समयलाई चिनौं  !

समय संसारका जुनसुकै वर्ग, समुह, समुदाय, सम्प्रदाय, गरिव, धनी, विपन्न, वालक, युवा, वयस्क, बृद्ध, जात जाति, भाषा भाषी, धर्म सस्कृति, भुगोल र अबस्थाका सबैका लागि एउटै र बराबर रुपमा प्राप्तहुने एक अनुपम बरदान हो

गएको दुई हप्तामा औपचारीक तथा अनौपचारीकगरी चौधवटा कार्यक्रममा सहभागी भईयो ।  आफुलाई निम्त्याईएको कार्यक्रमहरुमा तोकिएको समय भन्दा दश मिनेट देखि आधा घण्टासम्म पहिल्यै पुगियो । त्यो पनि सम्भाव्य ट्राफिक जामको लागि मार्जिन राखिएको सयममा सडकमा सवारी चाप कम भएकोले चाँडो पुगिएको थियो ।

 

अपसोच ती चौधवटा कार्यक्रमहरु मध्ये चारवटा कार्यक्रमहरु (तालिमकार्यक्रम) निर्धारित समय भन्दा दश देखि बीस मिनेट ढिलो शुरु भएका थिए । दश कार्यक्रमहरु भने आधीघण्टा देखि डेढघण्टा सम्म ढिलो शुरु भए ।
के कारणले ती कार्यक्रमहरु ढिला शुरु भए ? कार्यक्रम समयमा शुरु नहुँदा कसले के के भने ? कार्यक्रमहरुमा सहभागिहरु मध्ये को को कार्यक्रम नै छाडेर हिँडे ।

 

टेलिभिजनको क्यामेरा नआईपुग्दा किन कार्यक्रम उद्घाटन् भएनन् ? प्रमुख अतिथिले के बहाना बनाएर अर्कोलाई प्रमुख अतिथि बन्दीन खेताला पठाए ? ती विषयहरु मेरालागि र आम पाठकहरुको लागि पनि चासोको विषय रहेनन् ।

 

दुईहप्ताका चौध कार्यक्रमहरु मध्येको एउटा तालिम कार्यक्रमको विषय भने स्मार्ट व्यवस्थापनसँग सम्बधित विषय थियो । कार्यक्रममा म्यानेजरहरु नै सहभागी थिए । सहभागिहरु ढिलो आएको देखेर एक सहभागीलाई सोधें किन म्यानेजरहरुले नै समयको सम्मान नगरेको होलान् ?

 

किन आफ्नै तालिम कार्यक्रममा पनि ढिलो आएका होलान् ? प्रश्न भुईमा खस्न नपाउँदै एक फूर्तिला म्यानेजरले व्याङ्गयात्मक पाराले भने आगामी शनिबार सदृश्य डट कमको बत्तीमुनि उज्यालोमा समय व्यवस्थापनको ’boutमा पढ्नलाई होला नि सर !

 

उनको त्यो व्याङ्गले उत्तिबेला त खुब हाँसीयो । तर साँझ घर फर्के पछि भने उनको त्यस व्यङ्गले गम्भीर बनायो । निक्कै बेर घोत्लिएँ । समय व्यवस्थापनसँग सम्बन्धीत विभिन्न सामग्रीहरु हेरें ।  आजको आलेखमा यसै विषयमा चर्चा गर्ने निधो गरें ।

 

के हो समय ?

 

समयको ’boutमा नेपाली बृहत शब्दकोशमा लेखेको छ “समय, घडि, पला, दिन रात, बिहान, बेलुकी, गते, मिति, बार, साता, पक्ष, महिना, ऋतु, अमन, बर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अबस्था हो । यसैगरी कुनै काम वा घट्ना भएको र विशेष परिस्थिति आईलागेको काल वा बेला पनि समय हो ।”

फरक फरक शब्दहरुको प्रयोगगर्दै विभिन्न सन्दर्भ सामग्रीहरुमा समयको व्याख्या गर्ने गरेको पाईयो ।

 

