जलवायु परिवर्तनको घातक चपेटा !

लो–मान्थाङ्ग डायरी

 

राजधानीको बौद्धक्षेत्रमा बसोबास गर्ने मलाई यहाँको हिलो’bout अरब बसेर फर्केका भान्जा मनोज पौडेलले भनेको संझना लोमान्थाङ्गमा पानीले भिजीरहँदा भैरह्यो–अरबमा ठूला चौंडा सडक हुन्छन् तर सडकमा यहाँजस्ता थुनिएका नाली हुँदैनन् । नाली भन्ने सडक किनारामा दर्शन गर्न सम्म पाइन्न, ’cause कहिले पानी परोस् न नालीको आवश्यकता परोस् !

 

 

असारको दोस्रो साता उच्च हिमाली बस्ती लोमान्थाङ्गमा पानीले भिजेर निथ्रुक्क भैसक्दा पनि स्थानीय ज्वाई शेरबहादुरले चाहेर पनि एउटा छाता उपलब्ध गराउन सकेनन् । उनले भने यहाँ कहिल्यै यसरी पानी परेको भए पो छाताको जोहो गरिन्थ्यो ! बिहे नभएको नाँगोसंग स्वास्नी नभएजस्तै मसंग पनि लोमान्थाङ्गमा छाता छैन । त्यसैले हाँसीहाँसी उनले भने, मै कहाँ बसौं । महंगो खाना मै खुवाउछु, पियाउँछु तर सस्तो छाता उपलब्ध गराउन सक्दिन ! अर्को साल आउनु भयो भने तपाईले लोमान्थाङ्गमा किमार्थ भिज्नु पर्दैन !

 

 

 

 

नेपालले कार्बन ब्यापारबाट यो पाँच अर्ब रुपैयाँ कमाउने भन्दै सदृश्य डट कममा राससका भीष्म ओझाले तयार गरेको समाचार प्रकाशित भएको छ । समाचार अनुसार यो वर्ष विश्वका धनी र विकसित मुलुकहरुले वायुमण्डलमा उत्सर्जन गरेका धेरैथरि हरितगृह ग्याँस मध्येको कार्वनडाइअक्साइडलाई सोसेर नेपालका बोट बिरुवा र बनजंगलले त्यसलाई काठपातको रुपमा जम्मा गरेकोले त्यसवापत सो रकम हात पार्न लागेको हो । रकम भने हरित गृह ग्याँस उत्सर्जन गर्ने मुलुकहरुले दण्ड–जरिवाना वापत तिरेका हुन् ।

 

 

विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट संचत कार्बनबापत पाँच अर्ब रुपैयाँ प्राप्त गर्ने निश्चित भएको हो । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलर (पाँच सय पचास रुपैंयाँ)का दरले व्यापारमा लैजाने योजना विश्व बैंकसँग मिलेर अघि बढाएको छ ।

 

 

हरित गृह ग्याँसहरु औद्योगिक देशहरुले ब्यापक रुपमा उत्सर्जन गरेर विश्व जलवायुमा घातक परिवर्तन भैरहेको छ । देशहरुको सिमाना छुट्टिएको र सुरक्षाकर्मीहरु राखरे पासपोर्ट भीसा चेक गरे पनि एउटै आकाश भएकोले विषालु ग्याँस आकाशमार्गबाट संसारभर फैलिइरहेको मात्र छैन, यस्तो विषालु ग्याँस नै ननिकाल्नेहरु नै त्यो ग्याँसको दूष्प्रभावबाट सबैभन्दा बढी पिडित बनिरहेका छन् । नेपाल संसारको त्यस्तो देश हो जो यस्तो विषालु ग्याँस उत्पादन नै नगरे पनि त्यसको प्रभावबाट सबैभन्दा बढी पिडित रहेकोमा विश्वभरका वैज्ञानिकहरु सहमत रहेका छन् । हिमालयको हिउ पग्लिएर विश्वका उच्च शिखरहरु काला देखिन थालेका छन् ।

 

 

 

विकसित देशहरुका कलकारखाना, सवारी साधन, रासायनिक पदार्थ, कोइलाको धुवाँ, शहरी फोहोरमैला, हतियारको उत्पादन र प्रयोग, आणविक भट्टीहरुको संचालन आदिबाट विशालु ग्याँस पृथ्वीमा करोडौं टन उत्पादन भैरहेको छ । फलस्वरुप विश्वको तापक्रम हरेक वर्ष बृद्धि हुन पुगेको छ ।

