आगोमा नाँच

काभ्रे जिल्लाको बाँसडोलमा रहेका सुतार कार्कीले २०७२ पुस महिनामा आफ्ना अकालमा मरेका वायुलाई करिव डेढ महिना लगाएर खली जगाएर उतारेका छन् ।
बाँसडोलस्थीत महेन्द्र ज्योती गा.वि.स. वडा नं. ५ तल्लो कार्की गाउँका ५२ घर परिवारले सामुहिक रुपमा ५ जना धामी लगाएर २०७२ मंसीर ३ गते देखि तान्त्रीक विधिपूर्वक अकालमा मरेका आफन्तका ९ जनालाई जगाएर २०७२ पुस २२ गते अन्तिम खली उतारेका हुन् ।
तान्त्रीक असोक थापाको नेतृत्वमा उनीहरुले होम, रुद्री, लाखबत्ती बाली वायुको डाँग्रो जगाएका थिए । विज्ञानलाई समेत चुनौती दिदै उनीहरुले झन्डै ५०० भारी दाउरालाई एक ठाउँमा राखेर आगो वाली ५ जना धामी सहित अकालमा मरेका आफन्तका ९ जना डाँग्रे वायुलाई खाली खुट्टा वलीरहेको आगोमा नचाएका थिए ।
तान्त्रीक असोक थापाका अनुसार अकालमा मरेका व्यक्तिले यो खली नजगाउन जेल सान्ती नपाएका हुनाले उनीहरु मरेर गए पनि उनीहरुको आत्मा यही आउने हुनाले आफन्तलाई पिराल्ने गरेकाले यसरी खली जगाउनु परेको हो । खली जगाएर उनीहरुलाई थान्कामा राखिसके पछि अव उनीहरुको आत्माले सान्ती पाउने छन र उनीहरुको आत्मा आउने छैन ।
सुतार कार्कीले यस अघि २०१३ सालमा पनि सामुहिक रुपमा वायु डाकेर अकालमा मरेका आफन्तहरुलाई खली खुवाएको स्थानिय कुमार कार्कीले जानकारी दिनु भयो ।
तस्विर र भिडियो ःतस्विर चन्द्रशेखर कार्की
प्रस्तुती ःनिमेष अधिकारी