गथांमुग
काठमाडौं उपत्यकालगायतका नेवार बस्तीहरूमा वर्षभरि विभिन्न जात्रा, चाडपर्व, पूजाआजा देख्न सकिन्छ । साउन कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व अर्थात् गाथामोग चह्रे वर्षको पहिलो चाड मानिन्छ । नेवार समुदायले मनाउने वर्षकै पहिललो पर्व हो गथांमुग। साउन कृष्णपक्षको चतुदर्शी तिथीका दिन पर्ने यो पर्वलाई ’घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ। यस पर्वको अवसरमा नेवार समुदायले नर्कट र छ्वालीको लिङ्गाकृत तीनखुट्टे गथांमुगः बनाई टोलका दोबाटो र चौबाटोमा जलाएर मनाउने गर्दछन् वा खोलामा बगाउन लगिन्छ ।
नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व उनीहरुको मौलिक पर्वमध्येको एक हो। देवताको नाम सुन्नुपर्ला भनी कानमा घन्टा झुन्ड्याएको हुँदा उनको नाम नै घण्टाकर्ण भएको किंबदन्ती छ । त्यति मात्र होइन, घण्टाकर्ण सुनलाई भन्दा फलामलाई महत्त्व दिने व्यक्ति अर्थात् भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने व्यक्ति मानिन्छ । यस दिनमा नेवार समुदायले आफ्नो घरमा गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग–ब्याधी नलागोस् भनेर राक्षस धपाउँदै पूजा गर्छन्। तसर्थ मानिसहरु फलामका औंठी लगाउने गर्छन् तथा घरका ढोकाहरुमा फलामका कीलाहरु ठोकिन्छ।
तस्विर : सुनिल शर्मा