बदलिएको कुटनीतिमाथि कालो बादलको छायाँ !

 

प्रस्ताव गर्ने वित्तिकै उत्पन्न सन्देह र शंकालाई मोदीले होइन, हाम्रा परराष्ट्रमन्त्रीले जान्ने भएर सैन्य अभ्यास कसैका विरुद्ध गर्न लागेको होइन भनेर किन स्पष्टिकरण दिनु परेको हो ? यसो गर्ने न उनको हैसियत थियो नत ज्ञान नै ! हाम्रा परराष्ट्रमन्त्रीले बुझुन्–डिप्लोमेसी मित्रहरु बनाउने विधा हो भने सैन्यशक्ति परिचालन दुष्मन सिध्याउने संयन्त्र !

 

 

दक्षिण एशियामा नेपालको कुटनीतिक महत्व सार्वजनिक रुपमा इतिहासमै अहिले जति प्रखर पहिले कहिल्यै देखिएको थिएन । यसअघि चीन र भारतबीचमा रहेको देश भएकोले विद्वानहरु यसको भू–राजनीतिक महत्ववारे व्याख्या विश्लेषण खुबै गर्थे तर, २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि कुटनीतिक क्षेत्रमा अब नेपालको चाल के हुन्छ भन्ने अडकल काट्न  थालिनुले सुदृढ बनिरहेको अवस्थालाई मात्र पुष्टी गर्दैन कि यसले नयाँ नेपालको नयाँ सम्भावनाको क्षितिजलाई उजागर पार्न थालेको देखिंदैछ । जसको जस प्रधानमन्त्री केपी ओलीको नेतृत्वमाथि दिंदा अन्यथा हुँदैन !

 

 

तर, पछिल्लो समयमा नेपालले मारेको फड्कोले नेपाल र नेपालीलाई जति हौस्याउछ, त्यति नै  झस्काउछ पनि । ’cause नेपालको चुलिएको प्रखरतालाई स्थायित्व दिन र प्राप्त उपलब्धिलाई जोगाइरहने काम कम चुनौतिपूर्ण छैन । सानो गल्ति  र हेलचक्राइले प्राप्त उपलब्धि नारायणहरि हुन सक्छ !

 

 

वर्तमान अवस्थावारे अर्कै प्रसंग र सन्दर्भमा एक हिमाल आरोहीले व्यक्त गरेको बिचार सठिक उदाहरण हुनसक्छ । नाम्चेमा भेटिएका सफल पर्वतारोहीले भनेका थिए–हिमालको शिखरमा पुग्नजति चुनौतिको सामना गर्नुपर्ने हुन्छ, त्यसभन्दा गाह्रो त्यो शिखरमा अडिइरहन पर्छ !

 

 

वास्तविक पर्वतारोहीले यो कुरा कहिल्यै विर्सन सक्दैन । तर, कुटनीतिक रणनीतिबाजहरुले नि ? कुटनीतिक क्षेत्रलाई हिमाल चढ्नभन्दा कम दवाव झेलिरहनु पर्दैन । प्राप्त भएका कुराको रक्षा गर्दै अझै महत्वपूर्ण उपलब्धि हासिल कसरी गरिरहने ? यसमा उनीहरु गलित, थकित भएर पनि अहोरात्र सफल बन्न लागि रहन्छन् । एउटा कुटनीतिज्ञ असफल बन्यो भने पूरै देश पराजित भै नारायणहरि हुनसक्छ ।

 

 

भारतीय सत्तापक्ष मोदीको पाइला पछ्याउदै प्रतिपक्षी नेता राहुल गान्धीको नेपाल भ्रमणले विशेष अर्थ राख्छ । यसमा कुटनीतिक क्षेत्र सहमत छ । एक परिपक्व ‘क्यारियर डिप्लोम्याट’ले भने, भारतमा सन् २०१९ मा आमनिर्वाचन हुँदैछ । आउदो चुनावमा गएको चार वर्षदेखि एकछत्र राज गरिरहेको भारतीय जनता पार्टी र त्यसका बहुचर्चित नेता नरेन्द्र मोदीको विदेशनीति खास गरेर छिमेकी मुलुकहरुसंगको संबन्धवारे भारतभर आलोचना भैरहेको छ । छिमेकसंगको संबन्धमा मोदी पूरै असफल भएको विषय त्यहाँको चुनावी मुद्धा बनिरहेको छ ।

