प्रभावशाली व्यक्तिका सात आनीबानी –


उनले केही भन्लान् भन्ठानेर उनका कुरा सुन्न म अडिएँ । उनी त ट्वाल्ल परेर मेरो मुख पो हेरिरहे । उनी शान्त र अवाक बनेको देखेर भनें, हिड्नुस् उ त्यो क्याफेमा बसेर एकछिन कुरा गरौं । उनी अप्ठेरो मान्दै चिया पसलको आरामदायी कुर्सीमा बसेर भन्न थाले, चिया-कफीको पैसा म तिर्छु है !
उमेर हेर्दा पचास टेकि सकेका एक अपरिचितले गाडी रोक्दै भने, म तपाईको फेसबुक फ्रेण्ड र स्ंतभको नियमित पाठक हुँ । सदृश्य डट कम नविराई पढ्ने गरेको छु । तिहारको छुट्टि पारेर बैंकक घुम्न जाँदै छु । त्यसबेला मलाई एउटा गजबको किताब पढ्न मन छ, जसले मेरा आनीबानी सुधार्न मद्धत गरोस् । समाजलाई केही योगदान दिने प्रेरणा पनि देओस् ।
मथिङ्गल नै रन्थनियो
उनका जिज्ञासा सुनिसकेपछि उनकै अनुहार हेरिरहें । मेरो मथिङ्गल नै रन्थनियो । सिक्छु, सुध्रिन्छु भन्छ र जान लागेको ठाउ चैं बैंकक, पताया छ । त्यहाँका क्लब, नगरबधु, जाँडरक्सी र उपभोगका सामानमा उसको मन डुबेको छ । आफ्रनै देश नबुझेको र जान्न कुनै लालसा समेत नभएको यस्तो मान्छेलाई के सुझाव दिने होला ?
एकमन त लाग्यो, तिमीजस्ता पाखण्डीलाई के को सुझाब ? केको सल्लाह ? मेरो काम छैन कि क्याहो ? तर आफैंलाई रोकें । स्थितिलाई हलुका पार्न जिस्कने पाराले भने, तपाईले भने जस्तो किताव त मैले नै पढ्न पाएको छैन । बरु बैंकक जाँदै हुनुहुँदो रहेछ, त्यस्तो किताब पाएँ मलाई पनि ल्याई दिनुहोस् न । म पनि तपाईले जस्तै सुध्रिन चाहन्छु । घर परिवार तथा समाज र देशलाई चिन्न, जान्न र बुझ्न मात्र होइन, योगदान दिन पनि चाहन्छु । यस्ता तत्व तपाईले सुझाएको कितावले ममा पनि उत्पन्न गराई देओस् ! त्यस्तो चमत्कारी क्याप्सुल पाइयो भने त बरु निजी खर्च गरेरै भए पनि केही ब्यक्तिलाई खुवाउनु हुन्थ्यो ! गंभीर कुरो भए पनि सकभर ठट्यौली पारामा भनें ।
उनले केही भन्लान् भन्ठानेर उनका कुरा सुन्न म अडिएँ । उनी त ट्वाल्ल परेर मेरो मुख हेरिरहे । उनी अवाक बनेको देखेर भनें, हिड्नुस् उ त्यो चिया पसलमा बसेर एकछिन कुरा गरौं । उनी अप्ठेरो मान्दै चिया पसलको आरामदायी कुर्सीमा बसेर भन्न थाले, चिया÷कफीको पैसा म तिर्छु है !
उनी मूर्ती जसरी शान्त भैरहे । स्थितिलाई चलायमान बनाउन मैले नै शुरु गरें । तालिम दिंदा मलाई सबैभन्दा बढी प्रभाव पारेको किताव भने एउटा छ । त्यो स्टेफेन् कोभेको “सेभेन ह्याविटस् अफ हाईली ईफेक्टीभ पिपुल” हो । यो पुस्तक मलाई कालजयी लागेको छ । तपाईले पढ्नु भएको त छैन नि ?
