हरियो श्रावण

 

 

हरियो श्रावन  

 

शब्द तस्विर: रमेश हमाल 
श्रावणको महिना जताततै हरियालीको महिना हो ! रोपाई सकिसकेपछि पानी पर्ने महिना अनि जातातातै हरियो आकर्षक बाताबरण देखिने महिना पनि हो श्रावन ! त्यो भन्दा पनि अझै महोत्वपूर्ण के छ भने श्रावनको महिना हिन्दु महिलाहरुको लागि बिषेश मानिन्छ ! हिन्दु नारीहरुले हात भरि मेहन्दी, हरियो र पहेलो चुरा, हरियो बस्त्र अनि गालामा पनि हरियो पहेलो मिसिएको पोते लगाएर सजिएको देखिन्छ ! हिन्दु धर्मावलम्बीहरु नजिकैको भगवान शिवको मन्दिरमा दर्शन गर्न जानेको भिड देखिन्छ ! नेपालमा रहेको पशुपतिनाथको मन्दिर दर्शन गर्न लाखौको भिड लाग्ने गरेको छ !

 

 

 

 

बिशेष गरि नेपाल र भारतका धर्मावलम्बीको भिड लाग्नेगरेको भएतापनि अन्य देशहरुबाट पनि दर्सनकै लागि आउने गरेको पाइएको छ ! पौराणिक कथा अनुसार श्रावनको महिना भगवान शिवको महिना मानिन्छ ! पार्वतीले साउन महिना भरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिइन्छ । पार्वतीले श्रावन महिना भरि निराहार कठोर ब्रत बसी भगवान शिब श्रीमानको रुपमा प्राप्त गरेकी हुनाले पनि यो महिना भगवान शिवको मनपर्ने महिनाको रुपमा पनि मानिदै आएको छ !

 

 

 

 

 

 

 

 

हरियो रंग प्रकृति, उर्बरता, बहुलता सौभाग्य र सफलताको रुपमा मानिन्छ ! बिशेष गरि श्रावन महिना आफैमा महोत्वपूर्ण महिना हुदा हुदै पनि श्रावन महिनाको सोमबार बिशेष हुने गरेको पाइएको छ ! बिहानै देखि मन्दिर गएर पुजापाठ गरि ब्रत बसी बस्ने प्रचलन आइरहेको छ ! विवाहिताहरुले आफ्नो श्रीमानको लामो आयुको लागि ब्रत बस्छन् भने अबिबाहिताहरुले चाही राम्रो बर पाउछन् भन्ने जनबिस्वासको कारणले पनि श्रावन सोमबार प्रचलित छ ! पहिले भन्दा आजभोली श्रावनमा हरियो चुरा, मेहन्दी लगाउने प्रचलन बढेको पाइन्छ ! जसकारण चुरा, मेहन्दी पसलमा एकाएक भिड लाग्ने गरेको र व्यापार एकदमै बढ्ने गरेको अशन स्थित एक ब्यापारी बताउनुहुन्छ ! बिशेष गरि अरु समय वा महिनामा त्यति मेहन्दी चुरा लगाउन ध्यान नदिने युबतीहरु पनि श्रावन महिना आयलगत्तै हातभरी मेहन्दी हरियो चुरा लगाएर रमाउने गरेको विभिन्न सामाजिक सन्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटर इत्यादीमा देख्ने गरेको पाइन्छ !

 

 

 

 

पछिल्लो समयमा आएर श्रावनमा ब्रत बस्नु, आफुले नखाएर पनि श्रीमानको लामो आयुको लागि कामना गर्नु कुराको पनि बिरोध हुदै आइरहेको छ ! एकातिर श्रीमानको द्रिघायुको कामना अनि लामो आयुको लागि ब्रत बस्ने अर्कोतिर चाही त्येही महिलाले विभिन्न खालका पारिबारिक, सामाजिक तथा व्यक्तिगत समस्याहरु झेल्दै सहदै आउनुपरेको हुनाले पनि बिरोध हुदै आइरहेको छ ! राम्रा कुराहरुलाई अनुसरण गर्दै र नराम्रो कुप्रथालाई चाही बिर्सिदै जानुपर्छ ! धर्म संस्कार भन्दैमा सबै कुरा राम्रो हुन्छ भन्ने छैन तर पनि राम्रो को नाममा कोहि कसैले दुखः खेप्न नपरोस !

 

 

आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर अरुको लामो आयुको लागि ब्रत बसेर के काम ! आफ्नो शरीर स्वास्थ्य, मनमा माया ममता र व्यवहारमा प्रस्ट छ भने अरु केहि चाहिदैन ! धर्मकर्म गर्न जसले पनि पाउछ तर धर्म कर्मको रुपमा नराम्रा कुराहरु आउने पिडीहरुलाई नसिकाई राम्रा कुराहरु भने अबस्य सिकाउदै लग्नु पर्छ ! हाम्रो धर्मले पनि धेरै राम्रो कुराहरु सिकाउदै आइरहेको छ ! तर पनि बिस्तारै आफ्नो धर्म संस्कृति भुल्दै पास्चात्य शैलीले बिस्तारै प्रभाब परेको देखिन्छ ! त्येसैले राम्रा कुराहरु जहिले पनि अरुलाई सिकाउने र नराम्रा कुराहरु तत्कालै अनुसरण नगर्ने प्रवृति बढ्यो भने अवस्य नै समाजमा परिबर्तन आउन कसैले रोक्न सक्ने छैन ! जय श्रावन !! जय हरियो महिना !!