 

फेरि पनि फर्केर हेरौं, भारतले उचालेर गिरिजाप्रसादलाई गराएको टनकपुर समझदारीलाई संझौता हो भनेर कोइरालाको घमण्डलाई नेपालको अदालतले पल्टाइ दिएको हो । कृष्णप्रसाद भट्टराईलाई साझा नदीले नै खुइल्याइ दियो । नेपालको विदेशनीतिलाई  ‘प्याराडम सिफ्ट’ गराउने ओलीलाई पनि यताउता भनेर कुनै त्यान्द्रोमा भारतले नफसाओस् ।

 

 

यसैका लागि सत्तापक्ष र प्रतिपक्षले आफ्नो प्रभाव भारतीय मतदातामा पार्न नेपाललाई यतिखेर खुबै महत्व दिइरहेका छन् ! मोदी सरकारले ०७२को भुइचालोमा तहसनहस भएको नेपालमाथि ज्यानमारा नाकाबन्दी लगाएर घुँडा टेकाउन खोजीरहँदा भारतीय उपल्लो सदनमा नेपालको विषयलाई कांग्रेसका मणिशंकर ऐयरले जवर्जस्त रुपमा उठाएका थिए । अहिले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी नेपाल आएर प्रतिपक्षी उपस्थितिलाई साकार गरेका छन् ।

 

 

भारतमा नेपाल नीति बनाउदाको भारतीय टक्कर रोचक मात्र छैन, ज्ञान वद्र्धक पनि छ । भारतीय जनता पार्टीको सरकारले नेपालमाथि थिचोमिचो गरिरहँदा स्वाधीन नेपालको पक्षमा बोल्ने बरु पुरानै संस्थापन पक्ष रहेछ भन्ने जवर्जस्त सन्देश नेपालमा प्रवाहित भएको थियो । भारतीय कांग्रेसको त्यो कदमबाट भारत र नेपाल दुवैतर्फ नयाँ तरंग उत्पन्न गरेको महसूस त्यतिखेर भएको थियो ।

 

 

राजनीतिमा सत्तापक्षले प्रयोग गर्ने चलाखी र बहुमतको आडमा गर्ने जवर्जस्तीलाई संसदमा कमजोर भएर पनि कसरी प्रतिपक्षले प्रभावकारी जवाफ दिन सक्छ भन्ने उदाहरण हो त्यो । त्यो शिक्षा गएको आमचुनावमा केन्द्र, प्रदेश र स्थानीय तहमा हारेर लखतरान भएको नेपाली कांग्रेसका लागि धेरै नै ज्ञानवद्र्धक सावित हुन सक्छ ।

 

 

खास गरेर संख्याको हिसाबमा साह्रै नै कमजोर भए पनि नेपालको संसदको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको लागि भारतीय कांग्रेसको त्यो कदम ज्यादै शिक्षाप्रद हुन सक्छ ’cause नेपालमाथिको नाकाबन्दीविरुद्ध नेपाली कांग्रेसले त्यति बेला मुख खोल्न सकेको थिएन जबकि भारतीय कांग्रेसले भारतीय संसदमा आफ्नै सरकारले लगाएको नाकाबन्दीको खिल्ली उडाएर संसदीय मर्मअनुरुप आफ्नो परिपक्वतालाई दर्ज गरेको थियो । त्यसले नेपाली स्वाभिमान र सार्वभौमसत्तालाई सादर सम्मान पनि गरेको महसूस त्यति बेला गरिएको थियो ।

 

 

आउदो भारतीय निर्वाचनलाई गंभीर भएर विश्लेषण गरिरहेका भारतीय विज्ञहरु चुनावमा उठ्ने इसुहरुलाई पर्घेलीरहँदा रहँदै के भन्न थालेका छन् भने भारत धर्मनिरपेक्ष भए पनि अत्यधीक हिन्दूहरु रहेको देश हो । भारत विभाजन हुँदा हिन्दू र मुस्लिम धर्मको आधारमा भए पनि भारतीय कांग्रेस सधैं सेक्युलर भारत भनिरहेको छ । यति हुँदाहुँदै पनि हिन्दू मतदाताको मनोभावलाई उसले त्यत्तीकै छाडिरहेको छैन ’cause हालको भारतीय सत्तापक्ष भाजपा हिन्दू मुद्धालाई नै बेलायती उपनिवेशबाट भारत मुक्त भएदेखि नै अगाडि ल्याइरहेको छ ।