चिया आयो । पिइयो । त्यतिबेला ब्यक्तिगत स्वभाव, रुचि र आआफ्ना कामवारे हलुका चर्चा भयो । छुट्टिने बेलामा हात मिलाएर तिहारको शुभकामना आदान प्रदान गरियो । उनलाई के लाग्यो कुन्नी ? फ्याट्ट भनि त हालें, आउदो स्तंभमा “सेभेन ह्याविट्स अफ हाईली इफेक्टीभ पिपुल” कै ’boutमा लेख्नुहोस् न ।
सुगतरत्न कंसाकार
तिनै अपरिचति फेसबुके फ्रेण्डको अनुरोधमा सेभेन ह्याविटस् अफ हाईली इफेक्टीभ पिपुल अर्थात प्रतिभाशाली व्यक्तिका सात आनीवानी र व्यवहारका ’boutमा चर्चा गरौंकि के हो भन्दै मनमा राखिरहेको थिएँ, विहिबार विहान “नेपालको विकास र सम्बृद्धिमा गैर आवासीय नेपालीहरुको भूमिका” विषयक विचार गोष्ठीमा नेपाल एअरलाइन्स (पहिलेको आरएनएसी, अहिलेको एनएसी)का प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारसँग भेट भयो ।
कार्यक्रम शुरु हुनु अगावै नेपालका एक सफल कर्पोरेट लिडर कंसाकारसँग सेभेन ह्याविटस् अफ हाईली ईफेक्टीभ पिपुलको ’boutमा चर्चा गरें । उनले तत्कालै भने, यो कुरा तपाईको कोलममा लेख्नुहोस् न । एकदमै समसामयिक हुन्छ । मैले भनें, सरसँग यस ’boutमा केहि त्यस्तो अनुभव छ होला?” मेरो जिज्ञासा नसकिंदै उनले भने “किन नहुनु मैले बीस बर्ष पहिले नै त्यो किताब पढेको थिएँ । पछि त्यहि विषयमा तीन दिनको तालिममा समेत भाग लिएँ । त्यस पछि मैले त्यो किताब मेरो छोरीलाई उनको जन्मदिनमा पढ्न उपहार दिएँ । उनले झल्याँस्स संझेझैं भन्नथाले, पछि नेपाल टेलिकममा रहँदा मैले त्यहाँका उच्च व्यवस्थापक र अधिकृतहरुलाई यस ’boutमा तालिमै लिन लगाएँ । साह्रै प्रभावकारी र उपलब्धिमूलक पनि भयो । अहिले, नेपाल एअरलाएन्समा पनि उच्च व्यवस्थापक र थुप्रै अधिकृतहरुलाई समेत आनिवानी व्यवहारको सेभेन ह्याविटस्को तालिम दिलाइरहेको छु । त्यो किताब अहिले मेरो छोराले दोहो¥याई रहेको छ । उनी नोस्टाल्जिक बन्दै बोलिरहे, त्यो किताब र तालिम यति उपयोगिछन् कि घर परिवारका सबै सदस्यले पढ्नु पर्ने खालको छ ।
किताबको उपयोगिताको ’boutमा थप प्रकाश पार्दै उनले भने —हाम्रो मुलुकको लथालिङ्ग अबस्थालाई छिटो भन्दा छिटो व्यवस्थित गर्न हाम्रो राजनीतिक, व्यवसायीक र नेतृत्वतहमा रहने सबै व्यवस्थापकहरुलाई एक पटक दिनै पर्ने तालिम हो । प्रत्येकले आफ्नो आनिवानी, व्यवहारमा सुधार ल्याउने हो भने ‘सेभेन ह्याविटस् अफ हाईलि ईफेक्टीभ पिपुल’ पढ्नै पर्छ । सम्भव भए तसबैले एक पटक लिनै पर्ने तालिम हो त्यो । पुस्तकवारे लेख्न प्रोत्साहन गर्दै उनले पाखुरामा च्याप्प समेतर भने, लेख प्रकाशित भएपछि सदृश्य डट कमको लिङ्क एसएमएस गर्न नभुल्नु होला है ’cause कहिले त मिस पनि हुनसक्छ नि ।

३८ भाषामा प्रकाशीत
अंग्रेजी लगाएत ३८ भाषामा प्रकाशीत ‘सेभेन ह्याविटस् अफ हाईलि ईफेक्टीभ पिपुल’ को नेपालीमा भने अझैसम्म अनुवाद भएको छैन । किन ? यसवारे नेपालमा व्यवस्थापन विषयमा तालिम तथा विभिन्न परमर्शसेवा उपलब्ध गराउँदै आएको ‘एक्लीप्स लर्निङ्ग’ का सिईओ अजयराज जोशीलाई सोधें । उनले भने, यस विषयमा एक्लीप्सलर्निङ्गको पहलमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रशिक्षक सविता ओपोनीले सन् २००६मा होटल सोल्टीमा तीन दिनको तालिम दिए स्मरण गरेपछि भने तपाईले पनि त्यतिबेला तालिम लिनु भएको होइन र ?
