यात्रा: मुगुको ऋणमोक्ष तिर्थस्थल
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका ‐१२‚ मा पर्ने ४ हजार ३ सय मिटरको उचार्इमा रहेको प्रशिद्द तिर्थस्थल ऋणमोक्ष पुग्न बाटो तथा धर्मशालाको व्यवस्था नहुदा त्यहाँ पुग्ने तिर्थयात्रीहरुलार्इ सकस हुने गरेको छ ।
जनै पूर्णिमाको अवसरमा पुजा तथा विभिन्न संस्कार गर्न पुजारी सहित हजारौ भक्तजनहरु ऋणमोक्ष पुगेर प्लाष्टिकको पालमुनि असहज र कष्टपुर्ण बास बस्नु परेको अवस्था छ । ऋणमोक्ष भवानीको महिमा र महत्वका कारण कर्णाली प्रदेस र सात नंम्वर प्रदेशका तिर्थालुहरु आफ्नो मनोकाँक्षा पुरा गर्न बर्षेनी त्यहाँ जाने गरेको पाइन्छ ।
धर्मकुण्ड‚ अन्नपुर्णेश्वरी‚ गौकुण्ड‚ रक्तकुण्ड र तारा दह नामका पाँच वटा कुण्ड भएको ऋणमोक्ष तिर्थस्थलमा श्रावण शुक्लपक्षको अष्टमी देखि पूर्णिमा सम्म मेला लाग्ने गर्छ । कुल देवता शुद्द पार्न‚ वर माग्न, बर्तबन्ध गर्न‚ मृतकको अस्तु सेलाउन तथा पिण्ड प्रदान गर्न र चौपाया हत्याको पाप कट्टा गर्न भक्तजनहरु ऋणमोक्ष पुग्ने गर्दै आएका छन् ।
चैन स्थित मुल थान बाट गएको गाथ सहित पुजारीको टोली पुर्णिमा सम्म बस्नु पर्छ भने अन्य भक्तजनहरु धर्मकुण्डमा नुहार्इ पुजा तथा विभिन्न कर्म पुरा गरी फर्किने गर्छन् ।
उच्च लेकाली भु‐बनोट र लेकाली वनस्पतिहरुले ऋणमोक्ष तिर्थस्थल जाने पदमार्ग सहज नभए पनि यात्रा गर्न अत्यन्तै रमार्इलो हुने गर्छ । लहरै लागेका पाँच वटा कुण्डको पानीको निकास पुर्व तिर भएर नै तिर्थस्थल बनेको पौराणिक कथन छ ।
उच्च लेकाली ठाँउमा चिसो र बास बस्ने उचित ठाँउ नहुँदा आफु र तिर्थयात्रीहरुलार्इ निकै ठुलो सकस हुने गरेको पुजारी लक्ष्मी प्रसाद चौलागाँर्इ दुखेसो छ ।
ऋणमोक्ष पुग्न उपयुक्त पदमार्ग र व्यवस्थित धर्मशालाको व्यवस्था गर्ने हो भने धार्मीक पर्यटकको आगमनले यहाँका मानिसहरुको जीवनस्तर माथी उठने बुद्दिजिविहरुको ठहर छ ।
-कविराज कार्की
















