पशुपतिका रैथाने

 

 

शब्द -तस्विर: रमेश हमाल 

पशुपतिनाथ हिन्दु धर्मावलम्बीहरुका लागि बिशेष धामका रुपमा परिचित छ ।  अर्को रोचक कुरा के छ भने पशुपतिनाथ परिसर भित्र जता ततै  बादरहरु हजारौ संख्यामा रहेका छन् ।  हजारौ संख्यामा रहेका बादर संरक्ष्यण तथा उनीहरुलाई खानपिनको व्यवस्था पशुपति विकास कोषले गर्दै आएको छ ।  तेस्तै ’emको स्वास्थ्य परिक्षापनि हुदै आएको छ ! भर्खरै मात्र वाशिंगटन बिस्वबिद्ध्यालयको सर्वेक्षणले पशुपति र स्वोयम्भु परिसरमा रहेका अधिकांस बादरहरुलाई HIV/AIDS र रेबिज रहेको देखाएको छ ।  मानिस र बादरहरुको रगत नमिल्ने हुनाले यदि बादरले टोकेमा वा चिठोरेमा पनि नडराउन समेत आग्रह गरेको छ।

 

 

 

 

बादरहरु पशुपतिमा खुल्ला रुपमा रहेको हुनाले पशुपति दर्शन गर्न आएका भक्तालु हरुलाई सताउने, उनीहरुको समान खोशिदिने आदि समस्या दि राखेको हुन्छ ।  क्षेत्रमा मानिसहरुले खान को लागि किनेको खानेकुराहरु चाहे चिसोकुरा होस् या तातो कुरा होस् सबै खोशिदिने गर्छ ।

 

बादरले खोसिदिने चिथोर्ने कुरा थाहा पाएका मानिसहरुले त पशुपति परिसरमा केहि खानेकुरा लगेर जादैनन् पनि र खादैनन् पनि तर हरेक दिन हजारौ संख्यामा आउने भक्तजनहरुलाई त केहि पनि थाहा हुदैन अनि उनीहरुले खानेकुरा अनि समान किन्छन अनि बादर्हरुको शिकारमा पर्छन ।

 

 

 

 

हरेक दिन हजारौ मानिसहरु पशुपति दर्सनको लागि आउछन् अनि कति मानिसहरु पशुपति को पारीपट्टी रहेको मृगस्थलीको अगाडी लव डाडामा बसेर आनन्द लिरहेका हुन्छन ।  कति मानिसहरुले बादररुलाई आफैले बिस्कुट, फलफुल दिने गरेको पनि पाइएको छ तेसका बाबजुत पनिअहिले बादर आतंक बढिरहेको छ ।

 

मानिसहरु पशुपति दर्शन गरेर फर्कदा आफ्नो परिवार आफन्तजनहरुलाई प्रसाद, अनि केहि समान लगिदिने चलन छ तर पनि ति समानहरु जोगाएर लग्न गारो हुने हुनाले पशुपति क्षेत्रको बादर आतंक रोक्न सकियो भने राम्रो हुने थियो । कति जनावर प्रेमीहरु पनि त्येहा आएर रमाउने गरेको पाइएको छ । बादरहरुको आनेकौ रमाइलो क्रियाकलाप हेरेर दिन बितेको पत्तै हुदैन ।  पशुपति क्षेत्रमा बादरहरुको सुरक्षा, स्वास्थ्य अनि ’emको व्यवहारमा पनि अझै राम्रो संग ख्याल राख्न सकियो भने आउने दिनमा केहि घटना हुन बाट रोकिने थियो ।