समयको ’boutमा समय समयमा भएका केहि व्याख्याहरु जसले समयको महत्व झल्काउने खालका छन् । यस प्रकार रहेका छन् ।

१. समय संसारका जुनसुकै वर्ग, समुह, समुदाय, सम्प्रदाय, गरिव, धनी, विपन्न, वालक, युवा, वयस्क, बृद्ध, जात जाति, भाषा भाषी, धर्म सस्कृति, भुगोल र अबस्थाका सबैका लागि एउटै र बराबर रुपमा प्राप्तहुने एक अनुपम बरदान हो ।

२. संसारमा सधै चलिरहने, निरन्तरको अबस्था, अहिल्यै स्थिर नहुने परिवर्तनशिल गतिको मापन हो समय ।

३. समय प्राकृतिक रुपमा हरेक कुरालाई निश्चितता प्रदानगर्ने  एक मापन हो । प्राकृतिक रुपमा प्राप्तहुने दुर्लभ एवं अत्यन्त सिमित श्रोत र साधन दुबै  हो ।

४. समय संसारमा जीवहरुको र निर्जिवहरुको समेत अस्तित्व र आयु निर्धारण गर्ने एक मापदण्ड हो ।

 

ज्योतिषशास्त्र र ज्योतिषहरुको व्याख्या

 

समयको ’boutमा ज्योतिषहरुले गरेको व्याख्या पनि त्यत्तिकै सान्दर्भिक हुँदो रहेछ । ज्योतिषहरु भन्छन् “ समय प्रकृति हो । प्रकृतिले जे मान्छ सोहि हुने गर्दछ । संसारलाई मानिस र  बाहिरीकुराहरुले नविथोल्ने हो भने संसार सदैब प्रकृतिको नियममा चल्ने गर्दछ ।” समय बलबान हुन्छ । ईश्वरको पनि समयमा नियन्त्रण हुन नसक्ने दावी गर्दै ज्योतिषहरु समय विना अन्य कुनै पनि विषयको परिभाषा गर्न नसकिने धारणा राख्छन् । जुनसुकै युग, धर्म, संस्कार र संस्कृतिमा समयको व्याख्या गरेको पाईन्छ । समयलाई शुभ, अमृत,उत्तम, मध्यम र खराब वा काल बेला भनि भन्ने गरेको पनि पाईन्छ । समय परिवर्तनशिल हुन्छ । त्यसैले युग पनि परिवर्तन भईरहन्छ ।

 

पूर्विय मान्यतामा समयको वर्गिकरण 

 

समयको अबस्थालाई पूर्विय मान्यताहरुमा निम्न चार चरणमा बर्गिकरण गर्ने गरेको पाईन्छ ।

पहिलो चरण अनुकुल समयः कुनै पनि बाधा, अड्चन, अप्ठ्यारा, अबरोध, कठिनाई वा भनौंन जटिलता नभएको समयलाई अति अनुकुल समय वा आफ्नो पक्षमा रहेको समय भनिन्छ । लामो समयसम्म कुनै पनि अबरोधविना आफ्ना कार्यसम्पन्न गरिने समयलाई अनुकुल समय भनिन्छ । समयलाई अनुकुल पारि आफ्ना लक्ष र उद्धेश्य हासिलगर्न अन्य श्रोत साधनको प्रयोग गरिन्छ ।

 

दोश्रो चरण सम्भाव्य समयः निर्धारित समय सिमा भित्र आफ्ना कार्यहरु सम्पन्न गर्न सकिने । विघ्न बाधा नआईकन कार्य सम्पन्न गर्न सकिने समयलाई सम्भाव्य समय भनिन्छ ।

 

तेस्रो चरण निराशाजनक समयः कुनै पनि कार्य गर्नलाग्दा विभिन्न वाधा अड्चन । अबरोध खतरा वा भनौ न अप्ठ्याराहरु उत्पन्नहुने र समय सिमाहरु परिवर्तन गरिरहनुपर्ने अबस्थालाई निराशाजनक समय भनिन्छ ।

 

चौथो चरण प्रतिकुल समयः अनुमानित वा पूर्व निर्धारित समयमा कुनैपनि कार्य सम्पन्न हुन नसक्ने । कार्यबाट हानी नोक्सानी वा भनौ न अझै धेरै श्रोत साधनहरुको व्यर्थमा हानी नोक्सानीहुने काल, बेला, चरण वा अबस्थालाई पुर्विय मान्यतामा प्रतिकुल समय भनि व्याख्या गरिएको पाईन्छ ।

 

के हो समय व्यवस्थापन ?

