डेड सी देखि सी अफ ग्यालिलीसम्म 

 

 

६०५ वर्ग कि. मि. क्षेत्रफल रहेको विश्वकै सवैभन्दा होचो भुभाग ‘दि डेड सि’ । पूर्वमा जोर्डन र पस्चिममा इजरालय तथा प्यालेस्टाइनसँग सिमाना जोडिएको यस समुन्द्रको  पानी पुरै नुनिलो छ ।  सजिलै तैरिन सकिने यो भुभाग समुन्द्री  सतहभन्दा ४२७ मिटर तल रहेको छ । 


शब्द-तस्वीर/ लक्ष्मणदत्त पन्त, इजरायल

सन् १९४८ मा स्वतन्त्र भएयता इजरायलले विभिन्न समस्या, राजनीतिक तनाव, सन् १९६७ को अरब–इजराइली युद्धलगायत छिमेकी मुलकहरूसँगको द्धन्द्ध झेल्दै आजको मितिमा एक समृद्ध र सवल राष्ट्रका रूपमा आफुलाई उभ्याएको छ । लिखित संविधान नभएको इजरायलको न्यायपालिका एकदमै शसक्त छ । कानुन सवैका लागि समान छ भन्ने प्रमाण पूर्व राष्ट्रपति मोसे कात्सवले यौन शोषणको आरोप प्रमाणित भएपछि पाँच वर्ष पन्ध दिनको जेल सजाय भोग्नुले प्रमाणित गर्दछ ।

कुनै प्राकृतिक श्र्रोत तथा साधन नभएको देशमा कोही निरक्षर छैनन्, कुनै सडक वालक भेटिदैनन् भने १८ वर्ष पुरा भएपछि सवै नागरिकले अनिवार्य रूपमा दुई वर्ष सैनिक सेवा वा सामाजिक सेवा गर्नै पर्दछ । सूचना तथा कृषि प्रविधिमा अपत्यारिलो ढंगले विकास गरेको इजरायलको जनसंख्या ८० लाख छ । प्रत्येक वर्ष करिव ४० लाख पर्यटकहरू इजरालयको भ्रमण गर्दछन् जुन यहाँको जनसख्याको आधा हो । ८० प्रतिशत यहूदी धर्मालम्वीहरू रहेको इजरायलमा बाकी जनसंख्या मुस्लिम, ख्रिष्टियन र द्रूजहरूको रहेको छ ।

 

यहूदीहरूको प्रशिद्ध पवित्रभूमि तथा  जेरूसेलमको पुरानो शहरको एक प्रशिद्ध प्रतीक वेस्टर्न वाल । १९ मिटर उचाई तथा ४८८ मिटर लम्बाई रहेको यस वालको निर्माण ईसापूर्व १९ बाट शुरू गरिएको थियो । 

विश्वको सवैभन्दा होचो भुभाग डेड सि, जिसस क्राइस्टको जन्मस्थल, सि अफ ग्यालिली, यहूदीहरूको प्रशिद्ध पवित्रभूमि तथा जेरूसेलमको पुरानो शहरको एक प्रशिद्ध प्रतीक वेस्टर्न वाललगायतका ऐतिहासिक र पर्यटकीय स्थलहरू रहेको इजरायलको शिक्षा पद्धति जीवनपयोगि र दिगो छ । दिगो विकासका मान्यता स्थापित गर्नेतर्फ समाज, वातावरण, समुदाय र संस्कृतिसँगको सम्बन्धलाई केन्द्रमा राखेर पूर्व–प्राथमिकदेखि उच्च शिक्षा प्रदान गरिन्छ ।

 

नवीन नमुना तथा दिगो विकासमा आधारित शिक्षण विधिबाट पठनपाठन गराइने इजरायलका विद्यालयहरूमा गरेर सिक्ने मान्यता स्थापित छ । यस्तैमध्येको एक प्रयोगात्मक ओरानिम विद्यालयमा जेरूसेलमसम्बन्धि गीतमा नृत्य गर्दै विद्यार्थीहरू ।

इजरायलको दक्षिण भूभागमा अवस्थित मुटुको आकार भएको विश्वकै केही मात्र होचा तालमध्येको एक ‘सि अफ ग्यालिली’ पवित्रस्थल र पर्यटकीय आकर्षण पनि हो । यो ताजा पानीको समुन्द्र अर्थात तालको लम्बाई २१ कि. मि., चौडाई १३ कि. मि. र गहिराई ४३ मि. रहेको छ । इजरायलको प्रमुख जलाशयको रूपमा रहेको यो तालबाट पिउने पानी परियोजना सञ्चालन गरिएको छ । 

बपतिस्मादाता जोनद्धारा जिसस क्राइस्टलाई बप्तिस्मा गरिएको भनिएको जोर्डन नदीको किनारा, जहाँ विश्वभरिका ख्रिष्टियन धर्मालम्वीहरू वर्षेनी बप्तिस्मा गर्न आउने गर्दछन् । जोर्डन नदी नै ‘सि अफ ग्यालिली’को पानीको श्र्रोत समेत हो ।

जेरूसलमस्थित प्रशिद्ध यहुदा मार्केट, जहाँ ताजा तथा स्वस्थ फलफुल, मिठाई, परिधान र खाद्यपदार्थ किनवेच गरिन्छ । 

जेरूसेलमबाट १०० कि. मि. उत्तर–पश्चिमस्थित इकोलोजिकल ग्रीन हाउस, जहाँ स्थानीय २० ओटा विद्यालयका ८०० विद्यार्थीहरू हाइड्रोफोनिक्स तथा बायोमिमिक्रि विधिबाट बोटविरूवा, जडिबुटि, औषधी, बाली तथा विभिन्न प्रकारका वातवरणीय उत्पादन’bout प्रयोगात्मक सिकाई गर्दछन् । 

 

दिगो विकास र वतावरणीय सन्तुलनलाई ध्यान दिएर तयार पारिएको सस्टेनाविलिटि भवनस्थित बाख्रा पालन केन्द्रमा राखिएका ३०० ओटा बयस्क बाख्रा तथा पाँचओटा मास्टर बोकाहरू । यहाँ पालिएका एउटै मास्टर बोकाको तौल १२० किलोग्राम छ ।