नायकत्व कि पद्धति ?

 

 

 

समाजका यी सबैलाई मैले तह लाएर एउटा सभ्य समाज बनाउने हो भन्ने जुन पवित्र सोच प्रधानमन्त्रीको दिमागमा छ, इमान्दार भएर यी  कुराको एउटा प्रणाली वा पद्दति विकास गरिदिनु भयो भने असम्भव कुनै छैनन । तर “मैले” यी  सबै गर्छु भन्नु भयो भने ब्यक्तिगत रुपमा लर्ड कर्जन हुनु होला, तर मेरो छोराको पुस्ताका कसैले तपाईँको नामसमेत सुन्न पाउने छैनन् ।

 

 

कोही कोही मान्छेको योग्यता, क्षमता, प्रतिभा, दक्षता कहिले काहीँ यति धेरै हुन्छ कि उसलाई आफ्नो क्षमताको आंशिक मात्रै प्रयोग कसरी गर्ने भन्ने नै पनि थाहा हुन्न ।

 

 

बेलायती साम्राज्यको भाइसराय र गभर्नर जनरल भएर १८८९ देखि १९०५ सम्म भारतको शासन चलाउने लर्ड जर्ज कर्जनलाई त्यस्तै व्यक्ति मानिन्थ्यो जसलाई आफूले तयार गरेको होइन भने एउटा चिट्ठीको खेस्रासमेत ठीक लाग्दैनथ्यो ।

 

 

पटवारी, तहसिलदार लगाएर हुने कामसमेत आफैँ गर्न खोज्ने कर्जनले “तिम्रो काम गर्न अर्को मानवलाई विश्वास गर्नु ठीक होइन, आफैँ गर” भन्ने गर्थे । कर्जनको यो कार्यशैलीलाई फिलिप मेशनले आफ्नो पुस्तक, “दि मेन हु रुल्ड इन्डिया”मा रमाइलोसङ्ग प्रस्तुत गर्दै एउटा शासन पद्दतिको राम्रो जग बसिनसकेको अवस्था हुन्थ्यो भने कर्जनले बेलायती साम्राज्य त्यति बेलै ध्वस्त पारिसकेका हुन्थे भनेर लेखेका छन ।

 

 

इटन कलेज साम्राज्यवादी बेलायतका सबै नेता जन्माउने ठाऊँ, चर्चदेखि संसदसम्मका । तिनमा पनि जर्ज नथान्येल कर्जनको पारिवारिक पृष्ठभूमि र तिक्षणताको कुरै नगरौँ । विद्यालय कालदेखि नै कसैलाई मान्छे नगन्ने, कर्जनले भारतको भाइसराय हुँदा भारतको सरकार’bout टिप्पणी गरेका रहेछन, “भारतीय सरकार यस्तो बलियो र जादूमयी मेशिन हो जसले केही गर्दैन” । यिनलाई आफ्नो क्षमताभन्दा अर्को कुनै कुरामा विश्वास थिएन ।

 

 

उनको कार्यशैली नै त्यस्तै । अहिलेको राष्ट्रपति भवन भएको ठाऊँको त्यतिबेलाको राजभान्सामा हुनुपर्ने कुखुरा चोरी हुँदा एक पटक उनी आफैँ चोर समात्न हिँडेका रहेछन् । भए जति सबै फाइल उनैको टेबलमा थुप्रिनु पर्ने, सबै उनैले हेर्नुपर्ने र ठीक बेठिक छुट्याएर निर्णय गर्नुपर्ने । आफ्नै मान्छेले तयार गरेको पाठ्यक्रमअनुसारको भारतीय शिक्षा उनका लागि “सिक्न होइन कमाउन लालायित आलाकाँचा ठेट्नाहरूको भीड” उत्पादन गर्न केन्द्रित थियो ।

 

 

एक सालअघि भारतीय युवा इतिहासकार र लेखक मनु पिल्लाईको “शक्ति, पूर्वाग्रह र कर्जन” शिर्षकमा मिन्ट पत्रिकामा छापिएको लेखको अनलाईन भर्सनमा यी कुरा  पढेको थिएँ । त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीलाईपिल्लाईले तिनै लर्ड कर्जनको सङ्ग तुलना गरेका रहेछन ।

 

 

ज्ञान, शक्ति र आत्मविश्वासको त्रिवेणी आफैं भए पछि न अर्कालाई अर्ति दिन आइतवार बार्नु पर्यो, न बल प्रयोग गर्न नै । न बल प्रयोगको नतिजा’bout सतर्क हुन नै पर्यो ।

