मन्दिर, कला र सम्बृद्धिको सहर बाली

मन्दिर, कला र सम्बृद्धिको सहर बाली


शब्द-तस्वीर: लक्ष्मणदत्त पन्त, बाली 

किन्तामणि पहाडको नामबाटसमेत चिनिने बालीबाट ६० कि.मि. उत्तरतर्फ रहेको बतुर पहाड जहाँ सन् १९२६ मा भयानक ज्वालामुखि विष्फोटन भएको थियो ।

पचास लाख जनसंख्या रहेको इण्डोनेसियाको प्रशिद्ध पर्यटकीय सहर बाली प्राकृतिक रूपमा जति मनमोहक र रमणीय छ, ऐतिहासिक, सांस्कृतिक र कलात्मक हिसावले त्यतिकै सम्पन्न । मुख्य पेसा कृषि, कास्ठकला र ब्यापार रहेको बाली सहर डेनपसार नामबाट पनि चिनिन्छ ।

डेन भनेको उत्तरी र पसार भनेको बजार हो, अर्थात उत्तरीबजार । यहाँ मानव संरक्षित जंगल छ तर जनावरविहीन । सन् १९४५ सम्म नेदरल्याण्डको साम्राज्य रहेको इण्डोनेसियाको यो सहरका ९० प्रतिसत वासिन्दा हिन्दु छन् । शताब्दियौदेखि नियमित ज्वालामुखि विस्फोटन, सुनामी र भुकम्पजस्ता प्राकृतिक प्रकोपबाट गुज्रिरहेको यो सहरले संयमता अपनाउदै दिगो विकासका लागि योजनावद्ध रणनीति अपनाएका कारण कठोर प्रकोपहरूसंँग जित्दै आएको छ । बालीबाट ६० कि.मि. उत्तरतर्फ रहेको बतुर पहाडमा सन् १९२६ मा भयानक ज्वालामुखि विस्फोटपस्चात आएको शक्तिशाली भूकम्पले त्यस समयको जनसंख्याको झण्डै पचास प्रतिसत मानिसको मृत्यू भयो ।

बालीबाट २० कि.मि. उत्तरपस्चिमस्थित मास गाँउको प्रशिद्ध काष्ठकला उद्योगमा काठका मूर्ति तयार पार्दै एक कलाकार ।

काष्ठकला उद्योगबाट उत्पादित तथा विक्रिका लागि राखिएको एक कलाकृति ।


विश्वका थुप्रै मुलकहरूमा निर्यात गरिने झण्डै १२ किसिमका अर्गानिक कफी तथा चिया उत्पादन हुने मानिक एसियन कफी उद्योगमा पाक्दै गरेको कफीको एक प्रजाती ।

कफी उद्योगबाट उत्पादित लेमन ग्रास चियासहितका छ थरी कफीको स्वाद बेजोड थियो ।

सन् १०५० मा निर्माण गरिएको बालीबाट ४० कि.मि. उत्तरमास्थित प्राचीन हिन्दु मन्दिर, यस मन्दिरभित्र प्रवेश गर्न अनिवार्य रूपमा लुङ्गी लगाउनै पर्दछ ।

बालीको मास गाउस्थित प्रशिद्ध धानखेत, वार्षिक दुईपटक धानखेती हुने बालीको परम्परागत धानखेतहरूमा पर्यटकहरूको घुइचो लाग्दछ ।

सोह्रौ शताब्दिमा निर्मित बालीस्थित रोयल मन्दिर, तत्कालीन राजपरिवारका लागि बनाइएको यस मन्दिरमा रजस्वला भएको समयमा मन्दिरभित्र महिलाहरूलाई प्रवेश गर्न निषेध गरिएको छ ।

मन्दिरहरूको शहरसमेत मानिने बालीस्थित प्रशिद्ध तनालट समुन्द्री तट, जहाँ मन्दिरै मन्दिर छन् ।