 

समयको सहि पहिचान र व्यवस्थापन गर्न सकेमा व्यक्ति स्वएंले, परिवारले, संस्था वा संगठनले, समाज र राष्ट्रले समेत उन्नती गरेका थुप्रै उदाहरणहरु पाईन्छन् । जसले समयको सहि व्यवस्थापन गर्न सक्छ उसले सफता र उपलब्धीहरु हासिलगर्न सक्दछ । जसले समयको महत्व बुभm्दै न र समयको वेवास्था गर्छ, उसले उपलब्धीहरु हासिलगर्न सक्दैन । निरर्थक रुपमा आफ्नो समय व्यतित गर्छ ।

 

कतिपय सन्दर्भमा समय व्यवस्थापनको ’boutमा ज्योतिषहरुको धारणा र व्यवस्थापन विद्हरुको व्याख्यामा समेत एकरुपता रहेको पाईन्छ ।

 

व्यवस्थापन विद्हरु भन्छन् “समय व्यवस्थपन भनेको समयको मापन गर्ने, समयको अनुगमन गर्ने र निर्धारित समयमा आफ्ना कार्यहरु सम्पन्न गर्ने प्रकृया हो । समयलाई नियन्त्रण होईन समयसँगै नियन्त्रीत हुनु नै समय व्यवस्थापन हो ।”

 

त्यसैगरि ज्योतिषहरुको पनि त्यस्तै धारण रहेको पाईन्छ “समय व्यवस्थापन गर्नु भनेको आफ्नो र आफूसँग नियन्त्रित अन्य श्रोत साधनहरुको ’boutमा त्यसको परिचालनको निर्णय गर्नु र तीनीहरुलाई व्यवस्थीत गर्नु हो । समय मानीसको नियन्त्रण बाहिर हुन्छ । समय अनुसार आफू र आफ्नो वातावरणलाई आफ्नो इच्छा र चाहना अनुसार अनुकुल पार्नु वा आफ्ना क्रियाकलापहरुलाई व्यवस्थीत गर्दै अधिकतम उपलब्धी हासिलगर्न सक्नु नै समय व्यवस्थापन हो ।”

 

किन समय व्यवस्थापन ? 

 

पूर्विय सँस्कृतिका अध्येताहरु भन्छन् “हरेक समयलाई  मुहुर्तको रुपमा हेर्न सकिन्छ । सोहि अनुसार संसारभर समयको प्रभाव भईरहेको हुन्छ । जस्तो प्रात समय, मध्यान्ह, अपरान्ह, सन्ध्या, रात्री र महारात्री । ती सबै अबस्थामा सबै प्राणीको फरकफरक कर्म गर्ने अबस्था बनेको हुन्छ । प्राकृतिक रुपमा हुने यस्ता परिवर्तनलाई मुहुर्त भनिएको हो र सोहि अनुसार चल्नु भनेको समयलाई आफु अनुकुल पार्नु हो ।”

 

व्यवस्थापनविदहरुले समय व्यवस्थापन किन गर्ने भन्ने पश्नको जवाफमा भन्छन् । “समयमा आफ्नो कार्य क्षमतामा बृद्धि गर्न । उत्पादकत्व बढाउन । आफ्नो जीबन सार्थक बनाउन । सिमित श्रोत र साधनहरुको अधिकतम सदुपयोग गर्न । उपलब्धीमुलक कार्यमा समय खर्चन । मानसिक तनाव    कम गर्न । उच्चमनोवल कायम गर्न । सिर्जनशिलता बढाउन । कम परिश्रममा अधिकतम उपलब्धीहरु हासीलगर्न । नयाँ नयाँ अबसरहरुको सिर्जना गर्न । भौतिक श्रोत साधन तथा मानबश्रोतको अधिकतम उपयोग गर्न । समयको गतिलाई आफू अनुकुल पार्दै लैजान । आफ्नो आनीबानी जिवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन । समयको कारणले उत्पन्न हुन सक्ने अबरोधर वा असरहरुलाई कम गर्न समेत समय व्यवस्थापन गर्नु पर्छ ।”

 

समय व्यवस्थापन कसरी ?  