अहिले मलाई अचम्म लागेको छ । उनले थपे, तालिम लिएको एघार बर्ष पछि पनि तपाई यसै विषयमा आलेख तयार गर्न उत्साहित भैरहनु भएको छ भने यो पुस्तक र तालिमको महत्ववारे तपाई आफैं व्याख्या गर्न सक्नुहुन्छ ।
उनको तर्क थियो “व्यक्ति, परिवार र संस्था व्यवस्थापनको लागि सफ्टवयर विकास भनेकै यस्तै किताब र तालिमहरु हुन् । जसका कारण व्यक्ति स्वयंको प्रयासमा व्यक्तिको आनीबानी व्यवहार सुध्रन सक्छ र अरुलाई समेत उत्प्रेरणा जगाउन सक्छ । व्यापारीक एवं व्यवसायीक प्रतिष्ठानहरुले पनि सेवाग्राहिहरुको सन्तुष्टी र ग्राहकसेवाको गुणस्तर बढाउन सक्छन् ।
फ्रैंकलिन कोवेको नेपाल र भुटानका लागि प्रमुख कार्यकारी अधिकृत एवं प्रिसिपल परामर्शदाता नारायण प्रधानले भने, आनिवानी र व्यवहारको सुधार नै हो व्यक्तिको प्रभावकारीता र दिगोपना । व्यक्तिको आचरण, स्वभाव र मनोबृत्तिमा सकारात्मक प्रभाव पार्न र दिगोपना कायम गर्न पुस्तक ज्यादै उपयोगी छ । अझ सातै व्यवहार सिक्ने सिग्नेचर तालिममा सहभागिहुँदा व्यक्ति, परिवार र संस्थाकोलागि लाभ भएको नतिजा पाईएको छ । प्रोफेसनल जीवन र नीजि एव पारीवारिक जीवनमा सन्तुलन कायम गर्न पुस्तकमा उपलब्ध विधि र पद्धतीले एकदमै मद्धत गर्दछ ।
के के हुन् सेभेन ह्याविटस्
प्रत्येक आनीवानीलाई छुट्टाछुट्टै खण्डमा व्याख्या गरिएको प्रभावकारी व्यक्तिका लागि सात आनीबानी व्यवहारको सारांश यस्तो छ ः
पहिलोः बि प्रो एक्टीभ अर्थात सकृयता, क्रियाशीलता, उत्तरदायित्व र जिम्मेवारी लिने गर ।
दोस्रोः विगिन वीथ इण्ड इन माईण्ड अर्थात दुर दृष्टि राख, अन्तिम परिणाम वा नतिजा के आउने हो मष्तिश्कमा पहिल्यै त्यसको चित्र बनाउँ ।
तेस्रोः फष्ट थिङ्गस् फष्ट अर्थात व्यक्तिगत जीवन र व्यवशायिक जीवनमा कामको वर्गीकरण गर । सोहि अनुरुप समय व्यवस्थापन गर, जसका कारण पहिले त्यस्तो कार्यमा समय देउ जुन ज्यादै महत्वपूर्ण छन् तर अर्जेन्ट हुँदैनन् ।
चौथोः थिङ्क, वीन वीन अर्थात सबैको जित हुने सोच राख । सबैसँग सबै कार्यको अन्तरसम्बन्ध खोज र सहकार्य, समन्वय, सहअस्तित्वले विकास गर । सकारात्मक किसिमले परिणाम र सबैको जीतको अबस्था सिर्जना गर । खोजी गर, जहाँ प्रतिश्पर्धा होइन सहकारिता होस् ।
पाँचौंः फस्र्ट ट्राइ टु अण्डर स्ट्याण्ड देन टु बी अन्डसर्र््टुड अर्थात पहिले राम्ररी बुझ्ने कोशिस गर अनिमात्रै बुझ । कुनै पनि कुरा नबुझीकनै पहिल्यै बुझेझै नगर । बुझेको छु नभन । सम्पूर्ण बुझेपछि मात्रै बुझें भन ।
छैटौंः सीनर्जाइज अर्थात सामान्य भन्दा धेरै प्रभावकारी परिणाम आउछ । दुई प्लस दूई बराबर चार होइन पाँच बन्छ भन्ने कुराले सहअस्तित्व, विविधता र फरक फरक बीचको एकतामा जोड देउ ।
सातौः सार्पन दी स अर्थात सम्वन्धहरुको नविकरण गर । वर्तमानमा विश्वास गर । परिवर्तन सँगसँगै आफूलाई पनि अद्यावधिक, अपडेट गर । अझै राम्रो गर्न सकिने अबस्था सम्म राम्रो गर्दै जाउ । गाउँले भाषामा हसिँया, करौंती चुलेसी अर्चापे, उध्याए झै आफूलाई पनि उद्याउँदै गर । सधैं चुस्त दुरुस्त बन तयारी अबस्थामा रहु ।

को हुन् स्टेफेन कोवे ?
सन् १९३२मा नुनिलो तालको शहर उताह अमेरीकामा जन्मेका स्टेफेन रिचार्ड कोवे, व्यवस्थापनका विश्वविख्यात गुरुका रुपमा चिनिन्छन् । उनले विश्वप्रसिद्ध हार्वड विश्वविद्यालयबाट एमबिए गरिरकेपछि ब्रीघंम विश्वविद्यालयबाट विधावारिधी गरेका थिए ।
दुई करोड पच्चिस लाख भन्दाबढि प्रति बिक्रिभएको उनको पुस्तक सन् १९८९मा पहिलो पटक छापिएको हो । यसै पुस्तकबाट विश्वविख्यात बनेका कोवेका अन्य स्वविकास सम्बन्धी थुप्रै पुस्तकहरु प्रकाशित छन् । ७९ बर्षको उमेरमा कार दुर्घटनामा सन् २०१२ मा उनको निधन भएकोे थियो ।
