उताबाट फर्केपछि

आफ्नो घर गाईगोठमा आगो लगाउने मान्छे कस्तो होला ! सज्जन त पक्कै होइन होला । सनकी पनि कसरी भन्ने ! सनकी भएको भए आगो लगाएर त्यहीँ चुपचाप बसिरहन्थ्यो र छरछिमेकलाई आफ्नो बहादुरीको प्रदर्शन गरेर बस्थ्यो । तर आगो लगाएर बेपत्ता भएपछि पक्कै त्यो मान्छे बुद्धि नभएको विद्धान जस्तो लाग्यो ।

अस्ति एउटा खबर छापियो । त्यसो त खबर छापिनु कुनै ठूलो कुरा होइन । खबर भनेको छापिनकै लागि हो । छापिएन भने के खबर भो र ! कसैले थाहा पाएन भने, कसैलाई जानकारी भएन भने त्यस्तो खबरको महत्व पनि हुन्न ।

छापिएर पनि खबर महत्वपूर्ण भएन भने, कसैको ध्यान गएन भने वा बहुला कुकुरले मान्छेलाई टोक्यो , गधाले सकीनसकी भारी बोक्यो, वा दासले मालिकको मज्जासँग भजन गायो, कार्यकर्ताले नेताको भब्य स्वागत ग¥यो भन्ने जस्ता खबर आयो भने त्यस्ता खबरको महत्व नहुन सक्छ वा ती केवल पाना भर्नका लागि मात्र हुन्छ, पढ्नका लागि हुन्न । यस्ता खबरले केहीलाई आत्मतुष्टि त मिल्ला तर धेरैलाई सुस्ती मिल्छ होला ।

तर यहाँ म अलि बेग्लै खालको खबर ’bout चर्चा गर्न लागेको छु । चर्चा गर्न योग्य नै लाग्यो ।
खबर हो – एकजना मान्छेले कुन सनकमा हो वा कोसितको रिस फेर्न हो आफ्नै घर र गाईगोठमा आफैले आगो लाइदियो र त्यसपछि भागेर बेपत्ता भयो ।

आफ्नो घर गाईगोठमा आगो लगाउने मान्छे कस्तो होला ! सज्जन त पक्कै होइन होला । सनकी पनि कसरी भन्ने ! सनकी भएको भए आगो लगाएर त्यहीँ चुपचाप बसिरहन्थ्यो र छरछिमेकलाई आफ्नो बहादुरीको प्रदर्शन गरेर बस्थ्यो । तर आगो लगाएर बेपत्ता भएपछि पक्कै त्यो मान्छे बुद्धि नभएको विद्धान जस्तो लाग्यो ।

त्यसलाई माओवादी आतङ्ककारी पनि कसरी भन्ने ! आफ्नै भौतिक सम्पत्तिमा आगो लगाएको छ । आतङककारीहरु त अरुको धनसम्पत्ति लुट्छन् , आगजनी र तोडफोड गर्छन् तर आफ्नै घरबार आश्रयस्थल र तालिम शिविर त आफै ध्वस्त पार्दैनन् ।

भनेपछि त्यो मान्छे त पक्कै खतरनाक इरादा भएको आधुनिक कालीदास हुनुपर्छ ।
खैर यो त खबरमा आएको कुरा भयो । खबरमा के आउँछ के आउँदैन, ठेगान हुन्न । कहिलेकाहीं खबरमा खबर हुन्न, अर्थोक पनि हुनसक्छ । बुझ्नेलाई यो कुरो गहिरो त नबुझ्नेलाई घरमुनि पहिरो छ भनेजस्तै हो ।

त्यस्तै एउटा खबर हो यो, जसको म यहाँ चर्चा गर्न लाग्दैछु ।
प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको धुमधाम अभ्यास गरिरहेको एउटा पार्टीमा अचानक अभ्यासको संकट आइपर्यो । संकट कस्तो भने अब केमा विवाद गर्ने, कस्तो अभ्यास गर्ने भन्ने ’bout संकट आइपर्यो।

बाहिर भने पार्टीमा कुनै संकट छैन, कुनै विवाद छैन, कसैको कुनै भूमिका छैन भन्ने विषयमा ब्यापक प्रचारबाजी । तर भित्र भने अचाक्ली विवाद, संकट । प्रजातन्त्र र लोकतन्त्रको ठेक्का लिएको पार्टी तर कसैलाई त्यस’bout चुँक्क बोल्न नदिने । सबै स्तब्ध तैपनि चारैतिर कोलाहल ब्याप्त छ ।

यस्तै संकटको बेला नेताजी दलबलसहित विदेश सयरमा जाँदै रहेछन् भन्ने सुनें । कुनै अचम्म लागेन। नेताजीको विशेष गुण हो यस्तो तनावग्रस्त अवस्थामा कतै गइदिने ।
तैपनि केही गाँठी कुरो पक्कै होला भनेर बुझ्न पंक्तिकार दौड्यो नेताजी कहाँ ।
– नेताजी भ्रमणमा जाँदै हुनुहुन्छ भन्ने सुनेर आएको ।
– ठीक सुन्यौ तर ढिला सुन्यौ म त हिंडेको ।
– यति अचानक किन ?
– मज्जा त यस्तोमा पो छ । जे पनि अचानक गर्ने अरुले सोच्नै नभ्याउने गरी । मान्छेहरुले सोच्नु अगावै आफूले त्यो गरिहाल्ने ।
– यस्तो संकटमा !
– यो संकट फंकट केही होइन । सब ठीक हुन्छ ।, नेताजी ढुक्क रहेछन् ।
– नेताजी पार्टीमा यस्तो कोलाहल छ , यसले त खतम गर्छ, पंक्तिकारले चिन्ता ब्यक्त गर्यो ।
– अहँ, केही हुन्न, म पार्टीकै हितको लागि जान लागेको हुँ । ग्लोबलाइजेशनको युगमा अब पार्टीलाई बाहिरको सपोर्ट चाहिन्छ के ! त्यसैको लागि हो यो भ्रमण ।
– नेताजी यो आगोलाई त निभाएर जानोस् ।
– खै आगो , खै धुँवा ? म त देख्दिनँ । फेरि आगो लागेको भए पनि उताबाट फर्केपछि केही गरुँला । यसले हतपती केही गर्दैन ।
– नेताजी यसले पार्टी फुट्न सक्छ ।
– हैन केही हुन्न , उताबाट फर्केपछि जोडुँला ।
– भ्रमण पछि गर्दा पनि हुन्छ नि ।
– हैन, यस’bout पनि उताबाट फर्केपछि सोचुंला ।
यति भनेर नेताजी जहाज छुट्ला भनेर दौडिहाले ।