 

समय व्यवस्थापनको सम्बन्धमा व्यवस्थापन विद्हरुले विभिन्न किसिमका नियमहरु प्रस्तुत गरेको पाईयो । जसमा समय व्यवस्थापन गर्न गरिने प्रयासहरु हुन् । यस प्रकार छन् । समयको विश्लेषण गर्ने । महत्वपूर्ण कार्यहरुको लागि योजना बनाउने । योजना अनुसार प्राथमीकता तोक्ने । कार्ययोजना बनाई हरेक क्रियाकलापको लागि समय निर्धारण गर्ने । प्रत्येक क्रियाकलाप गर्दा आईपर्ने अपवादको लागि समेत समय छुट्याउने । सोहि तालिका बमोजिम कार्य गर्दै जाने । अनुमानीत समय वा भनौंन पूर्व निर्धारित समय र कार्यसम्पादन गर्दा लागेको वास्तवीक समयको तुलना गर्ने । कार्यसम्पादन गर्दा आईपर्ने अबरोध हटाउँदै जाने । नयाँ मापदण्ड अनुसारको समयको पुन नयाँ ढाँचा तयार गर्ने र सोहि अनुसार कार्य गर्दै जाने ।

 

समय व्यवस्थापनका केहि नियमहरु 

 

व्यवस्थापन विद्हरुले समयको सफल व्यवस्थापनको ’boutमा बिभिन्न अभ्यासहरु गर्दै केहि सरल नियमहरु सुझाएका छन । जसमा केहि व्यवस्थापकीय सीप तथा सर्वमान्य सिद्धान्तहरु समेत पर्छन् । अधिकारको प्रत्योजनगर्ने । प्रत्येक व्यक्तिको दैनिक कार्यतालिका बनाने र सोहि अनुसार चल्ने । छिटो निर्णय गर्ने । हुन्न सक्दीन भन्न सक्ने । पहिले कठिनकार्य गर्ने  अनि मात्रै सजिलो कार्य गर्ने । फरक फरक क्रियाकलापको बीच बीचमा आराम वा विश्राम लिने । अनाबश्यक कुराहरु समावेश नगर्ने । आफूलाई पूर्ण ताजगि राख्ने । कुराकानीमा धेरै लामो भुमीका नबाध्ने । सधैं स्पष्ट र सरल भाषाको प्रयोग गर्ने । बैठकहरुमा छलफल भन्दा पहिले प्रस्ताव प्रस्तुत गर्ने । समय प्रति सधै इमान्दार रहने । तोकिएको समयमा तोकिएको जिम्मेवारी पुरा गर्ने ।  अपवाद व्यवस्थापन गर्न तयार रहने । ढिलासुस्ती गर्नुहुन्न भन्ने भावनाले काम गर्ने ।

 

समय चोरको पहिचान गरौं 

 

