टाउको दुखेको औषधी नाइटोमा घस्दै

सङ्ग्रौला जस्तै झण्डै १०० छन सल्लाहकारलाई दोष दिने, डेढ सय छन सरकारको कार्यशैलीलाई दोष दिने र ५-१० मात्रै छन बाह्य तत्वलाई दोषी देखाउने भट्टराईको विश्लेषणका समर्थक।  सामाजिक सञ्जालका टिप्पणी कुनै गम्भीर अनुसन्धानबाट निस्किएका हुन्नन, न तिनले कुनै गम्भीर प्रकृतिका सोधका आधार तयार गर्छन तर तिनले जनतामा बन्दै गरेको आम धारणा’bout राम्रो चित्र भने  देखाउँछन।

खोज, अनुसन्धानको पक्ष हेर्ने हो भने आफू त गणेशभक्त । अरू गाउँ-गाउँ पुगेर तथ्य सङ्कलन गर्छन, अनुसन्धानका लागि, मैले आज कुर्सीमै बसेर एउटा अनुसन्धान गर्दिएँ, त्यो पनि कसैको फेसबूकको भित्तो हेरेर।  कुमेरू-सुमेरू घुम्ने कुमार भन्दा गणेशले सफलता पहिला हाँसिल गरे झैँ ।

सोधको विषय प्रधानमन्त्रिका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको चिन्ता। भट्टराईले आफ्नो फेसबूकको भित्तामा लेख्नु भएछः

“बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा बर्तमान व्यवस्था र संविधान उल्टाउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने । यसका लागि कुन कुन व्यक्ति र शक्तिहरुलाई एकठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता सिर्जना गर्न सकिन्छ त्यो गर्ने । यसका लागि भित्र र बाहिरका केही शक्तिहरु सक्रीय हुंदै गरेको अवस्था । अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुस्प्रयास । समय मै सचेत भै जनमतको कदर गर्दै जन अपेक्षा पूरा गर्न तर्फ सबै केन्द्रित होऔं।”

आफ्नो फेसबूके भित्तामा भट्टराईले स्पष्ट शब्दमै, दोहोरो अर्थ नलाग्ने गरी जनअसन्तुष्टि उत्पन्न हुने कारण भनेको  “बढ्दो जनअपेक्षा र  सरकारको कमजोर डेलिभरी प्रणाली” भन्ने स्विकार गरेपछि वहाँका करीब १७० फेसबूके मित्रहरूले कसैले नरम शब्दमा कसैले कडै भाषामा वहाँलाई सुझाव दिएः यो दुई-तिहाइँ “कसैले हामीलाई काम गर्न दिएन” भन्दै रुनका लागि होइन।

“डाडू पन्यु आफ्नो हातमा लिने अनि गर्न दिएनन भनेर अरूलाई दोष लगाउने? भन्ने प्रश्न  भट्टराईका  करीब दुई-तिहाई फेसबूके मित्रका रैछन। त्यसैमा २०-२५ जनाले “नाच्न नजान्ने आँगन टेडो” भन्ने भाषा प्रयोग गरेका छन भने “आफू सही नहुने संधै अरूलाई मात्र खराब देख्ने बानी”को रुपमा चित्रण  गर्ने झण्डै ३० जना देखिए।

सबै भन्दा चाखलाग्दो कुरा चाहिँ  १०० जना भन्दा बढि चाहिँ सिधा वा घुमाउरो भाषामा भट्टराई जस्तै सल्लाहकारलाई पुरै दोष लगाउने देखिए।  चैते कम्युनिष्ट भएको, चाटुकार भएको, प्रधानमन्त्रिलाई अनावस्यक साना-तिना टुक्रे काममा अल्मल्याएको सबै आरोप भट्टराई लगायत बिष्णु  रिमाल सम्मका सल्लाहकारले खेपेका छन ।

पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले आफ्नै फेसबूके भित्तामा गरेको टिप्पणीलाई भट्टराईको भित्तामा शेयर गर्ने ४-५ जना भेटिए । सङ्रौला सङ्ग्रौलाले भट्टराईलाई नै सम्बोधन गरेको फेसबूके सन्देशमा सही सुझाव समेत ग्रहण गर्न नसक्ने सरकारको शैलीलाई तिखो प्रहार गरेका छन। “यहाँहरूकै काम गर्न नजान्ने ढङ्गले गर्दा गलत तत्वलाई सरकार बिरुद्ध प्रहार गर्ने मौका मिल्यो” भन्दै घोत्लिन पाँच बुँदे टिप्पणी र थप चार-बुँदे सुझाव समेत दिएका छन, सङ्ग्रौलाले।