 

 

त्यही भएर हिन्दू मतदातालाई आफ्नो पक्षमा प्रभावित गर्न कांग्रेसले कस्तो नयाँ रणनीति बनाउने हो भनेर स्वयम् भाजपा पनि तीखो नजरले हेरिरहेको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चारपल्ट गरेको नेपाल भ्रमणले दक्षिणी छिमेकीका प्रतिपक्षी दलका अध्यक्ष राहुल गान्धीलाई पनि नेपाल भ्रमण गर्न बाध्य बनाएको छ । नेपालमा नयाँ सरकार बन्यो कि पहिले भारत भ्रमण गर्ने कि चीन भनेर खिचातानी गर्ने नेपाली परंपरालाई गणतन्त्र नेपालको पहिलो सरकारले बदल्ने थालनी गरेपछि नेपालको बढ्दो कुटनीतिक सामर्थ्यले भारतको सत्तापक्ष र प्रतिपक्षमा नेपाल भ्रमण गर्न प्रतिस्पर्धा गर्ने जागरण ल्याइदिएको छ । त्यसैको उदाहरण हो, मोदी काठमाण्डौंमै रहेका बेला तीर्थयात्राको निहुँमा भएको प्रतिपक्षी नेता राहुल गान्धीको काठमाण्डौं भ्रमण !

 

भारतभर व्यापक चर्चा चलिरहेछ, राहुल गान्धीको पशुपतिनाथको दर्शन गरेर कैलाश मानसरोवर यात्रा त्यसैको प्रारंभिक कदम हो । शिवभक्तिमा विश्वास गर्ने भनिएका राहुलको निर्वाचन महाअभियान नै पशुपतिनाथ र कैलाश यात्राबाट शुरु भएको छ र मोदीको निर्वाचन क्षेत्रमा रहेको विश्वनाथ यात्रामा गएर पूरा हुनेछ ।

 

 

एक नेपाली युवतीसंग प्रेमसंबन्धमा रहेको भनिएका राहुलको यो यात्रा भारतका विभिन्न ठाउमा रहेका नेपाली भाषी मतदातालाई प्रभावित गर्ने कदम पनि हो ’cause आसाम, दार्जिलिंग, सिक्किम, देहरादुनलगायत धेरै ठाउमा थुप्रै मतदाता मात्र होइन, उम्मेदवार पनि नेपाली हुनेछन् । त्यो समूहलाई परिचालन गर्ने कांग्रेस रणनीतिको अर्को खण्ड हो, यो यात्रा । त्यसवाहेक भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नाकाबन्दीका बेला भनेका एक करोड भारतीयहरु पनि चुनावका बेला भारतमा मतदान गर्न जान्छन्, तिनमाथिको प्रभाव पनि राहुल भ्रमणको निहितार्थ हुनसक्छ ।

 

 

समग्रमा मोदीको नेपालमा विमिष्टेक शिखर सम्मेलनमा सहभागीता रहेको बेला पारेर एकदमै निजी जस्तो देखिए पनि राहुल भ्रमणले भारतीय जनता पार्टी र खास गरेर मोदीले भारतमा म हिन्दूहरुको वास्तविक प्रतिनिधि हुँ भनेर जुन डंका पिटाएका छन्, त्यसमाथि कांग्रेस अध्यक्ष राहुलले गरेको जवर्जस्त धावा मानिएको छ । राहुललाई के पनि थाहा भएको देखियो भने गत वैशाख महिनामा नेपाल भ्रमणको निहुँमा मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गरेर कर्णाटक राज्यको चुनावमा जुन प्रभाव एकलौटी रुपमा पारे अवका चुनावमा त्यसो गर्नबाट भाजपालाई पूर्णबिराम लगाउन कांग्रेस सचेत भएको छ ।

