क्या च्वाँक बुढ्यौली जीवन !

राष्ट्रकबि सय वर्षमा पनि च्वाँक जीवन विताइरहेका छन् तर बिर्सने रोग लागेका ज्येष्ठ नागरिकले आफन्तलाई पनि चिन्न छाड्छन् । बाटो विर्सछन् । खाना खाएको पनि विर्सन्छन् । पिसाव दिसा गर्ने समय र ठाउ पनि विर्सन्छन् । खाना निल्न समेत विर्सन सक्छन् ।

राष्ट्रकवि माधबप्रसाद घिमिरे ०७५ असोज ७ देखि १०० बर्षमा प्रवेश गरेका छन् । १०० बर्षका राष्ट्रकविलाई शुभकामना !

एकदिन अघिको भएको छलफलका सहभागी एक ज्येष्ठ नागरिकले भने “राष्ट्रकविको जस्तो बुढ्यौली जीवन पो बुढौली जीवन ! क्या च्वाँक जीवन !” भोलिपल्टका प्रधानमन्त्री के.पी.शर्मा ओलीको ट्वीट् आयो, “सय बर्ष प्रवेशको अबसरमा राष्ट्रकवि आदरणीय माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईको आगामी जीवन आरोग्यमय र अझ साधनामय होस् ! नेपाली भाषा साहित्य साधानामा संलग्न नयाँ पुस्ताले तपाईबाट एक युगीन साक्षात्कारको अबसर पाईरहोस् । हार्दिक शुभकामना !”
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कवि घिमिरेकै राष्ट्रिय गीत उद्धरण गर्दै ट्वीट गरे, “गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली, जय जय हे नेपाल, सुन्दर शान्त विशाल !” पर्यटन मन्त्री रविन्द्र अधिकारीले अर्को गीतबाट भावविह्वल हुँदै दोहो¥याए, “लाग्दछ मलाई रमाईलो, मेरै पाखा पखेरो, हिमाल चुली मुन्तिर, पानी भर्ने पँधेरो !”
राष्ट्रकविको जस्तै प्रत्येक ज्येष्ठ नागरिकहरुको जीवन सुखमय होस् ! नेपालका सबै ज्येष्ठ नागरिकहरुमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) असोज १५को शुभकामना !
अल्जाइमर महिना
गएकै शुक्रबार “विर्सनेहरुलाई सम्झौ ! स्मृति बढाऔं ! विस्मृति हटाऔं !” भन्ने एक नारा तयार गरी एक मित्रले सामाजिक सञ्जालको भित्तो रङ्गिन बनाए । मैले पनि सहमती जनाएर सेयर गरिदिएँ ।
प्रसंग, विश्वभर मनाई रहेको अन्तराष्ट्रिय अल्जाईमर्स सचेतना जगाउने दिनको प्रचार प्रसार गरिएको हो । (२१सेप्टेम्बर) विश्वभर ज्येष्ठ नागरिकहरुमा ठूलो समस्याको रुपमा रहेको अल्जाईमर्स रोग’bout सचेतना जगाउँदै डे मनाईयो । यो दिन विश्व दिवसको रुपमा मनाउन थालिएको पनि २२ बर्ष भै सकेछ । नेपालमा अल्जाईमर विस्मृति समाज नेपालले मानव अधिकार आयोगसँग मिलेर समेत यो विषयलाई राष्ट्रिय बहसको मूल प्रवाहमा ल्याएको छ ।
के हो अल्जाइमर ?
अल्जाइमर एक प्रकारको दिमागी रोग हो । यो बुढ्यौली उमेरमा विस्तार हरेक कुरा विर्सदै जाने रोग हो । यो सरुवा रोग भने होईन । यो रोग लागेका ज्येष्ठ नागरिकहरुले आफन्तलाई पनि चिन्न छाड्छन् । बाटो विर्सछन् । खाना खाएको पनि विर्सन्छन् । पिसाव दिसा गर्ने समय पनि विर्सन्छन् । खाना निल्न समेत विर्सन सक्छन् । खाना–पानी सर्किएर वितेका उदाहरण धेरै नै छन् ।
महिला पुरुष दुबैलाई लाग्छ यो रोग । कतिपयले अल्जाईमर्सलाई डिमेन्सीया भन्छन् तर यस विषयका विज्ञ डा. रमेश कंडेल भन्छन्, “डिमेन्सिया विर्सने मात्रै रोग हो । यो निको हुन वा कमि हुन पनि सक्छ । अल्जाईमर भने निको नहुने रोग हो ।”
यो रोग लागेका व्यक्तिहरु तीन बर्ष देखि अठार बर्षसम्म बाँचेको पाईएका छन् । औसत बाँच्ने अवधी भनेको सात बर्ष मात्र हो ।
नेपालमा कति छन् ?
सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार नेपालमा ७८ हजार ज्येष्ठ नागरिकहरु अल्जाइमरबाट पिडित छन् । यो संख्या बढ्दो क्रममा रहेको छ ।
