असार १५ अर्थात रोपाइँ जात्रा
मनसुन शुरुवात सगैं किसानहरुलाई रोपाइँको चटारो सुरु हुन्छ । यो वर्ष ढिलो गरेर मनसुन सुरु भए पनि देशै भरि किसानहरु रोपाइँमा जुटेका छन् । अझ मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात्। असार महिना । कृषि प्रधान देशमा यो महिना किसानहरु वर्षभरिको छाक जुटाउन खेती लगाउन व्यस्त हुन्छन । असार १५ अर्थात किसानहरुको बर्षको नै ठुलो चाड रोपाइँ जात्रा धुमधामले मनाउंछन । पछिल्लो समयमा यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउन थालिएको छ । नेपालीहरुमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता अन्तर्गत रोपाहारहरु,युवा युवतीहरु खेतका गराको हिलो छ्यापाछ्याप गरेर माटोमा लडिबुडि गरी रमाइलो मनाउँदै र दही चिउरा खाई मनोरञ्जन गर्छन् ।
यो बर्षपनि देशै भरि विभिन्न कार्यक्रमहरु आयोजना गरेर किसानहरु, स्थानीय सर्वसाधारणहरु, स्थानीय प्रतिनिधिहरु समावेश गराइ धानखेतमा रमाइलो गरी धान दिवस मनाएका छन् । यसै क्रममा धादिङको धुनेबेंसी नगरपालिकाको महेशफांटमा गाउँ पर्यटन प्रवद्धन मञ्च नेपाल(VITOF-NEPAL) तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको छ। स्थानीय सर्वसाधारणहरु ,स्थानीय जन प्रतिनिधिहरु, पर्यटनक्षेत्रका व्यक्तित्वहरु,पत्रकारहरुको उलेख्खय उपस्थिति रहेको उक्त महोत्सवमा धानखेतमा रमाइलो गरी धान रोप्दै, युवायुवतीहरु एकआपसमा हिलो छ्यापाछ्याप गरेर रोपाइँ जात्रा मनाएका छन् । नेपाल एक कृषि प्रधान देश भएको कारण असार १५ अर्थात रोपाइँ जात्रा नेपालको मौलिक पर्व रहेकोले किसानहरु यस दिन प्रचुर बाली भित्राउने कामना पनि गर्छन्। ।शब्द / तस्विर : सुनिल शर्मा