 

 

बिडम्बना, प्रधानमन्त्रीको इमान्दारी, लगनशीलता र प्रयास चाहिँ ब्यक्तिगत छन तर, यिनलाई चुनौती दिने अभ्यास चाहिँ प्रणालीगत छ । अर्थात ब्यक्तिगत प्रयासले प्रणालीगत चुनौती सामना गरिरहेको छ । हामीले पहिले विकृत भनेका कर्मचारीतन्त्रीय अभ्यास अझै कायमै छन । प्रधानमन्त्री “मेरो वरिपरि कोही भ्रष्ट भए तत्काल निकाल्छु” भन्नु हुन्छ, तर “यो पार्टी केपी होइन हामीले बनाएको” भन्दै हिँड्ने केही कर्मचारीको जुहारीकोटको खल्तिको छड्के जाँच गर्नु हुन्न । ति खल्ति जाँच गरे अझै अनगिन्ति लिस्ट, चिट, टुक्रा फेला पार्नु हुनेछ, राजश्व अनुसन्धानमा सिर्जना भएका ५ वटा सुब्बाको पदमा कसलाई लाने, एयरपोर्टमा कसलाई र यातायातमा को जाने भन्ने योजनासहितका ।

 

 

 

जम्मा जम्मी ३९ बर्षको उमेरमा सर्वशक्तिमान बेलायती सम्राटको दूत भएर “भारतीयहरूलाई सभ्य बनाउँन” आएका कर्जनले परम्परागत शक्तिहरूलाई कुनै अधिकार दिने र अलिकति पनि सम्मान दिने कुरा ठाडै अस्विकार मात्रै गरेनन उल्टै राजारजौटालाई “उद्दण्ड, मुर्ख र अनुशासनहिन स्कूले केटाको समूह”को नाम दिए । र, काङ्ग्रेसलाई “धरातल टुटेका बेकामे वकिलको सूक्ष्म अल्पमत” भनेर खुइल्याए ।

 

 

तर सर्व साधारणप्रति भने उनले अगाध माया र सहानुभूति दर्शाए । एउटी बर्मेली महिलालाई बलात्कार गर्ने बेलायती सेनाको पल्टनै एडेन सरुवा गरिदिए, त्यतिबेलाको अर्थमा कालापानी भेजेको जस्तै सजायँ । आफ्नो भारतीय नोकरलाई कोर्रा हानेर मारेर पनि बेलायती भएकै कारण गम्भीर सजायँ पाउनबाट बचेका एक जनालाई मुद्दा उल्टाएरै सजायँ दिए, जात वा सामाजिक प्रतिष्ठा दण्डको मापक हुँदैन भन्दै । त्यसैले पछिसम्म भारतीयलाई दुर्व्यवहार गर्ने बेलायतीहरू कर्जनलाई “कालेलाई माया गर्ने” भन्दै उडाउँथे ।

 

 

आफूवाहेक अर्काले केही गर्न सक्छ भन्ने विश्वास नभएका कर्जनले पञ्जाव बिभाजन गरेर नर्थवेस्ट फ्रन्टियर प्रोभिन्स बनाए, अहिलेको पाकिस्तान, बङ्गाल बिभाजन गरेर हिन्दू बङ्गाल र मुस्लिम बङ्गाल बनाए । भारतको विभाजनको बीऊ उनैले रोपेका हुन ।

 

 

तर, रेल, सडक, पुल र नहर बनाए, समाजको तल्लोभन्दा तल्लो तहको मान्छेलाई दिमागमा राखेर काम गरे । कुनै प्रणाली बसाउनुको साटो आफ्नो विवेकको इमान्दार प्रयोग गरे । भारतप्रति यिनी जति इमान्दर कोही भएन । यही इमान र तल्लो बर्ग-लक्षित कामका कारण ब्रिटिस-भारतको इतिहासमा यि “महान” भाइसरायको कोटीमा पर्छन ।

 

सरकार मुसो निकाल्न पहाड खन्दैछ । उसको ध्यान झिना मसिना कूरामा बहादुरी देखाउनेमा छ । कहिले माइतिघर मण्डलमा भेला नहौ भन्छ, कहिले एनजिओ बिरुद्ध युद्ध घोषणा गर्छ, पूर्वी तराईतिर जुत्ता नलगाई मोटर साइकल नचढ भन्छ, कहिले कुर्सीमा तौलिया नराख्न निर्देशन दिन्छ, कहिले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक घोषणा गर्छ, कहिले एउटी गायिका, कलाकार, मोडललाई लुगा छोटो भयो भनेर बग्गिखाना पस्न रोक लाउँछ, कहिले सरकारी कार्यालय पस्न ड्रेस कोड लागू गर्ने हल्ला फिँजाउँछ ।