समय व्यवस्थापनको ’boutका चर्चागर्दा अर्को विर्सन नहुने कुरा हो समय चोर । समय बर्बाद गर्ने । समय सकिदिने । समय घर्काइदिने । नजानिदो किसिमले समय गुज्रिएको पत्तै नपाउने कुराहरुलाई व्यवस्थापन विदहरुले समय चोरको संज्ञा दिएका छन् । सयम चोर पहिचान गरि त्यसको नियन्त्रण गर्नु एक विशिष्ट कला हो । विभिन्न व्यवस्थापकीय कार्य मात्र नभई दैनिक जिवनमा आईपर्ने काम मा सफलता हासिलगर्न ख्याल गर्नु पर्ने केहि रोचक कुराहरु पनि छन् जसलाई समय चोर भनिन्छ । जस्तो अति गफगाफ । लामो ख्याल ठट्टा । हासी मजाक । टेलिफोनमा कुराकानी, इन्टरनेट ईमेल फेसबुक, लगाएत सामाजिक सञ्जालमा हराईरहनु । लामा लामा बैठक । अत्याधिक भेटघाट । अव्यवस्थीत घर, कार्यालय र जीवनशैली । अव्यवस्थीत सामग्रीहरु । समय जति पनि छ भन्ने भावना र व्यावहार । धेरै थकान । आजको काम भोलि गरौला भन्ने भावना, स्वभाव र व्याबहार । चुरोट, तमाखु, रक्सी वा अन्य मादक पदार्थप्रतिको लत । निरन्तर सिनेमा, भिडियो गेम वा ईलेक्ट्रोनिक सामाग्रीहरुको प्रयोग ।

यसरी बरबाद भई रहेको समयलाई पहिचान गरि आफूलाई नियन्त्रण गर्नु समय चोरहरुबाट आफू र आफ्नो आनिबानी व्यवहार लाई जोगाउनु पनि समय व्यवस्थापन हो ।

 

व्यवस्थापकिय ढाँचामा समय सदुपयोग 

 

सयमको महत्व बुझ्न चाहने । बुझ्ने । सोहि बमोजिम व्यवहार गर्ने हरुका लागि व्यक्तिगत, परिवार र संस्थामा समयको सहि सदुपयोग गरि समय व्यवस्थापन गर्न व्यवस्थापन विद्हरुले केहि व्यवस्थापकिए ढाँचा सुझाएका छन् । जस अनुसार । आफ्ना लक्ष, उद्धेश्य र कार्यहरु निश्चित गर्ने । हरेक दिन गर्ने कार्यहरुलाई प्राथमिकतामा क ख ग गरि वर्गिकरण गर्ने । सोहि अनुसार तालिका बनाई क्रमश कार्यहरु गर्ने । आफूलाई कम यान्त्रिकीकरण गर्ने । प्रविधिमा कम निर्भर हुने । आफ्नो लागि प्रसस्थ नीजि समय छुट्याउने । हरेक कार्यको शुरुवात र समाप्ती पूर्व निर्धारित समयमा नै गर्ने । आफैंले आफ्नो समय तोक्ने र कठोर अनुशासन कायम गर्ने । कठिन कार्यलाई समयसँग खण्डिकरण गर्ने र सम्पन्न गर्ने । समय चोर पहिचान गर्ने । समय चोर लाई नियन्त्रण गर्दै हटाउने । कुराकानी छोटो र सरल गर्ने अभ्यास गर्ने । सधै समयको सम्मान गर्ने । सोच्नको लागि, मनोरञ्जन, घरपरिवार, आफ्नो शौख र आफ्नो सामाजिक दायीत्व पूरागर्न प्रशस्थ समय छुट्याउने ।

 

समय व्यवस्थापनका पाँच तह वा चरणहरु 

 

समय व्यवस्थापको आयमहरुलाई व्यवस्थापन विदहरुले पाँच चरणमा बर्गिकरण गरेका छन् । समयको सम्मान गर्ने र व्यावस्थापन गर्ने यो एक सरल विधि पनि हो । यसको प्रयोग गर्ने सबैले सफल समय व्यवस्थापन गरि आफू, आफ्नो परिवार, संस्था र समाजमा सकारात्मक उपलब्धीहासिल गर्नसक्दछन् । चरणबद्ध रुपमा गरिने पाँच तहहरु यसप्रकार छन् ।

 

पहिलोः समय तालिका वा पात्रो तयार गर्ने ः समय व्यवस्थापनको लागि आफूसँग घर, कार्यलयमा सधैं पात्रो हुनु जरुरी छ । दिन महिना गते बार, चाड पर्व आदि ईत्यादि उल्लेखभएको पात्रो मा आफ्नो कार्यहरु उल्लेख गर्ने र सोहि अनुसार सबैले चल्ने व्यवस्था गर्ने ।

