कांग्रेसको नर्सरीमा भाइरस संक्रमण

अदुरदर्शी र अकर्मण्य नेतृत्वको गुट गुटको शिकार भएर नेबिसंघ माउ पार्टी झैँ जीवन मरणको दोधारमा छ । कांग्रेसको उर्वर नर्सरी  गुट रुपी भाइरस घोलेर कांग्रेस आफ्नो शक्ति अरु क्षय गराउन उद्दत छ । सबैभन्दा उर्बर मलिलो नर्सरीमा फंगस भित्र्याएर कस्तो बिरुवा र फलको कल्पना गर्दैछ कांग्रेस ? के नेबिसंघ कमजोर हुनु भनेको कांग्रेसको खुट्टामा बन्चरो प्रहार हुनु हैन र ? 

 

 

आफ्नो ४९औ जन्मोत्सव नेपाल बिद्यार्थी संघले पाँच वटा चुलो धुवाएर मनायो । नेपाल बिद्यार्थी संघको इतिहासमा यो एतिहासिक रेकर्डको रुपमा दर्ज भएको घटना हुनुपर्छ । कांग्रेस पार्टीको भात्रृ संगठनले एकै पार्टी हुदाँ यसरी आफ्नो जन्मोत्सव खण्ड खण्ड, झुण्ड झुण्डमा नेताको स्वार्थ र चाकरीमा मनाएर रेकर्ड कायम गर्नुको अर्थ नेपाली कांग्रेस पार्टी भित्रको आन्तरिक संघर्ष र गृह कलह चरम उत्कर्समा भएको यथार्थको अभिव्यक्ति हो ।  कांग्रेसमा द्वन्द कहिले थिएन र यद्दपि यति बिघ्न निरिह भएर सत्ताच्युत हुदाँ पनि आफ्नै घरझगडामा अल्झेर आफैमा मारामार गर्नु भनेको चेत नफिरेको र अब पनि नफिर्ने अधोगतिको संकेत हो ।

 

पार्टी भए पछि त्यहाँ बिभिन्न शक्ति संघर्स हुन्छन नै तर कांग्रेस भित्रको अहिलेको शक्ति संघर्ष स्वार्थ नै स्वार्थको टकराव हो, आफ्नो भागमा मात्रै उर्वर, मलिलो र कुलो ,कुवा पानी निकासको जग्गा राखेर रुखोपाखो, उब्जनि नहुने भिरालो ढाड आफ्ना भाइको अंशमा हालिदिने भाइमारा दाइको प्रपन्च जस्तो । कांग्रेस आफू मासिने र भासिने भत्कोष लाग्ने शृंखलाको चरणबद्द रुप हो । मूल घरमा मात्रै छैन झगडा, अशान्ति र वेचैनी आफ्ना भात्रृ संघ संगठनमा पनि यसको असर छ । विषाक्त भाइरसको असरले सर्वत्र छिया छिया पारेको छ । प्रवासमा रहेका संघहरुमा पनि, शुभेच्छुकहरुमा गुट र स्वार्थको पसल खुलेका छन्  ।  आ आफ्नो गुटमा लगानी गरेर स्वार्थको किनबेच गर्ने पसल र अखडा नखोलेसम्म आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्न, आफ्नो पक्षमा बोलीदिने र लबिंग गरिदिने मान्छे हुदैनन् भन्ने मनोविज्ञानले हरकांग्रेस नेता ग्रसित र त्रसित छन् तसर्थ आ आफ्नो हितानुकुल बिभिन्न खुद्रा पसल चलाएर संस्थापन अर्थात् होलसेल पसललाई घेराबन्दीमा पार्ने दाउ र मेसो मिलाइरहन्छन । संस्थापन शक्ति सन्तुलन मिलाउन जान्दैन र चाहदैन ।

 