 

 

पिल्लाईको यो लेख पढ्दा नेपालमा स्थानीय चुनावको माहोल थियो, चुनाव हुन चाहिं बाँकी थिए जस्तो लाग्छ । भारतमा मोदीको त एक छत्र राज थियो, हाम्रो जस्तो दुई तिहाई नभए पनि बिजेपीको २७३ को निकटतम प्रतिस्पर्धी ४८ सिटे कांग्रेस ।

 

 

एउटा पार्टीले दरो बहुमत ल्याएर स्थिर सरकार बनाएको देख्नु नै मृगतृष्णा जस्तो भैसकेका नेपाली मध्ये म पनि एउटा परेँ । तानाशाह बिरुद्ध सडक सङ्घर्ष नै गरेको पुस्ताको सदस्य भएकाले कुनै ब्यक्तिको चमत्कारमा विश्वास नभए पनि चुनावबाट आउने एउटा बलियो सरकारमा भरोसा थियो, अझै छ ।

 

 

विस्तारै तीन चरणमा गरेर स्थानीय चुनाव भए, प्रदेश चुनाव र सङ्घीय चुनाव भए, चुनाव अघिको तालमेलले बलियो सरकारको आभास दियो र केन्द्रीय चुनाव र त्यसपछि भएको कम्युनिष्ट पार्टीको एकिकरण घोषणाले स्थिर सरकार बन्ने सुनिश्चित गर्यो । लामो समय सत्ता वरिपरि घुमेको एउटा दल पाँच बर्षवाहिर बस्दा हुने छटपटिले सानो तिनो विपक्षी गतिबिधि त कायम रहला तर, सत्तालाई चुनौती दिने खालका गतिबिधिको अन्त भै कम्युनिष्ट सरकार जनताका आधारभूत समस्या समाधान गर्न केन्द्रित होला भने अपेक्षा थियो, अझै छ ।

 

 

राप्रपा जस्ता रुढीवादी शक्तिसमेत राजा र धर्मवाहेक अरू सबै सामाजिक, राजनैतिक र आर्थिक मुद्दामा पूर्ण रुपमा समाजवादी भैसकेका बेला देशमा बिद्यमान सताब्दियौँ पूराना विभेद अन्त हुने, र स्रोतको असमान र अन्यायपूर्ण वितरण अन्त हुने दिशामा सरकारले ठोस कदम चाल्ने आशामा थियो, अझै छ ।

 

 

जतिनै सर्वाहाराको नाम जपे पनि मेरा प्रधानमन्त्रीले मैले खाने कुरै खालान, मैले लाउने लुगै लाउलान, मैले चढ्ने बस नै चढ्लान र म जस्तै गल्लिको चिया पसलमा गफ चुट्दै गरेका भेटिएलान भन्नेसम्मको आश त गरेको थिइनँ । तर, उनी मैले हिँड्ने बाटोमै हिँड्लान, सताब्दियौँ पूरानो राजतान्त्रिक देशको सामन्ति सामाजिक तह (सोपान)लाई भङ्ग गरेर कम्तिमा उनका पार्टीका केन्द्रस्तरका नेतासम्मलाई त कमरेडरी भाव देखाउलान, मैले उपचार गराउने वीर अस्पतालमै उपचार गराउलान र उनका मन्त्रीहरूले आफ्ना छोराछोरीहरू मैले छोराछोरी पढाउने स्कुलमै पढाउलान भन्नेसम्म चाहिँ सोचेको रहेछु ।

 

 

एउटा त्याग र बलीदानीबाट खारिएको कम्युनिष्ट प्रधानमन्त्रीबाट सबैलाई आदरभाव दर्शाउने भाषा अपेक्षा गर्नु, ७० बर्षको हाराहारी पुगेको र आफ्नै वंश सन्तान नभएको राजनेताबाट कसैले काखा र कैसैले पाखा पारिएको अनुभूति गर्नु पर्ने दिन नआउला भन्ने सोच्नु कुनै गल्ति होइन र शीप र क्षमताअनुसारको जिम्मेवारी र बराबरी मायाको आशा गर्नु पनि कुनै पाप होइन ।

 

 