 

 

हरित गृह ग्याँसबाट विश्वको तापक्रममा प्रत्येक वर्ष बृद्धि भैरहेको जलवायु बैज्ञानिकहरुको अध्ययनले पुष्टी गरिसकेको छ । हजारौं बैज्ञानिकहरु विश्व तापक्रम बृद्धि, त्यसले पारिरहेको प्रभाव र त्यसबाट मुक्त हुने उपायको खोजीमा दिनरात लागिरहेका मात्र छैनन् सन् १९९२ देखि प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघको आयोजनामा वैज्ञानिकहरु जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरुले बेहोर्नु परेका समस्याबाट मुक्ती पाउन अनुसन्धान, अध्ययन र समाधान पहिल्याउन दत्तचित्त रहेका छन् ।

 

 

 

 

उनीहरुका अनुसार वर्षामा पानी पर्ने दिनहरु घटिरहेको, पानीको मात्रामा ठूलो उतार चढाव आइरहेको, चाहिएको बेलामा पानी नपर्ने र नचाहिएको बेलामा अतिवृष्टिले बाढी पहिरो निम्तिएर गाउगाउलाई नारायणहरि बनाइरहेको छ । यो परिवर्तन हरेक वर्ष बढिरहेको छ । हिऊँ पर्ने, पानी पर्ने बदली लाग्ने प्रकृतिका स्वभावहरुमा अनुभव नै गर्न सकिने गरी परिवर्तन आइरहेको पनि थाहा पाइयो । अर्कातिर हिउदाका दिनहरुमा तराई क्षेत्रमा महिनौं घाम नलाग्ने, कुइरो हुस्सुको बदला सीत लहरले ब्यापकता लिएर लाखौं मानिसहरु बिरामी परिरहेका, त्यसैका कारण मरिरहेका छन् । नयाँनयाँ रोगहरु फैलिरहेका मात्र छैनन् कि फलफूल तथा अन्न फुल्ने, फल्ने र पाक्ने समयमा पनि गडबढी उत्पन्न भैरहेको पाइएको छ । नयाँ प्रजातीका बनमाराले खेतीपाती र प्राकेतिक बनजंगललाई तीब्र गतिमा विनास गरिरहेको छ ।

 

 

 

 

यसपालीको मुस्ताङ्ग जिल्लाको पदयात्रामा यो हिमालपारीको जिल्लामा आएका परिवर्तनका ’boutमा सुन्दा छक्कै परियो । जीवजन्तुको चालढाल र गतिविधि मात्र होइन, बनस्पतिले पनि आफ्ना स्वभावहरु परिवर्तन गरिरहेको जानकारी पाइयो । जल र बायुमा आइरहेको फेरबदलले कसरी पृथ्वीका जीवजन्तु, किटपतंगहरुको जीवनशैलीमा बदलाव आइरहेको छ, सूक्ष्म रुपमा अध्ययन गरिरहेकाहरुबाट जानकारी पाइयो । धेरै तल्लो भूभागमा पाइने जंगली जनावरहरु कहिल्यै नपुगेको उचाइमा पुग्न थालेको रेकर्ड मात्र होइन कि स्वाभाविक रुपमा विचरण गरेको विशेषज्ञहरुले तस्वीर नै देखाए ।

 

 

मुस्ताङ्गका जिल्ला कृषि विकास अधिकृत शंभुप्रसाद देवले भने, मुस्ताङ्ग जिल्ला उत्कृष्ट स्याउ उत्पादनको लागि देशभर चर्चित छ तर जलवायु परिवर्तनको कारण पहिला एकदमै राम्रोसंग स्याउ फल्ने ठाउका बोटहरुमा फूल नै कम फुल्न थालेको छ । रोग किराले पनि यी विरुवामा धेरै आक्रमण गर्न थालेको छ । कारण बताउदै देवले भने, मेरो बिचारमा वर्षामा समेत नभिजिने पानी पर्ने हिमाली छायाँको यो जिल्लामा मुसलधारे पानी पर्न थालेकोले अनेक खालका समस्या सिर्जना भैरहेको दावी गरे ।

 

 

 