 

दोश्रोः व्यक्तिगत समय योजना ःघर परिवार, संस्था र समाजको क्रियाकलापको ’boutका संयुक्त पात्रो तयार गरि सकेपछि प्रत्येक व्यक्तिको दैनिकि, हप्ता, महिना र बार्षिक कार्यक्रमहरुको विवरण सहितको पात्रो वनाउनुपर्छ र सोहि बमोजिम चल्नुपर्छ । अपर्झट आईपर्ने कार्यको लागि कम्तीमा एक चौथाई समय छुट्याउनु पर्छ ताकि आफ्ना अन्य कार्यहरु समय सिमा मै सकियोस् । दैनिक डायरी तयार गरि आफ्नो प्रत्येक दिनको कार्य तथा समयको व्यवस्थापन गर्ने अभ्यास गर्नु पर्छ । जति पनि सफल व्यक्तिहरु छन् तीनले आफ्नो अभ्यासबाट व्यक्तिगत समय योजना बमोजिम काम गरिरहेका हुन्छन् ।

तेश्रोः कामको वर्गिकरणःआफ्नो सबै कामहरुको नीजि पात्रो तयार गरिसके पछि प्रत्येक क्रियाकलाव वा भनौ न कामलाई विभिन्न मापदण्डको आधारमा बर्गिकरण गर्नु पर्छ । जस्तो महत्वको आधारमा । अत्याधिक महत्व कम महत्व वा ठिकै वा नगरे पनि हुने । सायकहो अधारमा तत्काल गर्नुपर्ने, अत्यन्त जरुरी, समयभित्रै गर्नुपर्ने वा जुनसुकै समयमा गर्दा पनि हुने काम । संलग्नताको आधारमा आफैं उपस्थीत हुुनुपर्ने, अन्य व्यक्तिबाट  गराउन सकिने । सञ्चार माध्यम वा सन्देश बाटै पुरा गर्न सकिने त्यसको वर्गिकरण गर्नुपर्छ ।

चौथोः कार्यान्वयन तथा समयको अनुगमन 

दैनिकी पात्रो तयार गरि दैनिक रुपमा कुनकाम कुन समयमा सकियो त्यसको अभिलेख राख्ने अभ्यास गर्नुसहज हुने र पछि पछि आफै अभ्यस्त हुने अनुसन्धानहरुले देखाएको व्यवस्थापनविदहरुको दावी छ । भन्छन् र समय व्यवस्थापनको कला भनेकै निर्धारित समयमा काम गर्ने र आफुले समयको परिपालन गरिरहेको छु कि छैन भनि निरन्तर अनुगमन गर्दै जानु हो । लामो समय सम्म यसरी अभ्यास गर्ने हरु सधैं समयमा पुग्छन् । समयमा काम सम्पन्न गर्छन् र सफल, प्रतिष्ठीत र सुखी जिवन जिउन सक्छन् ।

 

पाचौंः समयको लेखाजोखा मुल्याड्ढन र पुनर्योजना 

समय व्यवस्थापनको अन्तिम चरणमा गर्नुपर्ने कार्य भनेको प्रत्येक दिन, हप्ता वा महिनामा आफूले गरेका कार्यहरु मध्ये प्रत्येक काम पुरा गर्न लागेको समय र त्यसबाट प्राप्त परिणमहरुको लेखा जोखा गर्नु हो । लेखाजोखाको आधारमा समय तालिका लाई पुन नयाँ किसिमले योजना तयार गर्दै जानु नै समय व्यवस्थापनको नविन अभ्यास हो । कतिपय काम सम्पन्न भए पश्चात नै हामीलाई अनुभुति हुन सक्छ ।

 

यसरी फरक काम गर्दा तुलनात्मक लाभ वढि हुन सक्ने कुराको ज्ञान भई आफ्नो सिमित श्रोत र साधनको अधिकतम सदुपयोग गरि अधिक लाभ र सार्थक जीवन जिउन सकिन्छ । समयको सहि तरिकाले व्यवस्थापन गर्न सकिन्छ ।