टि टिप्पणीमा सङ्ग्रौलाले आफूले बालुवाटारमा प्रवेश समेत नपाएको, निर्मला पन्त हत्याकाण्डका ’bout फोनमा एक-दुई पल्ट भट्टराईलाई सुझाव दिएको तर भट्टराइले फोनै उठाउन छोडेको गुनासो गरेका छन। डोजर माफिया, जहाज माफिया, भू-माफिया, यातायात माफिया र भ्रष्टाचारी नियन्त्रण गर्ने सुझावलाई बेवास्ता गरेको , १००-१०० मिटरका टुक्रे ठेक्का र यस्तो डिलमा मन्त्रीका श्रीमतिको संलग्नता तथा त्यस्ता डीलमा संलग्न ठेकेदारहरूनै माइतिघरको जुलुसमा सहभागीता हुने गरेको भन्दै सङ्ग्रौलाले प्रधानमन्त्रिका सल्लाहकारहरूले प्रधानमन्त्रिलाई गुमराहमा राखेको टिप्पणी गरेका छन।

“गुठीका जमीनमा माफियाले पाँच तल्ले घर बनाएर भाडामा लगाएका छन, नेपालको जमीन’bout इन्साइक्लोपेडिया जस्ता मान्छे छन तर गुठी विधेयक कस्ले लेख्यो?” उनको प्रश्न छ। विश्वविद्यालय ध्वस्त भएको, डाँडा-काँडा भत्काइएको, कृषकहरू मर्माहत भएको तर मन्त्रालयमै बसेर कर्मचारीले सरकारलाई उडाएको र मन्त्रिका रबाफ र भड्किलो व्यवहार बढेको टिप्पणी उनको छ। यिनै कारण हुन जसले जनतामा निराशा थपेको, उनको निष्कर्ष छ।

सङ्ग्रौला जस्तै झण्डै १०० छन सल्लाहकारलाई दोष दिने, डेढ सय छन सरकारको कार्यशैलीलाई दोष दिने र ५-१० मात्रै होलान बाह्य तत्वलाई दोषी दे्ख्ने भट्टराईको विश्लेषणमा समर्थन जनाउने।

सामाजिक सञ्जालका टिप्पणी कुनै गम्भीर अनुसन्धानबाट निस्किएका हुन्नन, न तिनले कुनै गम्भीर प्रकृतिका सोधका आधार तयार गर्छन तर तिनले जनतामा बन्दै गरेको आम धारणा’bout राम्रो चित्र भने  देखाउँछन, अर्थात प्रवृत्ति चाहिँ देखाउँछन। अझ महत्वपूर्ण कुरा भनेको कस्ता मान्छेले त्यस्ता टिप्पणी गरेका छन भन्ने हो। सबै टिप्पणी सर्सर्ती हेर्यो भने एकादुई बाहेक सबै टिप्पणी सरकार ढलोस भन्ने भन्दा बलियो होस भन्ने आशयकै देखिन्छन र टिप्पणी गर्नेमा भट्टराईको दलकै साथीको बाहुल्यता देस्खिन्छ।

एउटा बलात्कार पछि भएको भनिएको हत्याका सन्दर्भमा एमालेकै सरकारमा महान्यायाधिवक्ता भैसकेको व्यक्तिले सुझाव दिन खोज्दा प्रधानमन्त्रिका सल्लाहकारले फोन उठाउन छोड्ने प्रवृत्ति हेर्दा यो सरकारले कसको सुझाव लिन्छ? भन्ने प्रश्न खडा गर्छ। कम्युनिष्ट पार्टीलेनै प्रदेश नीति आयोगमा उपाध्यक्ष बनाएको मान्छेले “कमजोर डेलिभरी प्रणाली” भन्ने टिप्पणीलाई जोड दिएको र प्रधानमन्त्रि कार्यालयमै सचिव भएर लामो समय बिताएका सचिवहरूले औँल्याएको सरकारको भनाइ र गराईमा भएको फरकपन र माफिया नियन्त्रित सार्वजनिक नीति निर्माण  गर्ने पद्धतिले सरकारको कार्य शैली र दिशा ’bout प्रसस्त बोल्छन,नबुझ्नु वा नबुझे जस्तो गर्नु फरक कुरा।

माफिया र भ्रष्टाचारीहरू नीति निर्माणमा हाबी भएका टिप्पणी यति धेरै छन कि यदि भट्टराई “चटके पीए” होइनन, “गम्भीर सल्लाहकार” हुन भने तिनका शब्द शब्द केलाएर ग्तम्भीरताका साथ उनले हेर्नु पर्छ। पोहोरसाल उखान-टुक्काको रुपमा ब्यक्त भएका भएपनि एका-दुई बाहेक अरू कार्यान्वयन हुन सक्ने खाले सपना थिए। अहिलेका सामाजिक सञ्जालका टिप्पणी हेर्दा ति सपनालाई उडाउनेहरू ठिक थिए भन्ने अवधारणा स्थापित हुँदैछन।