 

 

हुन पनि चुनाव प्रचारप्रसार रोकिएको मौन अवधिको मौका पारेर मोदीले मुक्तिनाथको यात्रा सिद्राको व्यापार नै गरे । त्यसलाई भारतीय संचार माध्यमहरु खास गरेर भारतीय टिभी च्यानलहरुमार्फत प्रत्यक्ष प्रसारण गराइयो । हिन्दू मतदाताहरुलाई भाजपाका उम्मेदवारको बक्सामा भारी मतदान गर्न मनोवैज्ञानिक युद्ध नै छेडियो ।

 

 

राज्य संयन्त्रको खुला दुरुपयोग मात्र होइन, संसदीय चुनावको सर्वमान्य नियम विपरित प्रधानमन्त्रीको नग्न प्रस्तुतिको विषयले भारतमा गंभीर विवाद अझै चलिरहेको छ र सायद आउदो वर्ष हुने आमचुनावको एउटा प्रमुख मुद्धा नै बन्ने छ । ती कुटनीतिज्ञले भने, सत्तामा बसेकाले कतिसम्म बदमासी गर्न सक्छन् भन्ने उदाहरण हो मोदीको त्यो छलछाम । तर, मोदीको चलाखीलाई प्रतिपक्षी कांग्रेसले फेरि दोहोरिन नदिन भाजपाको रणनीतिलाई टुस पार्ने कार्यनीति अपनाएर अगाडि बढ्दै छ ।

 

राजनीतिमा सत्तापक्षले प्रयोग गर्ने चलाखी र बहुमतको आडमा गर्ने जवर्जस्ति लाई  संसदमा कमजोर भएर पनि कसरी प्रतिपक्षले प्रभावकारी जवाफ दिन सक्छ भन्ने उदाहरण हो मणिशंकर ऐयरले संसदमा गरेको भाषण । त्यो शिक्षा गएको आमचुनावमा केन्द्र, प्रदेश र स्थानीय तहमा हारेर लखतरान भएको नेपाली कांग्रेसका लागि धेरै नै ज्ञान वद्र्धक हुन सक्छ ।

 

राजनीतिशास्त्रीहरु एउटा भनाइ दोहोर्याई रहन्छन्– ‘रक्सी जति खायो त्यति लाग्छ, सत्ता जति लाग्यो त्यति नै विवेक हराउछ !’ राहुलको धार्मिक यात्राले भारतीय चुनावमा हुने धार्मिक चलाखीमाथि कति तीखो नजर राखिरहेको छ, यसबाट प्रमाणीत हुन्छ।

 

 

राहुलले आफूलाई भारतीय राजनीतिमा मात्र होइन अन्तर्राष्ट्रिय संबन्धमा पनि कसरी सुदृढ पारिरहेका छन् भन्ने पनि पछिल्लो भ्रमणबाट सावित गर्ने प्रयत्न गरिरहेको देखिएको छ । पशुपतिनाथको दर्शन गरेर, बौद्ध, स्वयम्भूनाथ र कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनको कृष्ण मन्दिर क्षेत्र भ्रमण गरेर, नेपाली रेष्टुरेन्टमा खाना खाएर नेपाल, नेपाली र हिन्दू बौद्ध धर्म–संस्कृतिप्रति गहिरो सद्भाव रहेको देखाए । भुटानको दोक्लाम काण्डपछि चीनसंग विग्रिएको भारतको संबन्धमा पनि भारतीय प्रतिपक्ष चीनसंग सन्तुलित संबन्ध राख्न चाहन्छ भन्ने सद्भाव पनि एकैपटक प्रदर्शन गरेका छन् ।

 

 

कांग्रेसका प्रधानमन्त्री मनमोहन सिंहले सत्तामा आएपछि हामी अमेरिका र चीनसंग तटस्थ भएर संबन्ध राख्छौं भन्दै त्यसै अनुरुप व्यवहार गरिरहेका थिए।  तर, भाजपा सत्तामा आएपछि मोदीले एक्रोब्याटिक खेलाडी बनेर अमेरिकासंग विशेष संबन्ध राख्न खोजेर चीनलाई तर्साउन खोजे ।  दोहन भने नराम्ररी गरे । त्यसबाट झस्केका मोदी रुसबाट पनि टाढिए । रुससंगको भारतीय संबन्ध पनि विग्रियो, अझै सुदृढ हुन सकेको छैन ।