बैज्ञानिक र पद्दति संगत पावर शेयारिंग पार्टीहरुमा भएन भने बिजेता र उपविजेता समुह बिचको दुरी अरु बढ्छ र पार्टी चर्कन्छ,पार्टी चोइटिन्छ, पार्टीमा अपनत्वको भाव हराउदै जान्छ र अन्ततः पार्टी बिभाजन पनि हुन्छ । हाम्रो देशमा पार्टी विभाजनको ताजा उदाहरण भर्खरै विवेकशील साझा सम्म आइपुगेको सबैको आखा अगाडि नै छ । पार्टी सबैको जस्तो बन्न अवसर सबैकोमा पालैपालो पुग्ने बातावरण रचना गर्नुपर्छ जुन आजका पार्टी ब्यबस्थापकहरुको मुख्य चुनौती र टाउको दुखाईको बिषय बनेको देखिन्छ । आफुलाई एक से एक अब्बल ब्यबस्थापकीय क्षमता भएको दावी गर्नेहरु पनि चुकेको चुकेकै छन् । पार्टी विभाजनको भाइरस नेपालमा पार्टी बन्ने बेलादेखि नै मल जल पाएर हुर्केको हुन्छ शायद ? आफ्नो घर झगडाको कारण कति वटा चुलो बाहिर बाहिर बाल्छन कांग्रेस नेता कार्यकर्ता भन्ने एक उदाहारण हो, जन्मोत्सव जस्तो पवित्र र पुन्य दिनमा पनि बिभाजन एक हैन अनेक हुनु ।

 

सजिलै आकलन गर्न सकिन्छ कांग्रेसहरु कस्तो स्थितिमा आफ्नो पार्टी जीवन चलाइ रहेछन । कांग्रेसको उर्जा र अजेय शक्ति नेपाल बिद्यार्थी संघ पहिलोपटक यसरी छिन्नभिन्न र खण्ड खण्डमा आफ्नो जन्मउत्सव मनाउदा पनि कांग्रेस नेतागणमा हिनताबोध नहुनु कांगेस अवनतिको मार्गमा द्रुतगतिमा छ भनेर सबैले बुझ्ने भाषा हो । आफ्नो गौरवशाली इतिहास र कांग्रेस नेतृत्वको सबै आन्दोलन २०२७ पछिको बलियो हात पाखुरी थियो नेपाल बिद्यार्थी संघ तर आज अदुरदर्शी र अकर्मण्य नेतृत्वको गुट गुटको शिकार भएर नेबिसंघ माउ पार्टी झैँ जीवन मरणको दोधारमा छ । कांग्रेसको उर्वर नर्सरी  गुट रुपी भाइरस घोलेर कांग्रेस आफ्नो शक्ति अरु क्षय गराउन उद्दत छ । सबैभन्दा उर्बर मलिलो नर्सरीमा फंगस भित्र्याएर कस्तो बिरुवा र फलको कल्पना गर्दैछ कांग्रेस ? के नेबिसंघ कमजोर हुनु भनेको कांग्रेसको खुट्टामा बन्चरो प्रहार हुनु हैन र ?  पार्टी सभापति देउबा कांग्रेसको नर्सरी र स्वयं नेपाल बिद्यार्थी संघको केन्द्रिय सभापति भएर आज यो स्थानमा पुगेका पूर्व अर्थात् भूतपूर्व नेविसंघ हुन भने बरिस्ठ नेता राम चन्द्र लगायत अधिकांश केन्द्रीय नेता नेबिसंघको पृष्ठभूमिबाट आइपुगेका उपज र उत्पादन हुन्  । किन आफू जन्मेको घरमा आगो लगाएर, खरानीको ब्यापार गर्न बिबस छन् पुर्व बिद्यार्थी नेताहरु ?