प्रधानमन्त्री गोबर ग्यास उद्घाटन गर्न पुग्छन, ब्यापार मन्त्री स्कूसको डोको चेक गर्न पुग्छन, यातायात मन्त्री हिलाम्य सडकमा पिचको मोटाई नाप्छन । हास्य कलाकार अस्पताल रङ्ग्याउँछ र सरकारकोमा बील पठाऊँछ, न कुनै योजना, न कुनै प्रतिस्पर्धा मन्त्रीपरिषदले ७० लाख निकासा दिन्छ । लाग्छ यो देशमा सरकारले काम गर्ने कुनै पद्दति छैन । यि सत्ताधारीका ब्रह्मले जे देख्छ सही देख्छ । एउटा पद्दतिको माग गर्ने यिनको मात्रै होइन समृद्धि कै बिरोधी बन्छ।

 

 

उमेर र रोगको रत्तिभर पर्वाह नगरी मध्यरातसम्म आफ्नो काममा दत्तचित्त भएर खट्ने सरकार प्रमुखले ब्यक्तिगत भावावेग होइन पद्दतिबाट चल्ने एउटा बलियो शासन संचालन परम्परा सुरुवात गरून भन्ने चाहना राख्नु पनि कुनै अपराध होइन । ममा यी अपेक्षा, आशा, अभिलाषा स्वभाभिक रुपमा थिए, अझै छन ।

 

 

मैले त प्रधानमन्त्रीलाई ८-१० बर्षदेखि नजिकबाट भेटेको छैन । जसले भेट्छ उसले उनको ब्यक्तिगत इमान्दारीमा प्रश्न उठाएको पाएको छैन । बुढ्यौली, रोग र परिवारका कारण उनी भ्रष्ट हुन सक्दैनन भन्ने तर्कसङ्ग म पूर्ण रुपमा सहमत छु । सोमबार सम्पादकहरूसङ्गको गफमा प्रयोग गरेका शब्द र बडिल्याङ्ग्वेज हेर्दा ब्यक्तिगत रुपमा प्रधानमन्त्रीमा यो पटक देशका लागि केही गर्ने अठोट प्रष्ट देखिन्छ ।

 

 

छिमेकीसङ्ग सम्बन्ध सप्रेको छ, रेलको कुरा ठोस रुपमै भएको छ, तेलको कुरा ठोस रुपमै भएको छ, जहाजको कुरा कम्तिमा छलफल भएको छ, बिम्स्टेक बैठक नेपालमा हुन लागेको छ, सार्क सम्मेलनको सम्भावना छ । सांच्चै बिकास गर्यो भने आवश्यक सबै आधार तयार छन, नेतृत्वको चरम आन्तरिक खिचातानीले बिपक्षी हुने हैसियतसमेत गुमाएको नेपाली काङ्ग्रेस प्रतिपक्षमा छ, कुनै विकासे काममा प्रश्न उठाउँदैन ।

 

 

आफ्नै दलको झण्डै तीन चौथाई सिट छन, तीनै तहका जनप्रतिनिधि हेर्ने हो भने पनि । न सत्तारुढ पार्टी भित्र कुनै आन्तरिक खिचलो छ, काम गर्नै अप्ठ्यारो पार्ने खालको । निर्णय लियो, सरकारी निवास बोलाएर जानकारी दियो, अर्ती थाप्छन, ताली ठोक्छन, रसभरि खान्छन, जान्छन । केन्द्रीय नेताहरूको त्यति राम्रो समर्थन छ। सरकारलाई ।

 

 

न चुनौती दिने बलियो बिपक्षी, न निर्णयमा प्रभाव पार्ने कुनै प्रतिरोधी संस्था, न कुनै बिदेशी शक्ति । यसरी हेर्दा पिल्लाईले मोदीलाई कर्जनसङ्ग तुलाना गर्नु पूर्व हाम्रो चुनाव भएको भए मोदीको ठाउँ अहिलेका हाम्रा प्रधानमन्त्रीले लिन्थे । हुन पनि यति बलियो प्रधानमन्त्री संसदीय व्यवस्थामा कमै मात्र हुन्छन ।

 

 