तल्लो मुस्ताङ्ग क्षेत्रका स्याउका बिरुवाहरुमा फूल नै कम फूले पछि फल स्वाभाविक रुपमा कम लाग्ने नै भयो, उनले भने । तर पहिला धेरै उचाइमा फल नफलेका भनिएका ठाउमा भने एकदमै राम्रोसंग स्याउ फल्न थालेको रेकर्ड नै हामीसंग छ । पहिले स्याउ उत्पादनमा चर्चित घासा, लेते, कोबाङ्ग, टुकुचे, मार्फामा समेत स्याउ उत्पादन कम हुँदै गएको मात्र होइन कि किसानले फल्ने होइन भनेर पुराना बोटहरु काट्न समेत थालेका छन् ।

 

 

कूल चार हजार हेक्टर कृषियोग्य भूमिरहेको जिल्लाको बाह्र सय हेक्टरमा स्याउ खेती भैरहेको छ । गतवर्ष मुस्ताङ्गबाट चालिस करोडको स्याउ निकासी भएको तथ्याँक देवले देखाए ।

 

 

लामोसमयदेखि अन्नपूर्ण संरक्षण योजनामा काम गरिरहेका बन प्राविधिक सुरेश थापा, कार्यालय प्रमुख तुल्सीप्रसाद दाहालको अनुपस्थितिमा कार्यवाहक बनेर काम गरिरहेको पाइए । उनले अचम्मको जानकारी दिए –मुस्ताङ्ग हिमाल पारीको जिल्ला भएकोले यहाँ हिँउ पथ्र्यो, पानी पर्दैनथ्यो । यहाँका घरका छाना माटोले छापेका हुन्थे । हिउपर्दा हिउ पन्छाउन पनि सजीलो र अन्न उत्पादनका बेलामा छतले आँगनको पनि काम गर्ने गर्दथ्यो । त्यसवाहेक गर्मी महिनामा समेत ज्याकेट लगाएर हिडडुल गर्नु पर्ने, सिरक नओढी सुत्न नसकिने ठाउ भएकोले माटो र ढुंगाको गाह्रो भएका र माटोकै छाना भएका घरहरु न्याना पनि हुने गर्दथे । तर जलवायु परिवर्तनको प्रभावले गर्दा मुस्ताङ्गका घरहरुको पूरै स्वभावमा तीब्र परिवर्तन भैरहेको छ ।

 

 

 

 

पहिला एक दुइ घरहरु मात्र जस्ताले छाएका हुन्थे, अहिले माटोले छाएका त्यस्तै एकादुई घर मात्र बाँकि बचेका छन् ! परंपरागत घरहरु नयाँ बन्न छाडेका छन् । पानी चुहिएर पुराना घरहरुमा बसिनसक्नु भए पछि ऋण लिएर पनि मानिस कि जस्ता कि सिमेन्टको ढलान गर्न बाध्य भएका हुन् ।

 

 

थापाले अर्को आश्चर्य लाग्दो जानकारी दिंदै भने, मध्य पहाडी भूभागमा पाइने सामान्य चितुवा अब २७००–३००० मिटर माथिसम्मका क्षेत्रमा प्रसस्तै देखिन थालेका छन् भने उच्च हिमाली क्षेत्रमा पाइने हिमचितुवा अझ माथिमाथि चढ्न थालेका छन् । कोबाङ्ग, टुकुचे, जोमसोम, झारकोटबाट चितुवाले मारेका घरेलु जनावरको क्षतिपूर्ति राहत लिन लस्करै लाग्न थालेको छ । बँदेलले कोवाङ्ग, टुकुचेसम्म दुख दिन थालेका छन् । बन, बगैचा र आलु खेती गरिएका बारीमा गोरु जोतेजसरी बदेलले खनिरहेको देखाउन बोलाउछन्, स्थानीय वासिन्दाहरु ।

 

 

हिँउ नपरेकोले फलफूल र खेतीपातीमा सिंचाइको समस्या उत्पन्न भैरहेको छ । त्यसवाहेक पशुपालन गरिने गोठ छेउछाउमा पहिला हिउ पर्ने भएकोले पानीका मूल वा खोल्साहरुमा जमेको पानी प्रयोग हुन्थ्यो अहिले ती सबै सुकेपछि चौंरी–भेडी गोठमा प्रकृति संरक्षण कोषले प्लाष्टिक वा सिमेन्ट पोखरी बनाउने काममा हरियो बनको सहयोगमा स्थानीय पशुपालकहरुसंग सहकार्य गरिरहेको छ ।