुहरुले आगामी केन्द्रीय समितिमा नेतृत्वमाथि दवावको वातावरण बनाउने उदेश्यले यो भोजको आयोजना गर्नुको पछाडि ठूलै उदेश्य जोडिएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

नुवाकोटे राजनीतिमा आआफ्नो स्थानबाट स्थान बनाउँदै आएका केसी बन्धुहरु र महत वन्धुहरु रामशरण र प्रकाश शरण कांग्रेसको दुइ ध्रुवमा उभिएका छन् । प्रकाश शरण भने यतिबेला सभापति देउवाका ‘विश्वासपात्र’ मानिन्छन् । पार्टीमा होस् या सरकारमा पुगेका बेला होस् केसी र महत वन्धुहरु सत्ताको घारबाट मह काढ्नबाट कहिल्यै चुकेका छैनन् । उनीहरुले कति सेवा गरे त्यो त उनीहरु जानुन् तर नुवाकोटका जनताले भने यो दुई परिवारलाई सत्तामा चढाईरहन कुनै कसर छोडेका छैनन् ।

गोंगबुको रसिलो डिनर

भनिन्छ, शेरबहादुर देउवाले नेतृत्व गरेपछि कांग्रेसको गति सयबाट झरेर तीसमा अड्किएको छ । गएको निर्वाचन परिणामले कांग्रेसको स्पीडको नतिजा नै सार्वजनिक गरिसकेको छ । त्यसपछिको तुफानी आलोचना र कटाक्षपछि संगठनमा नयाँ जागरण ल्याउन भनी देउवाको नेतृत्वमा भएको देश दौडाहाले कार्यकर्ताको अनुहारमा कुनै तरंग ल्याउन नसकेको कांग्रेसजनले नै विभिन्न माध्यमबाट प्रतिक्रिया जनाई नै रहेका छन् । संसद् र सडक दुवै ठाउँमा फितलो प्रदर्शन गरिरहेको कांग्रेसले साँच्चै जागरण ल्याउन चाहेको हो भने नेतृत्व’bout सोच्नुपर्ने उनीहरुको तर्क छ ।

यस्तै पृष्ठभूमिमा चारदिनपछि अर्थात् यही असारको २२ मा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक स्थगित भएन भने यसपटक सबै मुद्दालाई विस्तारमा छलफल गर्न युवा नेताहरुले गम्भीर तयारी गरिरहेको बुझिएको छ । जागरण अभियान,कोपेनहेगनको कथित विश्व भेला, संसद्मा भैरहेको फितलो प्रदर्शन र हिन्दू धर्म सम्बन्धमा छलफल गर्न ती नेताले पूर्ण तयारी गरेको थाहा भएको छ । यसैको तयारी स्वरुप नुवाकोट कांग्रेसका सभापति जगदीशनरसिंह केसीको निवासमा मंगलबार साँझ रात्रीभोजको आयोजना भएको थियो । दाजु अर्जुनको सल्लाहमा भएको भनिएको रात्रीभोजमा सभापति देउवाको विपक्षमा रहेका नेताहरु सहभागी थिए । सँधै असन्तुष्ट पक्ष भनी चिनिएको यो समूहका नेताहरु आफैं भने बोलीमा टिकिरहन नसकेको इतिहास छ । हिन्दू धर्मका बिषयमा बोल्दै पछि हट्दै गरेका महामन्त्री शशांक कोइराला पनि भोजमा सहभागी थिए ।

कांग्रेसका ‘वरिष्ठ’ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक सहितका नेताहरुले विधानको संक्रमणकालीन व्यवस्थालाई टेक्दै सभापति देउवाले पार्टीलाई तदर्थवादमा लैजान खोजेको आरोप लगाएका थिए । केन्द्रीय समितिकै पूर्व तयारीका लागि आयोजित रात्री भोजमा सभापति देवउवाको आलटाले नीतिलाई अब कुनै पनि तर्कमा अघि बढ्न दिननहुनेमा नेताहरु सहमत भएको एक सहभागीले सुनाएका छन् ।

   फेरि बल्झिने भो विधान

 जागरण अभियानको समीक्षासँगै नियमावली संशोधन मस्यौदा समितिले तयार गरेको पार्टी नियमावली २०७६ माथि छलफल हुनुका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानका सम्बन्धमा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न राम्रो तयारी गर्ने ’boutमा पनि छलफल भएको बताईएको छ ।

 केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको विधानमा व्यवस्था गरिएअनुरूपको संघीय संरचनाअनुसार संगठन विस्तारका ’boutमा पनि छलफल गर्न उनीहरु सहमत भएका छन् । महासमिति बैठकबाट पारित भएर गत फागुन १२ गते केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको विधानमा टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहमा पार्टी संरचनाको व्यवस्था गरिएको छ ।

