टिएमजे क्षेत्रमा गुराँस प्रेमी र गुराँस

टिएमजे क्षेत्रमा गुराँस प्रेमी र गुराँस

कृष्ण सिन्जाली


पूर्वको उत्कृष्ट पर्यटकिय स्थलहरुमध्ये तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रलाई एक मानिन्छ । गुराँसको राजधानी भनेर चिनिएको टिएमजे क्षेत्र यतिखेर राताम्यै भएको छ ।

उक्त क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङ को संगमस्थलमा पर्दछ । आन्तरिक तथा बाह्रिय सयौं पर्यटकहरु टिएमजे क्षेत्रमा गुराँसको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको कुरा वसन्तपुर स्थित याक होटलका संचालक पेम्बा भोटियाले वताए।

समुन्द्र सतहबाट एक हजार छ सय देखि पाँच हजार पाँच सय मिटर सम्मको उचाईमा रहेको टिएमजे क्षेत्रमा नेपालमा पाईने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने भएकोले गुराँसको राजधानी भनेर पनि मानिन्छ ।
नेपालको प्रमुख पाँच पर्यटकीय गन्तव्य स्थलमा सुचिकृत टिएमजे क्षेत्रमा विशेष गरी चैत १५ देखि बैशाखको पहिलो सातासम्म गुराँस ढकमक्क फुल्ने राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण तिवारीले वताए ।

 

पूर्वको धरानबाट मोटर बाटो हुर्दै वसन्तपुर पुग्न सकिन्छ । वसन्तपुरको देउरालीबाट तीनजुरे, मिल्के र जलजले क्षेत्रमा फुल्ने गुराँस र सेताम्मे फुलेको चाँप लगायतको पूmलले तीन दिनको पैदल यात्रामा सबैको मन पुलकित बनाउँछ । टिएमजे क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङ का २३ गाविसमा फैलिएको छ । टिएमजे क्षेत्रमा पाइने गुराँसका केही तस्वीरहरु ।