सुशासनको भजन-भीम भुर्तेल

अहिले सुशासनको यस्तो नारा हो, यो लगाएपछि सरकारमा रहेको राजनीति दलको नेतृत्वले ‘सब्सटान्स’मा कुनै कार्यसम्पादन नगरेपनि निर्वाचनमा गरेका वाचाबाट उन्मुक्ति पाउँछन । यो शब्दको सहायताले राजनीति गर्ने वर्गले ‘नाम तिम्रो गाउँ हाम्रो’को अवस्था सिर्जना गरिरहेको छ ।

 

नेपालको २०७२ मा जारी भएको संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न भै अहिले सरकारहरु क्रियाशिल रहेका छन् । संघीय, प्रदेश नम्वर २ वाहेक सवै प्रदेशमा र दुई तिहाईजति स्थानीय सरकारहरुमा नेकपा एमाले र माओवादी गठबन्धनको स्पष्ट बहुमत रहेको छ ।

 

यो नयाँ जनादेशको साथ सत्तामा रहेको वामपन्थीहरुको गठबन्धनको अहिले तीन स को नारा रहेका छन्  । पहिलो स समृद्धि, दोस्रो स  सुशासन र तेस्रो स स्थिरता रहेको छ । केहि अगाडि संमृद्धि’bout लेखि सकेको छु । यस बसाईमा के हो त सुशासनको नाराको वास्तविकता भन्ने’bout लेख्ने छु ।

 

अहिले समृद्धिपछि वाम गठबन्धनको सरकारले लगाएको अर्को सवैभन्दा ठुलो नारा भनेको सुशासनको रहेको छ । के हो यो नाराको निहितार्थ ? अहिलेको अवस्थामा यो सर्वाधिक चासोको बिषय हो ।

 

दातालाई लगानीको दोस्रो अवसर

 

अमेरिकी सहायता एजेन्सी(युएसएड), वेलायतको अन्तरराष्ट्रिय विकास विभाग(एिफआडी), डेनिस विकास सहायत एजेन्सी(डेनिडा), संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) र नेपालमा क्रियाशिल पश्चिमी देशका विकास सहायता एजेन्सीहरुले सुशासन कार्यक्रम सञ्चालन गर्न विकास सहायता खन्याएका थिए र अहिले पनि त्यो कायमै छ । संविधान निर्माणको क्रममा यसैको लागि भनेर परियोजना पनि बनाए ।

 

विश्व वैंक, अन्र्तराष्ट्रिय मुद्राकोष, एसियाली विकास वैंक, ओपेक जस्ता बहुपक्षीय विकास सहायता तथा ऋण लगानी एजेन्सीमार्फत र अन्य एकपक्षीय ऋण लगानीकर्ताले पनि सुशासनको नाममा ऋण लगानी गरेका थिए । अहिले फेरी पनि उनीहरुलाई लगानीको अबसर भएको छ । यसैको लागि विश्व वैंकले २६ अर्बको नयाँ ऋण सम्झौता पनि सम्पन्न गरेको छ ।

 

सुशासनको नारा विश्व राजनीतिक सन्र्दभमा बृहत दृष्ट्रिकोणले विश्लेषण गरियो भने यो के हो भन्ने जानकारी प्राप्त हुन्छ । जव संरचनागत समायोजन, आर्थिक उदारीकरण, र भुमण्डलीकरणको लहर आयो तव सुशासनको नारासंगै अएको थियो ।

 

सन १९८०को मध्यतिर तेस्रो विश्वका गरिब देशहरु दातृसंस्थाको ऋणको धराप(डेट ट्र्याप)मा परे । विश्व वैंक जस्ता ऋणदाताकोे लगानीका प्रायः सवै विकास परियोजना असफल भए, संसारभर । ति कुनै पनि परियोजनाले बान्छित उदेश्य हासिल गर्न सकेनन् । उनीहरुको लगानीको परियोजनाहरुको विश्व व्यापी रुपमा आलोचना भयो ।

 

त्यसपछि त्यस्ता लगानीकर्ताले विश्व जनमतको आलोचनाबाट बँच्न् तेस्रो विश्वका सरकारमा ‘शासनको संकट’(क्राइसिस अफ गर्भनेन्स), पारदर्शीता र जवाफदेयीताको अभाव भएकोले उनीहरुको परियोजना असफल भएको निश्कर्ष निकाले । अनि आफ्नै कमीकमजोरी ढाक्न नयाँ अबधारणाको सिर्जना गरे–शासकीय सुधार ।

 

सुशासन लगानीको लागि नयाँ क्षेत्र बन्यो । यता बिगत तीन दशकमा नेपाल जस्ता तेस्रो विश्वका सरकारहरु निरिह थिए, दातृसंस्था अगाडि । उनीहरुको अफ्ठयारा शर्त मान्न तेस्रो विश्व सरकार बाध्य पारियो । हाम्रो मुलुकमा पनि विश्व वैंक, एसियाली विकास वैंक जस्ता संस्थाहरुले मादल बजाए, हाम्रो योजनाकार, टेक्नोक्र्याट र राजनीतिक नेतृत्व त्यहि तालमा नाचे । त्यसको परिणाम थियो २०६२ साल अगाडि ‘सुशासन’ कार्यक्रम । २०६२÷२०६३को आन्दोलनपछि संविधानसभाबाट संविधान बन्नेक्रममा राजनीतिक दलको प्राथमिकतामा नपरेर यो नारा त्यति धेरै घन्किएन । तर, दाताहरुले सहभागितात्मक संविधान निर्माणलाई नै सुशासनको नाममा रकम खन्याउने अवसरको रुपमा प्रयोग गरे ।