बिडम्बना, प्रधानमन्त्रीको इमान्दारी, लगनशीलता र प्रयास चाहिँ ब्यक्तिगत छन तर, यिनलाई चुनौती दिने अभ्यास चाहिँ प्रणालीगत छ । अर्थात ब्यक्तिगत प्रयासले प्रणालीगत चुनौती सामना गरिरहेको छ । हामीले पहिले विकृत भनेका कर्मचारीतन्त्रीय अभ्यास अझै कायमै छन । प्रधानमन्त्री “मेरो वरिपरि कोही भ्रष्ट भए तत्काल निकाल्छु” भन्नु हुन्छ, तर “यो पार्टी केपी होइन हामीले बनाएको” भन्दै हिँड्ने केही कर्मचारीको जुहारीकोटको खल्तिको छड्के जाँच गर्नु हुन्न । ति खल्ति जाँच गरे अझै अनगिन्ति लिस्ट, चिट, टुक्रा फेला पार्नु हुनेछ, राजश्व अनुसन्धानमा सिर्जना भएका ५ वटा सुब्बाको पदमा कसलाई लाने, एयरपोर्टमा कसलाई र यातायातमा को जाने भन्ने योजनासहितका ।

 

 

सचिवदेखि खरिदारसम्मको ध्यान मालदार अड्डामा छ, त्यो सिस्टममा काम गरिरहेको छ । वहाँ एक्लो बृहस्पति म यस्तो हुन दिन्न भन्नुहुन्छ । जहाँ कुनै ब्यक्ति भ्रष्ट हुन्छ र प्रणाली त्यसलाई रोकन लाग्छ, त्यो रोकिन्छ । तर प्रणाली भ्रष्ट छ र त्यसलाई रोक्ने तपाईँको एक्लो प्रयास ।

 

 

पार्टीका मान्छे वा पार्टीका कर्मचारीमार्फत भनसून नगराए केही काम बन्दैन । अर्थात काम गर्ने “पद्दति”लाई ब्यक्तिगत पहूँचले खर्लप्पै खाईसक्यो । दलका नेताभन्दा शक्तिशाली कर्मचारी नेता छन, तिनको फटाईँ कसैले प्रधानमन्त्रीकोमा पुर्याइ दिँदैन । यस्ता फटाईँमा निगरानी राख्ने निकाय जति प्रधानमन्त्रीले आफ्नै निगरानीमा राख्नु भयो । कामै गर्न छोडे । कर्मचारीतन्त्रको माथिल्लो तह प्रभावशाली नेतावाहेक अरूको काम सिस्टममार्फत गर्दैनन ।

 

 

एउटा सानो सामाजिक संस्थाको विधानको दुई अक्षर सच्याउन २०७४ बैशाखमा गृह मन्त्रालयमा दर्ता गरेको एउटा फाइल डेढ बर्षदेखि सचिवको टेबलमा धुलो टिप्दैछ । नत्र अहिलेका मूख्य सचिवलाई सोधे थाहा हुन्छ । भनसून नगरी फायल नचल्ने, त्यो संस्थाका मान्छे गएर पटकपटक भनसून नगर्ने । यस्ता फाइल चिप्ल्याउने ग्रीज बोकेर हिँडेका कार्यकर्ता र कर्मचारीले प्रधानमन्त्रीको ब्यक्तिगत प्रयासलाई प्रणालीगत चुनौती थपेका छन तर यो कुरा कसले वहाँलाई भनि दिने ?

 

 

नातावाद कृपावादमा २०४८ को कोइराला सरकारको शासनलाई बिर्साइ दिएको छ । त्यतिबेला कम्युनिष्ट पार्टीको समर्थक कर्मचारीले जसरी पेलाई खान्थ्यो अहिले अर्काको समर्थकले खाँदैछ । पहिले भन्सुनबाट मालदार अड्डा जानेले अहिले प्रिपेड घुस खुवाएर मात्रै चान्स पाउँछ । यि कुरा कुनै पनि मन्त्रालय गएर दुई घण्टा बसे वा मन्त्रालयमा फाइल बोकेर बसेका कार्यकर्ता पङ्ति हेरे छर्लङ्गै हुन्छन । ८०% कर्मचारी कम्युनिष्ट पार्टीकै “कार्यकर्ता” जस्तै भएकोले यि कुरा प्रधानमन्त्रीकोमा आइनपुगेका हुन सक्छन ।

 

 