तर गलत सल्लाहकारले कति दोषको भागीदार हुने भन्नेमा मेरो व्यक्तिगत विचार बिभाजित छ। भट्टराईकै स्टाटसमा आएका टिप्पणीले झन त्यो विभाजनको रेखा गाढा बनाइदिएको छ । किनकि प्रधानमन्त्रिको एक्लै हिँड्ने बानी देखि सरकारको एक्लै हिँड्ने बानी सम्मका टिप्पणीले सलाहकारको अस्थित्वलाई अस्विकार गर्छ।  सल्लाहकार सहयोगी वा पीए हुन कि सल्लाहकार नै हुन भन्ने मलाई आफैँ थाहा छैन । थाहा नभएको कुरामा भट्टराईलाई केही सुझाब दिने मेरो हैसियत छैन। मैले भन्ने यति हो कि फेसबूककै टिप्पणी हेरे पनि तपाइँलाई घोत्लिन पुग्ने खुराक हुन।   बिपक्षी, बिरोधी, शत्रु, जनबिरोधी आदि आदिका टिप्पणीका पछि लाग्न त तपाइँ जस्ता महान मान्छेले सुहाउँदैन, तर टिप्पणीकर्ता मध्ये तपाइहरूकै शुभ चिन्तक, कुनै विषयका विशेषज्ञ, तटस्थ टिप्पणीकार पनि छन । सके सोझै  नसके पनि घुमाउरो पाराले भए पनि प्रधानमन्त्रि समक्ष पुऱ्याइदिनु भए तपाइँको ठूलो देश सेवा हुने छ।

मलाई थाहा छ तपाइँहरूको आफ्नै सूचना संयन्त्र छ  सूचना समयमा तपाइँ सामु पुर्याईदिने । तर मलाई ति संयन्त्रमै विश्वास छैन । नेपालमा सूचनाको खेती गर्ने र त्यसैबाट जीविका चलाउने एउटा ठूलो समूह छ । त्यो समूहको काम नै सूचना निर्माण, सूचना तोडमोड, सुचनाको छनौट, सुचनाको सान्दर्भिक प्रयोग र सूचनाको  दुरुपयोग मार्फत आफ्नो प्रभाव नीति समाजमा स्थापित गर्ने। यस बाहेक पनि अरू सूचनाका दलाल छन। कसैले भारतलाई सूचना बेच्छन, चीनलाई बेच्नेको अर्कै समूह बनेको छ, कोही पश्चिमालाई बेच्छन, कोही साहूलाई बेच्छन, कोही स्रोतालाई बेच्छन, जीविकाका लागि । पार्टी कार्यकर्ताले समेत नेतालाई सही सूचना दिन छोडेका छन त्यसले आफूलाई फाइदा पुग्छ भन्ने सुनिश्चित नहुञ्जेल।  त्यसैले तपाइँका संयन्त्रका अलावा सामाजिक सञ्जालमा फुत्त निस्किएका टिप्पणीहरू समेतमा तपाइँ इमानको मात्रा भेट्न सक्नु हुन्छ।

मेरो एउटै टिप्पणी छ, अझै चार वर्ष छन, पहिलो दुई वर्ष सवै क्षेत्रमा प्रणाली बसाउनेमात्रै काम गर्नुस, गाली गर्नेले गर्दै गर्छन । सल्लाहकार फेरेर, मन्त्रि फेरेर केही हुने वाला छैन । देश झन डुब्ने मात्रै हो । सबै मन्त्रि एसियाली मापदण्डमा पुग्छन आर्थिक हिसाबले, तर देश बन्दैन । मान्छे फेर्ने भन्दा प्रणाली बनाउनुस जसले सरकारलाई थप सड्न दिन्न । आफ्नो राजनैतिक दल र संसदलाई लाई गम्भीर बहसको थलो बनाए र हतारमा निर्णय लिएर फूर्सदमा पछुताउने बानी छोडे सरकारबाट गन्ध आउने क्रम रोकिन्छ। दल भित्र गम्भीर बहस गरेर मात्रै कुनै कदम चाले देखि ति चालिने कदमले दलको समर्थन पाउँ। त्यस्ता बाहिरिया टिप्पणीले यो सरकार हल्लिँदैन । सरकार घेरावन्दिमा पर्ने भनेको पार्टी भित्रैबाट मात्रै हो। जब दलकै नेता तपाइँका शत्रु सरह हुन्छन भने हामी जस्ता बाहिरिया टिप्पणीकार सरकारको भक्त हुनु पर्छ भन्ने अपेक्षा नै गलत छ।