सन्दकपुर

पर्यटकिय दृष्टिकोणले उच्च रहेको सन्दकपुर

 

कृष्ण सिञ्जाली 

 

पूर्वी नेपालको पर्यटन प्रर्वद्धनका लागि गतिलो सम्भावना बोकेको ईलाम जिल्लाको पर्यटकिय स्थल सन्दकपुरलाईृ लिन्न सकिन्छ । ईलामको माबु गाबिस—८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित सन्दकपुर समुन्द्र सतह देखि तीनहजार तीनसय छत्तीस मिटर उचाईमा रहेको छ । सन्दकपुरस्थित सन्दकफु डाँडाबाट सगरमाथा देखि भुटानसम्मको पूर्वी उत्तरको हिम श्रृखलाहरुसगै सुर्योदय र सुर्यास्तको मनछुने दृश्यको अवलोकन गर्न सकिन्छ ।

 

 

इलाम सदरमुकामबाट करिब ४४ किलोमिटर उत्तरतर्फ रहेको सन्दकपुर पुग्न चारवाट नाका भएर जान सकिन्छ । इलामको मावु, माईपोखरी—जमुना, छिनटापु—गोरुवाते र सिमावर्ती नाका पशुपतिनगर — मानेभञ्जाँङ हुर्दै जान सकिन्छ । सन्दकपुर यात्राको क्रममा लाली गुराँसका फुल, दुर्लभ जन्तु रातो हाब्रे लगायतका बिभिन्न प्रजातिका बनस्पतिको अवलोकन गर्न सकिन्छ । आन्तरिक तथा बह्य पर्यटकहरुले बिख्रे भञ्याङ देखि सन्दकपुरसम्मको साढे तीन किलोमिटरको सडक यात्रा भारतीय नाका भएर जानु पर्ने वाध्यता छ । वर्षातको समयमा नेपालतर्फको ग्राभेल सडकको उचित मर्मत तथा सम्भार नभएका कारण भारतीय नाका प्रयोग गर्नुपर्ने वाध्यता रहेको टेक्सी ब्यवसायी दृश्म सुब्बाको कथन छ ।

 

 

सिमावर्ती नाका माने भञ्याङबाट आन्तरिक तथा बह्य पर्यटकहरुलाई मध्यनजर गरेर भारत सरकारले पैदलमार्ग तथा सडक मार्गको उचित ब्यवस्था गरेको छ । भने नेपालतर्फको बिभिन्न नाका हुदापनि ओझेलमा परेको छ । चैत बैशाख, असोज कात्तिक र मंसिरको समयमा पर्यटकहरुको घुइचो लाग्ने गरेका ेस्थानीय पर्यटन व्यवसायी पासाङ तेम्बा शेर्पाले बताए । उनी थप्छन् सरकारले सडक, बिजली र खानेपानी लगायतका आवश्यक पूर्वाधारका काममा चाँसो राख्दा पर्यटन व्यवसायको उज्जवल भविष्य निश्चित छ ।
यस क्षेत्रका स्थानीय बासीन्दाको प्रमुख व्यबसाय कृषी, पशुपालन र पर्यटन व्यबसाय रहेको छ ।पर्यटकहरुका लागि खाना र बस्न सन्दकपुरमा राम्रा होटल तथा लजहरुको व्यवस्था रहेको छ ।