निर्वाचन कि मनोनयन 

पहिलो चरणको जागरण अभियानको समापनपछि कांग्रेसले रिक्त संरचना र विभागहरूलाई पूर्णता दिएर मात्रै दोस्रो चरणको अभियान सञ्चालन गर्ने बताएको थियो । पार्टी नियमावली मस्यौदा समितिमा नै निर्वाचन कि मनोनयन भन्ने विषय संस्थापन र असन्तुष्ट पक्षबीच विवाद कायमै छ । नियमावली मस्यौदा समितिले मनोनयनको बाटो खुला गर्ने प्रावधान पारित गर्ने लागेपछि असन्तुष्ट पक्षले विमति जनाउँदै आएको छ ।

विधानको धारा ७२ को उपधारा ४ को ख, ग र घ को बमोजिम हुने व्यवस्था केन्द्रीय कार्यसमितिले निर्णय गरेअनुसार कार्यान्वयन हुनेछ भनेर नियमावलीमा जबर्जस्ती छिराइएको छ । त्यसलाई पार्टी विधानले नचिन्ने भन्दै संस्थापन असन्तुष्ट पक्ष विरोधमा देखिएको छ । ‘विधानको धारा ७२ को उपधारा ४ का (ख), (ग) र (घ) ले प्रदेश कार्यसमिति तत्कालीन महाधिवेशन प्रतिनिधि र त्यस तलका कार्यसमितिहरू क्षेत्रीय प्रतिनिधिबाट निर्वाचित हुने व्यवस्था गरेको छ,’ नियमावली मस्यौदा समितिका एक सदस्यले भने,‘कांग्रेसजस्तो लोकतन्त्रिक पार्टीले निर्वाचनको विकल्प खोज्नु हुँदैन भन्ने हाम्रो भनाइ हो ।’

विधानमा सबै तहका कार्यसमितिहरुको चयन निर्वाचन प्रक्रियाबाट हुनुपर्ने स्पष्ट व्यवस्था भए पनि प्रस्तावित नियमावलीमा केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरे मनोनयनबाट समेत गठन गर्न सकिने प्रावधान राखिएका कारण संस्थापन असन्तुष्ट पक्ष सशंकित छ । उक्त समूहले उक्त नियमावली हुबहु पारित हुन नदिने रणनीति बनाएको बताईएको छ ।

तर सभापति देउवा भने असन्तुष्ट पक्षलाई विभिन्न वहानामा अल्मल्याएर पेलेर अघि बढ्ने चालबाजीमा रहेको असन्तुष्ट पक्षको बुझाई छ । ‘वरिष्ठ’ नेता पौडेलले यस बिषयमा गतिलो अडान लिन नसक्दा पनि सभापति देउवाले पेल्ने साहस गरेको एक केन्द्रीय सदस्यले बताए ।

हिन्दू धर्मको मुद्दा,सोचमग्न देउवा

गएको महासमिति बैठकमा औपचारिक रुपमा प्रस्तुत भएको हिन्दू धर्मको मुद्दा’bout पनि आउँदो कार्यसमिति बैठकमा जमेर छलफल हुने एक केन्द्रीय सदस्यले बताए । सभापति देउवाकै गृह जिल्लाका सभापति कर्ण मल्लले प्रस्तुत गरेको त्यो बिषय’bout यतिबेला कांग्रेसका शीर्ष नेताहरुवीच अनौपचारिक रुपमा गहन छलफल चलिरहेको बुझिएको छ । संविधान जारी हुनुअघि नयाँ संविधानमा हिन्दू धर्म नै राखिने भनी मित्र राष्ट्रहरुलाई वचन दिएका सभापति देउवा पनि अहिले आएर सोचमग्न भएको बताईएको छ । खासगरी छिमेकी भारतको पछिल्लो निर्वाचनपछि सभापति देउवा सोचमग्न बनेको बुझिएको छ ।

‘यो कार्यसमिति बैठकमा हिन्दू धर्मका बिषयमा गम्भीर छलफल हुनेमा कुनै शंका छैन, हामी यसलाई एउटा ठोस निष्कर्षमा पुर्याउन र आगामी महाधिवेशनबाट निर्णय गराउन नेतृत्वलाई पुरा दवाव दिने तयारीमा छौं’ एक केन्द्रीय सदस्यले बुधबार सरल पत्रिकासँग बताएका छन् ।

अस्पष्ट शशांक

महामन्त्री कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाले हिन्दू धर्मका ’boutमा चर्चा गर्ने गरेका छन् । महामन्त्री कोइरालाले भने यस बिषयमा डराउँदै बोल्ने र भोलिपल्ट फिर्ता लिने प्रवृत्ति देखाईरहेका छन् भने नेता शेखरले निरन्तर धर्म निरपेक्षताको आलोचना गर्दै यसमा षड्यन्त्र भएको कुरा दोहोर्याउँदै आएका छन् । नेता पौडेलले भने ढुलमुले नीति मै अघि बढ्नु उचित ठानेको देखिएको छ ।