जुम्लाका घोडचढी


दशैको फुलपातिको दिन शनिवार जुम्ला सदरमुकाम खलंगामा रहेको राजा सिममा घोडा दौड प्रतियोगिता आयोजना गरिन्छ । । परम्परादेखि जुम्लामा हुदै आएको घोडा दौड फुलपाती चौर हालको जुम्ला विमानस्थलमा हुने गथ्र्यो । हरेक वर्ष फूलपातिको दिन जुम्ला एयरर्पोटको धावनर्मागमा घोडा दौड हुन्थ्यो । तर २०५४ सालमा धावनमार्ग कालोपत्रे भएपछि घोडा दैड हराउँदै गएको थियो ।कर्णाली स्र्पोट क्लबले विगत तीनवर्षदेखि यहाँ घोडा दौड गर्दै आइरहेको छ । जुम्लाको परम्परागत संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि दशकौ पछि घोडा दौडको आयोजना गरिएको हो । यो बर्षपनि जुम्लाामा घोडा दौड प्रतियोगिता सम्पन्न भयो । करिब २२ वर्षपछि जुम्लामा चौथो घोडा दौड प्रतियोगिता गरिएको हो । परम्परागत सस्कृतिमा आधारित घोडादौडलाई पुनर्जि्वित गर्दा सम्पुर्ण जुम्ली खुसी भएको सस्कृत विद रमानन्द आर्चायले बताए । उनका अनुसार यसलाई निरन्तरा दिएर पुस्तान्तरणमा जोड दिनुपर्छ ।

यसपालीको घोडा दौडमा ३७ घोडाकिसानको सहभागिता रहेको थियो । जसमा तीन विद्यामा प्रतियोगिता गराइएको थियो । जसमा खुल्ला दौड विधामा प्रथम गुठिचौर गाउँपालिका का प्रयाक ऐडि, द्धितिय चन्दननाथ नगरपालिकाका कालि बहादुर बुढ्थापा र तृतिय एकराज थापाका घोडा भएका छन्, त्यस्तै पालित विधा प्रथम चन्दननाथ नगरपालिकाका कालि बहादुर बुढ्थापा , द्धितिय चन्दननाथ नगरपालिकाका दलजित खत्री र तृतिय गुठिचौर गाउँपालिकाका पर्वत वस्नेत का घोडा र कदम विधामा प्रथम गुठिचौर गाउँपालिका का विर्ख बहादुर भण्डारी, द्धितिय पातारासी गाउँपालिकाका एकराज थापा र तृतिय कालि बहादुर बुढ्थापा घोडा भएका छन । प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने घोडालाई क्रमशः पाँच हजार तीन हजार र दुई हजार नगर पुस्कार दिएको क्लबका अध्यक्ष सरोज शाहिले बताए । उनका अनुसार प्रमाण पत्र मेडल लगायत सबै सहभागी घोडालाई पनि पुरस्कृत गरिएको छ ।

घोडा दौड प्रतियोगितामा जुम्लाका पसांसद गजेन्द्रबहादुर महत, जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढालगायतका जनप्रतिनिधि तथा हजारौँ जनसमुदायको सहभागीता रहेको थियो ।घोडा दौडमा सहभागी हुने किसानले आफ्नै घरमा पालितपोषित घोडा लिएर सहभागी हुने परम्परा रहेको छ । घोडा दौड प्रतियोगितामा निकै रोचक दृश्यहरु ।


शब्द / तस्विर :  सरोज शाही