 

इतिहासमै नेविसंघलाई कमजोर पार्न नेताहरु मरिहत्ते गर्दैछन । शक्तिशाली सत्ता पक्षको पेलानमा परेर पनि किन सत्बुद्दी पलाएन कांग्रेसमा ? विवेकलाई अविवेकी भाइरसले किन गाज्यो यतिबिघ्न ? सत्ताको बिरोधमा आफ्नो अन्तरिक शक्ति र सामर्थ्य मजबूत बनाउनुपर्ने, परस्परको एकता अभिवृद्दीगरी आपसको विश्वास गहिरो र घनिभूत बनाएर विपक्षीमाथि जाइ लाग्न आन्दोलन गर्नुपर्ने कांग्रेस आफैमा लड्न र ध्वस्त हुन लागिपरेका छ । आन्तरिक एकता नभएको पार्टीले कसरी गर्न सक्छ आन्दोलन ? कसरी पाउन सक्छ जनसमर्थन ? आफ्नो घर यति भाडभैलोमा पुर्याउने कांग्रेसले देश अब बनाउछ भन्ने विश्वास के ? कुन बिश्वास र भरोसाको आधारमा जनताले कांग्रेसलाई काँध हाल्ने ? अझै बि पी र गणेशमान अनि कृष्णप्रसादको योगदानको ब्याज मिलिरहन्छ सधै ? गतिशील उर्जावान र जीवन्त पार्टीमा सैद्दान्तिक बहस र द्वन्द्वलाई पार्टीको जीवन चक्र र जिउदो जाग्दो हुनुको प्रमाण भनेर मान्ने बुझ्ने समाज विज्ञानको नियम र राजनीति शास्त्रको मान्यता हो तर स्वार्थकेन्द्रित लडाई र जुँगाको लडाईलाई गतिशील हुनुको प्रमाण भनेर बुझ्न सकिन्न यो त जीवन घातक क्यान्सरको फैलावट भनेर मान्न सकिन्छ।

 

जिर्ण र अजीर्ण रोगको शिकार भनेर बुझ्न सकिन्छ । हाल क्रियाशील रहेका बिद्यार्थी संगठनहरु मध्ये सबैभन्दा पुरानो बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ तत्कालिन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा नेपाली कांग्रेसले आफ्नो बहुदलीय एजेन्डालाई स्थापना गराउने उदेश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरुलाई शैक्षिक एजेण्डामा टेकेर बिद्रोहगर्न नेपाल बिद्यार्थी संघको स्थापना २०२७ मा गरिएको कुरा कांग्रेसको इतिहासमा पढ्न पाइन्छ । थुप्रै राजनैतिक सामाजिक र शैक्षिक परिवर्तनको संवाहक र अनवरत योद्दा नेविसंघ आज केवल आफ्नै विरुद्द आफ्नै माउ पार्टी विरुद्द संघर्षमा छ विद्रोहमा छ । आफ्नो गौरवशाली विगत कसरी वचाउने र आगत कसरी सुरक्षित राख्ने चिन्तामा छ । नेविसंघ कसैको गोटी बनेर रोटि सेके झैँ सेकिनु निस्चय पनि नेपालको प्रजातान्त्रिक र शैक्षिक आन्दोलनको लागि क्षति हो ।

 

नेविसंघ कांग्रेसको संजीवनी बुटी हो यो संजीवनीबुटिमा ढुसी उमारेर कांग्रेसको भविष्य बन्ला र ? ब्याड र नर्सरी मै बिसाक्त जीवाणुको प्रभाव भए पछि कस्तो फुल वृक्ष र फलको आशा राखिन्छ ? नेविसंघको केन्द्रिय समिति नै छैन तर आन्दोलनमा लडन निर्देशन दिन्छन सभापति ? चेन अफ कमाण्ड बिनाको कुनै संघ संगठन हुन्छ ? अनुशासन बिहिन बिद्यार्थी वैचारिक द्वन्द र बहस भन्दा भौतिक आक्रमण प्रिय हुन्छन जसको परिक्षण नेबिसंघले पटकपटक आफू भित्र गरेर सिद्द गरेका छन्  । अराजक, अनुशासनहीन र अकर्मन्य बिद्यार्थी संगठनले कस्तो नतिजा र परिणाम भोग्नु पर्थ्यो भन्ने कुरा फाल्गुनमा स्ववियू को चुनाव भएको भए प्रमाणित हुन्थ्यो पार्टी पराजयको शर्मानक दुखाइले नदुखेको, आफू पराजयको दुख भोगेर दुख्त्यो कि ? नेविसंघलाई बेबारिसे बनाएर भोलिको कस्तो कांग्रेसको अपेक्षा हो नेताहरुको ? नेविसंघका नेताहरू किन प्रयोग हुन्छन नेताहरुको स्वार्थको लागि ? कुनै पनि नेताको दौराको फेर नसमाइ राजनीतिमा टिकिन्न र बिकिन्न भन्ने मनोवृति सधै हावी हुनुको कारण खोज्न ढिला भएन र ? बृहत पार्टी स्वार्थ हेर्ने कि ? केहिथान नेताको स्वार्थको लागि नेविसंघलाई बन्धक बनाउने ।