मन्त्रीहरूका कार्य शैली पनि हिन्दि चलचित्र नायकबाट नक्कल गरेका देखिन्छन । सडक ठेकेदारदेखि विद्युत ठेकेदारसम्म, सुन ठेकेदारदेखि लसून ठेकेदारसम्म आफैँ भेट्नु पर्ने, तिनका काम आफैँ अनुगमन गर्नु पर्ने । तलको सिफारिसबाट गम्भीर अपराधको आरोपमा जेल परेको कैदी छुट्छ, माथिको आदेशले प्लेन चढ्न लागेको एउटा पूर्व लडाकू ओरालिन्छ । अपरेशन थिएटर पस्न नीलो गाउन लगाएको डाक्टर बोक्न गृह मन्त्रालयको गाडी पुग्छ, विदेश जान लागेको विश्वविद्यालयको उपकुलपतिलाई पुलिसको गाडीले प्रधानमन्त्री निवास पुर्याइदिन्छ । लाग्छ यस्ता चिज नियन्त्रण, नियमन र अनुगमन गर्ने कुनै राज्य संयन्त्र नै छैनन ।

जतिनै सर्वाहाराको नाम जपे पनि मेरा प्रधानमन्त्रीले मैले खाने कुरै खालान, मैले लाउने लुगै लाउलान, मैले चढ्ने बस नै चढ्लान र म जस्तै गल्लिको चिया पसलमा गफ चुट्दै गरेका भेटिएलान भन्नेसम्मको आश त गरेको थिइनँ । तर, उनी मैले हिँड्ने बाटोमै हिँड्लान, सताब्दियौँ पूरानो राजतान्त्रिक देशको सामन्ति सामाजिक तह (सोपान)लाई भङ्ग गरेर कम्तिमा उनका पार्टीका केन्द्रस्तरका नेतासम्मलाई त कमरेडरी भाव देखाउलान, मैले उपचार गराउने वीर अस्पतालमै उपचार गराउलान र उनका मन्त्रीहरूले आफ्ना छोराछोरीहरू मैले छोराछोरी पढाउने स्कुलमै पढाउलान भन्नेसम्म चाहिँ सोचेको रहेछु ।

 

 

हाम्रा प्रधानमन्त्रीभन्दा कम गम्भीर होइन रहेछन ब्रिटिश भाइसराय कर्जन । उनी’boutका किताव र लेख हेर्दा थाहा हुन्छ । तर उनका ब्यक्तिगत क्षमतामा गरेका काम अर्को पुस्ताले बिर्सि सके । त्यही ठाऊँमा पद्दति बसालेको भए अहिलेसम्म उनको सम्झना हुन्थ्यो । कर्जनले बनाएका सडक, पुल पुलेसा, रेल पूराना भए, अस्पतालमा सेवा लिने मरिसके । तिनको छाप ब्यक्तिगत रुपमा रह्यो । तर, उनले ध्वस्त बनाएको प्रणाली अझै दक्षिण एशियामा द्वन्द्वको प्रमुख कारणको रुपमा रहेको छ । उनको इमान्दारिता र समर्पण एउटा पुस्तापछि हराएर गए त्यही ठाऊँमा एउटा प्रणाली बसालेको भए त्यो जुगौँ रहन्थ्यो र पुस्तौँले सम्झिन्थ्यो ।

 

 

कति अङ्कको आर्थिक बृद्धि हुन्छ, कसलाई कर छुट दिएर लगानी भित्र्याइन्छ, कसले विद्युत उत्पादन गर्छ, कस्ले वितरणको जिम्मा लिन्छ, यस्ता ठूला कुराको हामी जस्ता भुईँ मान्छेमा कमै असर हुन्छ । हामीले सरकारको मूल्याङ्कन गर्ने भनेको यसका निर्णयले आफ्नो ब्यक्तिगत स्वतन्त्रतामा पारेको असर र आफ्नो भान्सामा ल्याएको परिवर्तन हेरेर नै हो ।

 

 

ब्यक्तिगत स्वतन्त्रतताको कुरा गर्दा माओवादी सेनाका एक पूर्व लडाकूको बैङ्कक उड्न लाग्दा भएको अपमानलाई उदाहरणको रुपमा लिनुपर्छ । जसलाई अहिलेका गृहमन्त्री र उनका सत्ताधारी कामरेडहरूले नै १२ बर्षको उमेरमा बारूद भरिएका झोला बोकाए, १४ बर्षको हुँदा सकेट बम बनाउन सिकाए, १६ बर्षको हुँदा बन्दूक पड्काउन सिकाए । “क्यान्टोनमेण्ट बन्द हुँदा क्यान्टोनमेण्टमै नबसेका कमाण्डरका श्रीमतिले ५—७ लाख लिएर निस्किए हामी खाली हात किन?” भन्दै आन्दोलनको नेतृत्व गरेका ति पूर्व लडाकू तिनै बम, बारुद र बन्दूक सिकाउने नेताको पूर्वाग्रहको सिकार भएँ भन्दैछन ।

