कम्युनिस्ट गठजोड कसको करामत ?


–कम्युनिस्ट कित्ताबाट बाहिरिएका बाबुरामलाई फेरि त्यतै फर्काउने उद्योगमा क्रिश्चियन दाताहरुको भूमिका रहेको अनुमान, वास्तवमा अनुमानमात्रै नहुनसक्छ ।
– एमालेलाई एनजीओ, आइएनजीओ समर्थित दलका रुपमा समेत चित्रण गर्ने गरिएको र एनजीओ, आइएनजीओहरुको फन्डिङको स्रोत नै युरोपियन दातृ निकाय भएका हुँदा, त्यहाँ क्रिश्चियन तत्व समावेश छैन भन्न मिल्दैन ।
–वास्तवमा ओली र प्रचण्ड मिल्दासम्म यतिका शंका उत्पन्न हुने थिएनन् तर बाबुराम पनि गठजोडमा देखिएका कारण यी आदि गरिएका अनेक थरी शंका आशंका गर्न थालिएका हुन् ।
निश्चय नै छरिएका दलहरु एक ठाउँमा आउनु उत्तम हो । राजनीतिक सिद्धान्त मिल्नेहरु अलग कित्तामा बस्ने होइन पनि । तपाईंले यहाँ कुन प्रसंग उठाइएको हो भन्ने बुझिसक्नु भयो । यो हालैको कम्युनिस्टहरुको संयुक्त मोर्चाकै प्रसंग हो । आजको ठीक एक साता पहिला, यस्तै मंगलबारकै दिन, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी नै तर कोष्ठमा माओवादी केन्द्र राखिएको दलबीच चुनावी तालमेल र निर्वाचन लगत्तै एकता गर्ने सार्वजनिक उद्घोष भएको थियो । त्यहीं माओवादीबाट फुटेर ठूलो तामझामसहित एउटा वैकल्पिक दल बनाउन कस्सिएका तर कालक्रममा हार खाएका नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई पनि समावेश गरिएका थिए ।
बाबुरामले नयाँ शक्ति पार्टी बनाउँदै गरेका बखत किन नयाँ पार्टी बनाउनु प¥र्यो भन्ने प्रश्न उठ्दा कम्युनिस्ट विचारधाराको प्रासंगिकता समाप्त भइसकेको तर्क दिएका थिए । तर तिनै बाबुरामले फर्केर बृहत् कम्युनिस्ट एकताको झण्डा समाएको देख्दा निश्चय नै धेरैले आश्चर्य माने । कतिपयले भने युरोपियन दातृ संस्थाहरुले ‘धर्मनिरपेक्षता’को प्रबर्धनका लागि बाबुरामलाई कम्युनिस्टहरुको संयुक्त मोर्चामा उभ्याएका हुन् पनि भने ।
नेपालमा धर्मनिरपेक्षता भनेको हिन्दुत्वका विरुद्ध क्रिश्चियन विस्तारको एजेन्डा हो भन्ने धारणा राख्ने एउटा सशक्त पक्ष रहेको छ । यो संविधानको धारा ३ मा राज्यको परिभाषामा धर्मनिरपेक्ष राख्नैपर्ने अडान प्रमुख रुपमा बाबुरामकै थियो भन्ने विषयमा कसैलाई शंका छैन । त्यसैले कम्युनिस्ट कित्ताबाट बाहिरिएका बाबुरामलाई फेरि त्यतै फर्काउने उद्योगमा क्रिश्चियन दाताहरुको भूमिका रहेको अनुमान, वास्तवमा अनुमानमात्रै नहुनसक्छ ।
केही दिन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नै पूर्वसहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कटुतम आलोचना गरिरहेका बाबुराम उनीहरुसँग मञ्चमा प्रमुखताका साथ सँगै उपस्थित त थिए नै उनी तालमेल र एकताकै हद्सम्म पुगेको देख्दा धेरै जिब्रो टोकेका थिए । त्यसैले उनी कम्युनिस्ट गठजोडमा मिसिनु स्थानीय तहको निर्वाचनमा उनको दलको दयनीय परिणामका कारण मात्र होइन, त्यहाँ केही रहस्य छ भनिन्छ भने त्यसो भन्नेलाई अन्यथा लिन मिल्दैन । फेरि, तालमेल घोषणा सभामा उद्घोषकले यदि कुनै शब्दमाथि विशेष जोड दिएको थियो भने त्यो धर्मनिरपेक्ष नै थियो । त्यस्तै, संयुक्त विज्ञप्तिमा पनि धर्मनिरपेक्षतालाई विशेष प्राथमिकतामा राखिएको सर्वविदितै छ ।
