धम्पुसको नजर


शब्द तस्विर: कृष्ण सिन्जाली

अन्नपूर्ण संरक्षण क्षेत्र जाने मार्गको रुपमा रहेको धम्पुस समुन्द्र सतहदेखि ८ सय मिटर देखि १६ सय मिटरको उचाईमा रहेको छ । स्वर्गीय आन्नद दिने सुन्दर धम्पुस आउन्का लागि पोखराको फेदीबाट करिब १५ मिनेटको यात्रा गर्दा पुग्न सकिन्छ ।
कुनै पनि समय यात्रा गर्नु उपयुक्त रहेको भएता पनि चैत्र र बैशाख महिनामा धम्पुस आउन् अझ राम्रो हुन्छ । यहाँ पाइने बिभिन्न प्रजातीका लाँली गराँस, पहेलै फुलेका तोरीका बारीकान्लाहरु, बिभिन्न प्रजातीका चराचुरुङ्गीको मन छुने आवाजले जो कोहिलाई एक पटक आएपछि फेरिफेरि आउने इच्छा जगाई दिन्छ । यस क्षेत्रमा गुरुङ्ग समुदायहरुको बाँक्लो उपस्थिती रहेको पाईन्छ । उनीहरुको आतिथ्यी सत्कारले पर्यटकहरुलाई मोहित तुल्याउन्छ ।

यहाँबाट अन्नपुर्ण, माछापुछ्ररे, धौलागिरी लगायतका हिमाल तथा हिम शृखलाहरुको मनमोहक दृश्यले मन छुन्छ । सुर्योदय र सुर्योस्तको सुन्दर दृश्यले आन्तरिक तथा बह्य पर्यटकहरुको मन लोभ्याउन्छ ।
यसक्षेत्रमा बसोबास गर्ने अधिकांश गुरुङ्ग लगायत अन्य समुदायहरुको मुख्य पेशा नै पर्यटन रहेको छ । केहि समय अघि आफुले पाउने पेन्सन र खेतपातीको भरमा जिवन चलाउदै आएका यस क्षेत्रका बासिन्दाहरुले पर्यटन पेशालाई अघि बढाएका छन् । यहाँ सुबिधा सम्पन्न होटल तथा लजहरुको राम्रो ब्यवस्था रहेको छ । फेदीबाट अधिकाँश पर्यटकहरु पैदल यात्रा गर्दै धान्दु्रक, अन्नपूर्ण आधार शिविर लगायतका स्थानसम्म जाने गर्छन् ।