 

 

कुनै संस्थाले खाना र बास खर्च बेहोर्ने गरी बोलाउँदासमेत जान पाएनन । उनलाई बिदेश जान सरकारको अनुमति चाहिने रे उत्तर कोरियाको जस्तो । के बोल्छु भन्ने यहीँ रेकर्ड गराएर जानु पर्ने रे । बिदेशी दूतावासको पेरोलमा हुनेले मन्त्री हुन मिल्ने देशमा एउटा बबुरोले ठूलो प्लेन चढ्न लाग्दा “माथिको आदेश”ले रोकिँदा ति पूर्व लडाकूले प्रधानमन्त्रीलाई कसरी अभिभावक मान्लान?

 

 

सरकार मुसो निकाल्न पहाड खन्दैछ । उसको ध्यान झिना मसिना कूरामा बहादुरी देखाउनेमा छ । कहिले माइतिघर मण्डलमा भेला नहौ भन्छ, कहिले एनजिओ बिरुद्ध युद्ध घोषणा गर्छ, पूर्वी तराईतिर जुत्ता नलगाई मोटर साइकल नचढ भन्छ, कहिले कुर्सीमा तौलिया नराख्न निर्देशन दिन्छ, कहिले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक घोषणा गर्छ, कहिले एउटी गायिका, कलाकार, मोडललाई लुगा छोटो भयो भनेर बग्गिखाना पस्न रोक लाउँछ, कहिले सरकारी कार्यालय पस्न ड्रेस कोड लागू गर्ने हल्ला फिँजाउँछ ।

 

 

९० प्रतिशत एनजिओ तिनकै पार्टीका मान्छेका छन । तिनै एनजिओका साहू राजदूत बन्न हुने, तिनै एनजिओका साहू राष्ट्र प्रमुखका राजनैतिक सल्लाहकार बन्न हुने, सरकार प्रमुखका परराष्ट्र सल्लाहकार बन्न हुने, सुरक्षा सल्लाहकार बन्न हुने तिनका एनजिओ विरुद्ध चाहिँ सरकारले जिहाद छेड्नु पर्ने ? गर्मीका कारण मधेसमा ९०% ले जुत्ता लाउँदैनन, दौरा सुरुवालले त झन बाफिएरै मान्छे मर्लान जस्तो हुन्छ । खोला किनाराको माझी, दनुवार बस्तीका अधिकाँस पुरानो पुस्ताको पोसाक लङौटी हो, अहिलेका धेरै सहरीया युवती घुँडासम्म झर्ने एक-टुक्रे लुगा (वान पिस) वा टि-शर्ट र हाफ पैण्ट लाएर निर्धक्क बजार डुल्छन । के यि लुगाले समृद्दिको यात्रामा तगारो हालेकै हुन भन्ने सरकारी बुझाई हो त?

 

 

हाम्रो ध्यान अनावश्यक चिजमा बढि गए जस्तो मलाई लाग्छ । मलाई नाना, खाना र गानामा राष्ट्रवाद खोजी हुँदा नेपालमा राष्ट्रियताको परिधी साँगुरिएर “राष्ट्रवादी” हुनु नै लाजलाग्ने विषय बन्यो । राजविराजको मधेशीलाई र नाम्चे बजारको शेर्पालाई “दौरा सुरुवाल तेरो राष्ट्रिय पोसाक” भनेर नथोपरिएको भए अहिलेसम्म नेपालको ७०—८०% ले त्यो लुगा लगाएको हुन्थ्यो । नाम्चेमा बस्नेले ऊनीको लाउँथ्यो होला, राजविराजकोले पातलो सूतिको । खाना पनि नाम्चेको मान्छेले खाने जस्तो उच्च प्रोटिन युक्त खाना खायो भने राजविराजको मान्छेको अस्पतालमै बास हुन्थ्यो होला । र, गाना, अर्थात भाषा पनि नेपाली भाषा अनिवार्य नभनेको भए अधिकाँस जनजाती, मधेशीले नेपाली भाषा प्रयोगको आन्दोलन चलाईसकेका हुन्थे होला ।

 

 

सरकारी पदाधिकारीका गतिबिधि हेर्दा पनि काममुखी होइन प्रचारमुखी छन भन्ने प्रशस्त उदाहरण छन । सबै मन्त्रीको पहिलो निर्णय पल्टाएर हेर्नुस, काम नथाली कनै एउटा पत्रकारलाई प्रेस सल्लाहकार बनाइएको छ । राम्रो काम गरे प्रचार प्रसार नै चाहिन्न नि ।