एमालेलाई एनजीओ, आइएनजीओ समर्थित दलका रुपमा समेत चित्रण गर्ने गरिएको र एनजीओ, आइएनजीओहरुको फन्डिङको स्रोत नै युरोपियन दातृ निकाय भएका हुँदा, त्यहाँ क्रिश्चियन तत्व समावेश छैन भन्न मिल्दैन । जहाँसम्म माओवादीको प्रसंग छ, यसले विद्रोह कालमा हिन्दु जीवन पद्धतिलाई आफ्नो प्रमुख तारो बनाएको थियो । यसका प्रमुख नेताहरु र इसाइ मिसनरी प्रतिनिधिहरुबीच बलियो साँठगाँठ रहेका प्रशस्तै प्रसंगहरु चर्चाका विषय रहने गरेका हुन् । नेपालमा द्रुत गतिमा धर्मान्तरण हुँदै जानु, टोल टोलमा चर्चहरु बन्नु र माओवादीको हिन्दुधर्म विरोधी जेहाद परस्परमा कहीं न कहीं जोडिएकै थिए र छन् भन्नु पनि किमार्थ अन्यथा होइन ।
हुन पनि केपी शर्मा ओली, दाहाल र भट्टराई जस्ता केही पहिलासम्म परस्परविरोधी पात्रहरु एकाएक एकता गर्नेसम्मको निष्कर्षमा पुग्दै चुनावी तालमेल गर्न पुग्छन् भने यस घटनालाई, कसैले यदि कुनै बाह्य तत्व निर्देशित देख्नु अस्वाभाविक होइन । ’emले त्यसरी हेर्न पाउँछन् ।
यहाँ मैले यी प्रसंगहरुको चर्चा किन गरेको हो भने, वर्तमान कम्युनिस्ट गठजोडलाई कम्युनिस्टहरु एकै ठाउँमा आउने कसरतका रुपमा मात्र हेरिएको छैन, नेपालको भू–सांस्कृतिक विशेषताविरुद्धको मोर्चाबन्दीका रुपमा समेत हेरिएको छ । गठबन्धनका पात्रहरुले आउँदा दिनहरुमा यी आशंकाहरुको सामना अवश्य गर्नुपर्ने छ । यदि यहाँ आशंका गरिएजस्तै वर्तमान कम्युनिस्ट गठजोड नेपालको हिन्दु, बौद्ध, किरात सांस्कृतिक समरसता र विशेषता मास्ने प्रयोजनले, त्यसमा पनि विशेषतः हिन्दुत्वविरुद्ध, खडा गरिएको हो भन्ने विषयमा किञ्चित मात्र पनि सत्यता छ भने यसबाट देशमा विद्वेष र धार्मिक ध्रुवीकरणको अवस्था उत्पन्न हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।
वास्तवमा ओली र प्रचण्ड मिल्दासम्म यतिका शंका उत्पन्न हुने थिएनन् तर बाबुराम पनि गठजोडमा देखिएका कारण यी आदि गरिएका अनेक थरी शंका आशंका गर्न थालिएका हुन् । ’cause माओवादी लडाकू व्यवस्थापनका क्रममा दाहालमाथि, स्वयं दाहाल र उनका आसेपासे मिलेर २० अर्ब रुपैंयाँ अपचलन गरेको र विद्रोहकालका अत्याधुनिक हतियार विदेशी खुफिया एजेन्सीलाई बेचेको जस्ता संगीन आरोप स्वयं बाबुरामले लगाएका हुन् । तिनै बाबुराम दाहालसँग कुम जोड्न कसरी पुगे, कसले पु¥यायो ? कम्युनिज्म नै प्रासंगिक छैन भनिरहेका उनी के भएर फेरि ठूलो कम्युनिस्ट बनाउने पार्टी बनाउने उद्योगमा फर्के ?
त्यस्तै, ओलीका बाबुराम’bout र बाबुरामका ओली’bout सार्वजनिक टीकाटिप्पणी अरुले सुन्दा त मुटु छेड्ने खालका हुन्थे भने उनीहरु स्वयंले कसरी खप्थे ? यसकारण पनि यो गठजोड र भावी एकताको प्रस्ताव उनीहरुकै मानसको उपज होइन भनिएको हो । गठजोडलाई, माथि भनिएझैं, एकातिर युरोपियन दातृ निकायको क्रिश्चियन विस्तारसँग जोडिँदैछ भने अर्कातिर आफूलाई भारत समर्थित देखाउने पात्रहरु भने चर्चित कम्युनिस्ट मोर्चाबन्दीलाई चिनियाँ चाल बताइरहेका छन् । अर्थात् कम्युनिस्ट एकताको प्रसंगले कथित बुद्धिजीवीहरुको मगज मज्जाले तताएको र अर्को धारका राजनीतिज्ञहरुको निद्रा नराम्ररी बिथोलिएको छ । यसका साथसाथै, भावी राजनीति कस्तो हुनेछ भन्ने आकलन पनि हुन थालेका छन् ।
अर्थात् गए मंगलबार चुनावी तालमेल र भावी एकताको उद्घोष गर्न पुगेका एमाले, माओवादी केन्द्र र बाबुरामको नयाँ शक्तिले प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनमा भावी राजनीतिको दशा–दिशाका अतिरिक्त प्रशस्तै अप्ठ्यारा र धर्म–संस्कृति सम्बन्धित प्रश्नहरुको सामना गर्नुपर्ने छ । यथार्थमा यिनै प्रश्नहरुको उत्तरमा नेपाली राजनीतिको स्थायित्व निर्भर हुनेछ ।