 

 

अन्तर्राष्ट्रिय संबन्धमा गुमेको भारतीय साखलाई बढाउने हतारमा मोदी फेरि फसेका छन् । भर्खरै काठमाण्डौंमा सकिएको विमिष्टेक शिखरमा सैन्य अभ्यास गर्ने मोदी प्रस्तावले चीन र पाकिस्तानलाई नराम्ररी झस्काएको छ । तर, त्यसको लगत्तै भएको राहुलको सन्तुलित चीन भ्रमणले (कैलाश मानसरोवर यात्राको धार्मिक लगाए पनि) मोदीलाई चुनावमा ठूलै धक्का दिने बलियो लक्षण देखाइसकेको छ ।

 

 

चुनावको मुखमा विमिष्टेक सम्मेलन गराएर चीन र पाकिस्तानलाई तह लगाउने मोदीको चुनावी मसलालाई राहुलले एकै भ्रमणमा टुस पारिदिएपछि युरोपियन युनियन, अमेरिका, जापानसंगको भारतीय कांग्रेसको सन्तुलित संबन्धले पनि चुनावमा मोदी विरुद्ध गहिरो असर पार्नेतर्फ पनि कुटनीतिज्ञहरु इसारा गरिरहेका छन् ।

 

 

जहाँसम्म नेपाल भारतको संबन्धको कुरा छ, नाकाबन्दीपछि नेपालले बढाएको आफ्नो प्रभावलाई जोगाउन भारतमा हुने चुनावभर एकदमै चनाखो र सन्तुलित हुनुपर्ने बाध्यता छ । तर, यस्तो समयमा प्रधानमन्त्री केपी ओलीका विदेश सल्लाहकारसम्म छैनन् ।

 

 

ओलीका भनाइ, संकेत र गतिविधिहरुलाई व्याख्या विश्लेषण गरेर सन्तुलित रुपमा समाजमा अभिमत बनाउन थालेको कहींकतै देखिदैन । फुकीफुकी पाइला चाल्नु पर्ने समयमा भावनामा बगाएर वा उचालेर वा अनेक अवस्था सिर्जना गराएर कसैबाट नेपालको सन्तुलित विदेशनीति कदाचित भारतीय साँढे जुधाइको बाछो नबनोस् ! तर, कामनाले मात्र कुटनीतिक चाल खह्रो र दह्रो हुनसक्दैन । यसको लागि संस्थागत संरचनाहरु बनाएर योग्य, काविल र दक्ष व्यक्तिहरुको सरसल्लाह र इक्वेसनमा अगाडि बढ्नुको विकल्प किन पनि देखिदैन भने कृष्णप्रसाद भट्टराई जस्ता चतुर कुटनीतिक राजनीतिज्ञलाई साझा नदीमा फसाउने भारतीय नै हुन् । गिरिजाप्रसाद जस्ता महसूर नेतालाई महाकाली नदी समझदारी हो भनेर जालमा पार्ने पनि भारतीय नै हुन् । पछि नेपालको अदालतले महाकाली संझौंता नै हो भनेपछि मात्र भारतीय कुत्सित मनसाय ठेगान लागेको थियो ।

 

भारतमा नेपाल नीति बनाउदाको भारतीय टक्कर रोचक मात्र छैन, ज्ञान वर्धक पनि छ । भारतीय जनता पार्टीको सरकारले नेपालमाथि थिचोमिचो गरिरहँदा स्वाधीन नेपालको पक्षमा बोल्ने बरु पुरानै संस्थापन पक्ष रहेछ भन्ने जवर्जस्त सन्देश नेपालमा प्रवाहित छ ।

 

बहुचर्चित भनाइ नै छ, मित्र परिवर्तन गर्न सकिन्छ तर, छिमेकी परिवर्तन गर्न सकिदैन ! कसैले एकछिन पनि नविर्सिऔं, नेपाल अत्यन्त संवेदनशील भू राजनीतिक अवस्थितिमा छ । न हामी चीनपट्टि मात्र लाग्न सक्छौं नत भारतपट्टि नै । हामी पाकिस्तानलाई पनि इग्नोर गर्न सक्दैनौं । नेपालसंग सन्तुलित हुनुको विकल्प छैन ।

