भौकाजीका चित्रमा महाभूकम्प

                                     आर के भौकाजी

चित्रमा महाभूकम्प

धरहरा, काठमाण्डौं २०७२

चित्रकलामा पहिलो पीएचडी रामकुमार भौकाजी चिनाइरहनु पर्ने नाम होइन । स्वदेश तथा विदेशमा ३६ वटा एकल चित्रकला प्रदर्शनी गरिसकेका उनी आफूलाई होइन, आफूले सिर्जना गरेका चित्रकलालाई हेर्न सुझाऊँछन् ।

आफ्नो प्रचार पटक्कै मन नपराउने र अरुको खोजीनीति र टिकाटिप्पणी भन्दा पृथक रहेर चित्रकला सिर्जना र अनुसन्धानमै लागिरहने भौकाजीको जन्म ६६ वर्ष अघि २००८ सालमा रामेछाप जिल्लाको साँघुटारमा भएको थियो ।

भक्तपुर २०७२

भौकाजी तेल चित्रका विशेषज्ञ हुन् । त्यसवाहेक उनी ग्वास (पोष्टर रंग), पानी रंग, पेष्टल (मैन), संगीना (चक), मसी, पेन्सिल (ड्रइंग), ग्राफिक चित्रहरु बनाउन पनि माहिर छन् ।
‘मेरो नेपाल’ चित्र सृंखला अन्तर्गत भौकाजीले महाभुकम्प–०७२मा बनाएका सयौं सांस्कृतिक, धार्मिक र सामाजिक क्षेत्रका चित्रहरु तयार पारेका छन् । उनी भुकम्प सिरिजको सचित्र पुस्तक नै प्रकाशित गर्ने तयारीमा छन् । sadrishya.com ले भुइचालो गएको दुइवर्ष पुगेको बेला उनीसंग वार्ता गरी ०७४मा भुकम्पको संझना गरी भौकाजीका केही चित्रहरुको प्रकाशन गर्न लागेको छ ।
भौकाजीले भने, भुकम्पमा जुन सांस्कृतिक सम्पदाका भत्किएका चित्रहरु मैले बनाएँ ’cause ती अब कहिल्यै प्रत्यक्ष रुपमा देख्न पाइने छैन । भविष्यको पिढीले त्यो कितावमा मात्र पढ्न पाउने छन् । पुननिर्माण भएर देखिहाल्न पाइए पनि ती पूर्व रुपमा देख्न पाइदैन । तिनै पूर्व संरचनाहरु जो भुकम्पमा नष्ट भए तिनको यथार्थ चित्रहरु मैले चित्रण गरेको छु ।
यी चित्र कलाकार आफैंले भोगेको अनुभव हो । चित्रको विषयवस्तु नै त्यही अनुभवको सेरोफेरोमा केन्द्रित छ

सेतो दरवार स्क्वायर, बसन्तपुर, काठमाण्डौं २०७२

यथास्थानमा बसेर

बुंगमती २०७२

यी चित्रहरु यथास्थानमा बसेर बनाइएका हुन् । चित्र सिर्जना गर्दा निकै अप्ठेरो स्थिति थियो । सबैतिर तहसनहस रहेको अवस्थामा कुनै ठाउ विशेषमा बसेर चित्र सिर्जना गर्नु त्यति सजीलो थिएन ।
उदाहरणका लागि धरहराको नष्ट भएको दृश्य अगाडिको घरको चौथो तल्लामा बसेर बनाइएको थियो र छिनछिनमा जाने भुकम्पले कैयौं चोटी आफू नै भाग्नु परेको थियो । त्यसरी धरहरा नष्ट भएको सिर्जना तयार गरिएको थियो ।

चित्र र तस्वीरको भिन्नता

विश्वरुप, पशुपतीनाथ,काठमाण्डौं २०७२

भौकाजीले भने, तस्वीर क्यामराले खिचेपछि जस्ताको तस्तै निस्कने भयो ’cause उसको एउटै आँखा छ । त्यसलाई फोटोग्राफरले क्लिक गर्दाखेरी क्यामराले जस्ताको तस्तै उतार्छ । तर चित्रकारले चित्र बनाउदा त्यहाँ विभिन्न समस्याहरु आउने र चित्र बनाइरहेको समय लामो लाग्ने हुनाँले त्यसवीच हुने मौसम परिवर्तन, वस्तुस्थितिको परिवर्तनहरुलाई पनि समेट्नु पर्ने हुन्छ । त्यसले गर्दा चित्रमा फोटोमा जस्ता रंग हुँदैनन् । चित्रको रंग, रंगकलाकारको रंग हो । त्यो रंग फोटोग्राफीले दिन सक्दैन । त्यसैले चित्रहरु कलाकारका मौलिक कृति हुन् ।