 

 

बाणिज्य मन्त्री स्कूसको डोको चेक गर्न पुग्छन, यातायात मन्त्री हिलाम्य सडकमा पिचको मोटाई नाप्छन । हास्य कलाकार अस्पताल रङ्ग्याउँछ र सरकारकोमा बिल पठाऊँछ, विना प्रतिस्पर्धा मन्त्रीपरिषदले ७० लाख निकासा दिन्छ । लाग्छ यो देशमा सरकारले काम गर्ने कुनै पद्दति नै छैन ।

 

 

प्रधानमन्त्री गोबर ग्यास उद्घाटन गर्न पुग्छन, ब्यापार मन्त्री स्कूसको डोको चेक गर्न पुग्छन, यातायात मन्त्री हिलाम्य सडकमा पिचको मोटाई नाप्छन । हास्य कलाकार अस्पताल रङ्ग्याउँछ र सरकारकोमा बील पठाऊँछ, न कुनै योजना, न कुनै प्रतिस्पर्धा मन्त्रीपरिषदले ७० लाख निकासा दिन्छ । लाग्छ यो देशमा सरकारले काम गर्ने कुनै पद्दति छैन । यि सत्ताधारीका ब्रह्मले जे देख्छ सही देख्छ । एउटा पद्दतिको माग गर्ने यिनको मात्रै होइन समृद्धि कै बिरोधी बन्छ ।

 

 

ब्यक्तिगत रुपमा प्रधानमन्त्री जति सुकै राम्रा हुन, आफ्नो-अर्काको नछुट्याउन, रातभर नसुति काम गरून, घुस्याहा भेट्टाए अफिसमै बोलाएर झाँको झारून, कार्यकर्ताले जहाँबाट फोन गरे पनि उठाउन र समस्या बुझुन, हरेक हप्ता टिभिमा प्रत्यक्ष आएर जनतासङ्ग अन्तरक्रिर्या गरून त्यसलाई जनताले अर्को एउटा-दुईटा प्रधानमन्त्री फेरिउञ्जेल सम्झलान् त्यसपछि बिर्सन्छन् । यस्तो शक्ति भएका प्रधानमन्त्रीले त्यो शक्तिलाई हरेक क्षेत्रमा बलियो पद्दति बसाल्न प्रयोग गरे युगौँ युगसम्म सम्झना रहन्छ ।

 

 

राम्रो पद्दति बसे तपाईंले अहिले तह लाउन खोजेको एनजिओ आफैँ तह लाग्छ, छोटा लुगा लाउने केटी लामो लुगा लाउँछिन, बिरोध प्रदर्शन गर्ने मान्छे नक्साल गुरुज्युको चौरतर्फ जान्छ, सरकारी कार्यालय जाने मान्छे भद्र लुगा लाएर जान्छ, कर्मचारीले दौरा सुरुवाल लाउँछ र कुर्सीबाट तौलीया हटाउँछ, बिराटनगरको मोटरसाइकल चालकले जुत्ता लाउँछ, गाईजात्रामा तपाईँको सट्टा गाईकै फोटो टाँसिन्छ, लेनिन बिष्ट बादल कामरेडको सचिवालयमा आएर आफ्नो बैङ्ककमा गर्ने भाषण प्रिण्ट गर्छ, उपकूलपति संस्कृतको भाषणको उल्था लिएर सिंहादरवार आउँछन, बलात्कारीलाई तह लाउन चौकीको हवल्दारै काफी हुन्छ ।

 

 

समाजका यी सबैलाई मैले तह लाएर एउटा सभ्य समाज बनाउने हो भन्ने जुन पवित्र सोच प्रधानमन्त्रीको दिमागमा छ, इमान्दार भएर यि कुराको एउटा प्रणाली वा पद्दति विकास गरिदिनु भयो भने असम्भव कुनै छैनन । तर “मैले” यि सबै गर्छु भन्नु भयो भने ब्यक्तिगत रुपमा लर्ड कर्जन हुनु होला, तर मेरो छोराको पुस्ता कसैले तपाईँको नामसमेत सुन्न पाउने छैनन् । अहिले प्रधानमन्त्रीमा योग्यता, क्षमता, प्रतिभा र दक्षता असिमित छ । यसको आंशिक प्रयोग मात्रै भए पनि यो देशको काया पलट गर्न काफी छ । तर, आफैँ गरेर होइन, पद्दतिको विकास र प्रवर्द्धन गरेर ।