 

 

फेरि पनि फर्केर हेरौं, भारतले उचालेर गिरिजाप्रसादलाई गराएको टनकपुर समझदारी होइन, संझौता हो भनेर कोइरालाको घमण्डलाई नेपालको अदालतले पल्टाइ दिएको हो । भट्टराईलाई साझा नदीले नै खुइल्याइ दियो । नेपालको विदेशनीतिलाई प्याराडमसिफ्ट गराउने ओलीलाई पनि यताउता भनेर कुनै त्यान्द्रोमा भारतले नफसाओस् । यस्तो जटिल र संवेदनशील अवस्थामा कतिसमय केपी ओलीको व्यक्तिगत क्षमताले नेपाल र नेपाली साख जोगिइरहन सक्ला ? संगठित, संस्थागत र चुस्त व्यवस्थापकीय रुपमा अगाडि बढ्नुको विकल्प नेपालसंग छैन ।

 

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विमिष्टेकको टेलिभीजन प्रसारणमा प्रधानमन्त्री वरिपरि परिक्रमा गरिरहँदा सफल जस्तो देखिए पनि प्रधानमन्त्री ओलीको साख र ओजले गर्दा मात्र त्यस्तो लागेको हो । हेर्दा सामान्य लाग्ने तर, संवेदनशील कुटनीतिक सवालमा ज्ञवालीमा कुटनीतिक बालापन देखियो । उनले मोदीले भाषणमा उठाएको विषयलाई किन स्पष्टिकरण दिएर जान्नेबुझ्ने हुनु परेको होला ? जबकि भारतीय कुटनीतिज्ञ, सुरक्षाविद र मन्त्री मात्र होइनन्, स्वयम् मोदी त्यहीं थिए ।

 

 

संवेदनशील विषय जटिल समयमा मात्र होइन, कुटनीतिज्ञ हरदम सचेत रहिरहनु पर्छ । कुटनीतिक बाह्रखरीको कखराले यसै भन्छ । सानोभन्दा सानो विषयले पनि कसैको उत्थान र पतन मात्र होइन, जीवनभर स्पष्टिकरण दिइरहँदा पनि पार पाउन नसक्ने चक्करमा परिन्छ ! पासोमा फस्नका लागि कुनै आइतवार पर्खिरहनै पर्दैन । केपी ओली मन्त्रिपरिषदकै कानूनमन्त्री शेरबहादुर तामाङ्ग महत्वपूर्ण ठाउमा महत्वपूर्ण कुरा बोलेर राजीनामा दिन बाध्य बनेका होइनन् । काम नगर्ने तर बकबक गरिरहने मन्त्रीहरुलाई चेतना भया !

 

 

विमिष्टेक–बंगालको खाडी वरिपरिका देशहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको नाममा खोलिएको त्यस्तो क्षेत्रीय संस्था हो, जस्को चार्टरसमेत बनिसकेको छैन । चौथो सम्मेलनमा भारतीय प्रधानमन्त्रीले आफ्नो भणाँस पोखे, विमिष्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्नुपर्छ । उनले प्रस्ताव गर्ने वित्तिकै उत्पन्न सन्देह र शंकालाई मोदीले होइन, हाम्रा परराष्ट्रमन्त्रीले जान्ने भएर सैन्य अभ्यास कसैका विरुद्ध गर्न लागेको होइन भनेर किन स्पष्टिकरण दिनु परेको हो ? यसो गर्ने न उनको हैसियत थियो नत ज्ञान नै ! त्यसवारे बोल्नै परेको भए अरु कसैलाई बोल्न लगाएको भए बरु त्यो अलिकति भए पनि नेपालको हितमा हुन्थ्यो होला कि ! हाम्रा परराष्ट्रमन्त्रीले बुझुन्–डिप्लोमेसी मित्रहरु बनाउने विधा हो भने सैन्यशक्ति परिचालन दुष्मन सिध्याउने बिधा हो !