प्रत्येक कलाकारको आ आफ्नो रंग हुन्छ । त्यसैको आधारमा कलाको पहिचान हुन्छ । जस्को चित्र हो, उसैको भनेर सहजै चित्र चिनिन्छ । त्यही नै कलाकारको स्व–पहिचान हो । तर फोटो खिच्दा जुनसुकै क्यामराले खिच्दा पनि एउटै निस्कन्छ । ’cause क्यामराको संचालन क्यामरा आफैंले गर्दैन । मानिसले क्यामरा संचालन गर्नुपर्छ ।

क्यामराको गिदी हुँदैन । क्यामराले केही पनि सोच्दैन । जे आज्ञा दियो, त्यही काम गर्छ । तर कलाकारले आफूले सोचेको कुरा बनाउछ । उ आफैं स्वचालित हुन्छ । त्यसैले क्यामरा र कलाकारका बीच ठूलो भिन्नता हुन्छ ।

भुकम्पको प्रदर्शनी

भक्तपुर शहर २०७२

भौकाजी भन्छन्, मलाई लाग्छ कलाकारले भुकम्प संबन्धी जुन चित्रहरु सार्वजनिक गरेका छन् ती सबै प्राय फोटोग्राफीको कपी गरिएको हुन्छ । ’cause म जति ठाउमा गएँ, त्यहाँ एकजना पनि चित्र बनाउने कलाकार भेटिएका थिएनन् ।

भुकम्पको नाउमा थुप्रै प्रदर्शनी भएको मैले पनि खबर पढें, सुनें । तर ती चित्रहरुले त्यो चित्रको इतिहास बताउदैन । घटना भएको कुरा बताउछ तर यथार्थ कुरो दिंदैन ।
मेरा चित्रहरु स्थलगत रुपमा बनाइएकाले तिनले त्यसवेलाको वास्तविक अवस्थालाई देखाउछन् । त्यस्ता घटनाबाट बच्न पहिले नै सचेत हुनुपर्ने सन्देश मेरा चित्रहरुले दिन्छन् । यो चित्रांकित इतिहास हो । ठेलीका ठेली पुस्तक लेख्नुको सट्टा एउटै चित्रले सबैकुरा बताउछ ।

लठिबज्र जिर्णोद्धार

साँखु २०७२

भुइचालो गएका धेरै ठाउ पुगेका भौकाजीको बिचारमा यहाँ जिर्णोद्धार भैरहेको छैन । सबैतिर लठिबज्र ताल छ ।
उदाहरणका लागि विवाद र चर्चामा आएको रानीपोखरी जिर्णोद्धारको कुरा गरौ न । रानीपोखरीको मन्दिर भित्रभित्रै फलामको रड राखेर बनाउन लागियो । त्यस्तो गर्न पुरातत्वले कसरी स्वीकृति दियो ?
हाम्रा मठमन्दिरमा प्रयोग गरिएका सामान बाह्रौं, तेह्रौं, सोह्रौं शताब्दिका छन् । ल भन्नुहोस्, उतिबेला बनाइएको भक्तपुरको पाँच तल्ले मन्दिरको एउटा झिंगटी पनि भुइचालोमा खसेन । काठमाण्डौंको तलेजुको मन्दिरलाई पनि भुकम्पले टसको मस पार्न सकेन । यसको अर्थ होे, हाम्रा पूर्खाको प्रबिधिमा उपयोग गरेका सामान अत्यन्तै बलीया रहेछन् । यो प्रविधि के हो ? किन हामीले त्यही खोजी गरेर त्यसैगरी नबनाउने ?

जेष्ठ महाविहार, पाटन २०७२

जहाँसम्म सिमेन्ट र टडको प्रयोगको कुरा छ, हामी सबैलाई थाहा छ सिमेन्टको आयु पचास वर्ष हुन्छ । तर हाम्रो सामाग्री र प्रविधि शताब्दिसम्म टिकिरहेको छ । त्यसैले हाम्रो पुरानो प्रविधि नै हाम्रो देशमा उपयुक्त छ र हामीले त्यही दोहो¥याउनु पर्छ जुन हाम्रा बाबुबाजेले प्रयोग गरे । अनि संचालन गर्न पनि गुठीहरुलाई पुनरस्थापना गरिनुपर्छ । आफ्ना धरोहर मर्मत गर्न मागेर ल्याउने संस्कृतिको अन्त्य गरिनुपर्छ ’cause हाम्रा पूर्खाले यत्रा संरचना बनाउन त बिदेशी सामु हात फैलाएका थिएनन् हामी यति मर्मत गर्न पनि त्वम् शरणम् गर्न लाग्ने ? हामी हिन्दू÷बौद्धहरुले गुठी मासेर मन्दिर÷चैत्य पुननिर्माण गर्न क्रिश्चियनसंग पैसा माग्नु हुँदैन ।

ललितपुर २०७२

शिव मन्दिर, चण्डेश्वरी, बनेपा २०७२

बुंगमती २०७२

स्वयंभुनाथ, काठमाण्डौं २०७२ 

 

भक्तपुर २०७२

 

भक्तपुर २०७२

बुंगमती २०७२

काठमाण्डौं २०७२

नाला २०७२

लुभु २०७२

टोखा, काठमाण्डौं २०७२