 

सुशासनको भजन

 

सुशासनको भजन वास्तविक हविगत रामकृष्ण परमहंसले बंकिमचन्द्र चर्टजीलाई सुनाएको भजनको कथा जस्तै भएको छ, अहिले । भजनको कथा प्रसङ्ग यस्तो छ । एकपटक बंकिमचन्द्र चर्टजी आफ्नो निवासमा आयोजना गरिएको भजनकीर्तन कार्यक्रममा सहभागि भइदिने निम्तो लिएर रामकृष्ण बसेको दक्षिणेश्वरको काली मन्दिर गएछन् । बंकिमचन्द्रको निम्तो सुनेपछि रामकृष्णले सोधेछन­– ‘तिम्रो घरमा आयोजना गरिएको भजन गाइपाल्ने सोझा गाउँले किसानलाई शहरीया सोनारले ठग्न सुनाए जस्तै भजन त होइन?’ रामकृष्णको प्रश्नले बंकिमचन्द्रले झस्किदै सोधेछन– ‘कस्तो प्रसङ्ग गुरु मैलै कुरा बुझिन, यसको खुलासा होस’ भनेछन । रामकृष्णले भने छन्– “सुन, एकपटक एक गाउँबाट गाइपाल्ने किसान विवाहको लागि सुनका गहना बनाउनको लागि सुन लिएर सहरको सोनारको सुनका गहना पसलमा गएछन । सोनारको पसलमा चारजना सोनार रहेछन । गाइ पाल्ने किसानले हामी विवाहको लागि सुनका गहँना वनाउन आएको वताएछन ।

 

किसानहरुको कुरो सुनिसकेपछि पहिलो सोनारले भने छ ‘केशव! केशव!! केशव !!! दोस्रो सोनारले भने छ ‘गोपाल! गोपाल!! गोपाल!!!’ तेस्रो सोनारले भने छ ‘हरी ! हरी!! हरी!!!’ र अन्तिम सोनारले भने छ ‘हर! हर!! हर!!!’

 

सुन पसलमा भएका चारै वटा सोनारहरुको मुखबाट भगवान नारायणको नाम सुन्दा सोझा गाइपालक किसानहरु कस्ता धार्मिक प्रवृति र संसकार भएका सोनार रहेछन भन्ठाने छन् ।

 

तर, यता सोनारको भजनको अर्थ भने अर्कै थियो । सोनारहरु ‘कोड’मा कुरा गर्दै थिए । पहिलो सोनारको ‘केशव! केशव!! केशव!!!’ को अर्थ पसलमा आएका यी सवै को हुन भन्ने थियो । दोस्रो सोनारको ‘गोपाल! गोपाल!! गोपाल!!!’ को अर्थ यी सवै गाउँबाट आएका सोझा गाई पाल्ने गोठाला हुन भन्ने थियो । तेस्रो सोनारको ‘हरी! हरी!! हरी!!!’ को अर्थ उनीहरुले गहना बनाउन ल्याएको सुन हरौ अर्थात लुकाउँ भन्ने थियो । र, अन्तिम सोनारको ‘हर! हर!! हर!!!’ को अर्थ चाँही हरदे अर्थात लुकाइदे लुकाइदे भन्ने थियो ।”

 

सोझा गाई पाल्ने ग्वाला भगवानको नाम लिने सोनारले इमान्दारीसाथ गहँना बनाउलान भन्ने ठान्दै थिए । तर सोनार यहि भगवानको नाम लिदै सुन चोर्दै थिए । हो त्यस्तै हो, सुशासनको भजन अहिले । जनता सुशासनको भजनले गर्दा सरकार, नीजि क्षेत्र, दाता, आइएनजिओ सवै आफुप्रति चिन्तित रहेछन है भन्ठानिरहेका । तर सवैको सुशासनको नारा सोनारको ‘कोड’ जस्तै हो, जसको साहयताले राजनीतिक वर्ग आफ्नो सत्ताभोग सहज र प्रश्नरहित बनाउने प्रयत्न गर्दै छ ।

 

अन्तमा

 

सुशासन अहिलेको सन्र्दभमा एक चर्चा शब्द बज वर्व हो, जसको सहायताले राजनीति नेता, उच्च नोकरशाह, आईएनजीओ, एनजिओ, नीजि क्षेत्र, तथा अर्थतन्त्रका ‘टेक्नोक्रेट’ आदी सवैले देशको आर्थिक विकास’bout सवै जना चिन्तित रहेका छन भन्ने जनतामा भ्रम छर्न सफल भएका हुन । अहिले सुशासनको यस्तो नारा हो, यो लगाएपछि सरकारमा रहेको राजनीति दलको नेतृत्वले ‘सब्सटान्स’मा कुनै कार्यसम्पादन नगरेपनि निर्वाचनमा गरेका वाचाबाट उन्मुक्ति पाउँछन । यो शब्दको सहायताले राजनीति गर्ने वर्गले ‘नाम तिम्रो गाउँ हाम्रो’को अवस्था सिर्जना गरिरहेको छ । आशामुखी जनता हाम्रो लागि सरकार चिन्तित छ भन्ने भ्रम पालेर बस्छन । समग्रमा सुशासन एक यस्तो ‘ठगी खाने भाडो’ हो जसमा राजनीतिकर्मी, नोकरशाह, आई÷एनजीओ र लगानीकर्ता सवैको लागि ।

 

सुशासन यस्तो नारा भएको छ जुन नारा लगाएपछि सरकारको नेतृत्वमा रहेकालाई जनताको नाममा कुनै काम नगरे पनि सत्तामा बसि रहने वाताबरण निर्माण गरि रहेको छ ।