 

नेविसंघका नेताहरुले पनि सोच्ने हो कि ? नेविसंघ त देशको लागि प्रयोग हुनुपर्थ्यो, बृहत पार्टी हितको लागि प्रयोग हुनुपर्थ्यो, बिधार्थीको भाग्य र भविष्यको लागि लड्नु पर्थ्यो, नेता र आफ्नो क्षणिक स्वार्थको लागि एकापसमा भाले जुधाई गरेर रमिता देखाउनुको फलादी के हुन्छ ? नेविसंघको पुनर्जीवन ’bout नेपाली कांग्रेस स्वयं नेबिसंघका जुझारुनेता कार्यकर्ताले अब पनि सोचेनन भने यसको अस्तित्व जोगाउने भगिरथ प्रयत्न गरेनन भने आपसमा जुधेर सिद्दिनुको मज्जा कस्तो हुन्छ समयले सिकाउछ  । आज पनि कांग्रेसमा कम्युनिस्टहरु मारामार गरेर सिद्दिन्छन अनि हाम्रो पालो आइहाल्छ भन्ने मिठो भ्रम र काल्पनिक उडानमा मस्त छन् । त्यो भ्रम त्यतिबेला सम्म जीवित रहन्छ जतिबेला सम्म कांग्रेसले आफुले पछिल्लोपटक प्राप्त जनमत जोगाउन सक्छ र अरु नयाँ पुस्तालाई आकर्षण गर्न सक्छ ।

 

कांग्रेसको केन्द्रिय पदाधिकारीहरुमा कुनै चार्म छैन, यिनका जीवन पद्दति, शैली र भाव कुनैमा पनि आकर्षणको लेस बाकीं देखिन्न नर्सरी बिभिन्न भाइरसले संक्रमित छ । कांग्रेसको नयाँ पुस्ता नर्सरी भनेको विद्यार्थी फाँट अर्थात नेविसंघ जहाँ आकर्षण हैन विकर्षण मात्र छ तव यति भाड भैलो गर्ने संगठन मार्फत आफ्नो भविष्य सुरिक्षित देख्ने आजको पुस्ता होला र ? सडे गलेका र डेट एक्सपायार्ड विजन रोपेर, नर्सरी भरी भाइरस हालेर कांग्रेसले कस्तो सुरक्षित भविष्यको कल्पना गर्दैछ ? कांग्रेसका  लेटेस्ट एन्टी भाइरस राखेर पुरै फाइल क्लिन गरेर नयां नयां प्रोग्र्यामिंग बिना नेविसंघ र कांग्रेस रिस्टल गर्नुको विकल्पमा कांग्रेसको राजनैतिक वैधानिक समाप्ति नबनोस । कारखाना गतिलो भएन भने उत्पादन राम्रो हुन्न कमशल उत्पादन लिएर गयो भने बजार पाउन गाह्रो हुन्छ भन्ने कुराको धेरै जानकार विज्ञ अर्थशास्त्रीहरू किन उदाश,निराशर खिन्न छन् ?