नेपाल मात्रै होईन संसारभर यो रोगको महामारी शुरु भएको छ । यो रोग हिजो पनि थियो, आज पनि छ तर यसको निदानको लागि निश्चित औषधी अझै पत्ता लागिसकेको छैन ।
के हुन सक्छ, यो रोगको निदान । संसारमा प्रत्येक तीन सेकेन्डमा एक जना ज्येष्ठ नागरिकलाई यो रोगले आकर्मण गर्छ भन्ने तत्थ्यांक पनि सार्वजनिक भएको छ । तर यसको प्रभाब कुन चरणमा र कस्तो किसिमको भन्ने एकिन गरिएको भने छैन ।
संसारभर यस रोगको लगत संकलन कार्य पनि त्यत्तिकै कठिन मानिएको छ । नेपालको सन्दर्भमा पूर्व सचिवदेखि संवैधानिक निकायका प्रमुख भएका व्यक्तिसम्म अल्जाइमरको शिकार भएका छन् ।
कतिपय व्यक्तिहरु आफ्नो परिवारमा यस्तो रोग लागेको भन्दा असजिलो मान्ने भएकाले पनि यो रोग’bout खुलेर कुरा गर्दैनन् । त्यसैले पनि सहि तथ्यांक पाउन मुस्किल नै छ ।
चार अस्पतालमा उपचार
नेपालमा अल्जाइमर रोगको लागि सरकारी स्तरबाट एक लाख सम्मको औषधीउपचार खर्च व्यवस्था गरिएको छ । तर यो सुविधा देश भरका जम्मा चार वटा अस्पतालहरुबाट मात्र उपलब्ध हुन्छ– वीर अस्पताल, पाटन अस्पताल, महाराजगञ्ज शिक्षण अस्पताल र वीपी कोईराला धरान अस्पतालबाट मात्रै यो रोगको औषधी सुविधा निशुल्क पाउन सकिन्छ ।
यो रोगको छैन हुँदैन भन्नुको मतलब निको हुँदैन भन्ने नै हो । तर सहज मृत्युको लागि उचित हेरचाह, जतन सम्हार र औषधी उपचार अनिवार्य हुन्छ । त्यसको लागि नियमित उपचार गराउनु जरुरी छ ।
यो रोग लागेमा पुरुषहरुलाई भन्दा महिलाहरुलाई धेरै समस्या हुने गरेको परिवारका सदस्यहरु बताउँछन् । कम्तीमा सातवटै प्रदेशमा एउटा अस्पतालमा यस्तो उपचार सेवाको पहुँच पु¥याउनु जरुरी छ । सरकारले हेल्थपोष्टहरुमा निशुल्क वितरण गर्ने औषधीमा अल्जाईमरको पनि औषधी अनिवार्य रुपमा उपलब्ध गराउनु पर्छ।
के भन्छन् अभियन्ता ?
अल्जाइमर विस्मृति समाज नेपाल नामको संस्थाले यस विषयमा सचेतना फैलाउने काम गर्दै आएको छ । नेपाल सहभागिमुलक कार्यसमूह नेपान, हेल्पएज नेपाल, ज्येष्ठ नागरिक महासंघ जस्ता संस्थाहरुले ज्येष्ठ नागरिकहरुको हितमा आवाज उठाउँदै आएका छन् ।
नेपालमा चार सयको हाराहारीमा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्ने संघसंस्था रहेका छन् । ज्येष्ठ नागरिकसँग संबन्धित रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका अल्जाइमर विस्मृति समाज नेपालका प्रवक्ता दीपक अर्याल भन्छन्, उचित स्याँहार सुसार नगरेमा यो रोगका विरामीको त वेहाल हुन्छ नै साथै परिवारका सदस्यहरुसमेत तोवातोवा हुन्छन् ।
जनशक्ति अभाव
नेपालमा बुढ्यौली रोग हेर्ने विषेशज्ञ डाक्टरहरुको अभाव छ । स्याहार सुसार गर्ने नर्सहरु पनि कमै छन् । एक मात्र जेरियाट्रिक डाक्टर नेपालमा छन्, डा रमेश कंडेल पाटन अस्पतालमा विरामीहरु हेर्छन् ।
अबका दिनमा डाक्टरहरुको संख्या बढ्ने अपेक्षा गरिएको छ । सरकारले विशेष छात्रबृति दिएर यो क्षेत्रमा आबश्यक चिकित्साक्षेत्रको जनशक्ति बढाउनु पर्ने माग अभियन्ताहरुको छ ।
आफैलाई नपरी कोहि चेत्दैनन् । जसलाई पर्छ उसैले भोग्छ भन्ने नीति निर्माताहरुको स्वभावले गर्दा नै हो, विषयगत जनशक्ति र उपचार पद्धतिमा रहेको खडेरी । आर्थिक रुपमा सवल परिवारले चौविसै घण्टा नर्सहरुको व्यवस्था गर्ने गर्छन् तर आर्थिक रुपमा विपन्नहरुको पहुँच नै नभएकोले उनीहरुको जीवन भयानक पीडादायी रहेको छ ।
जोगिने उपाय
विर्सने रोगबाट जोगिने उपाय भने उमेर छर्दैं आफैंले गर्नुपर्ने रहेछ ! पाँच कर्मगरे यो रोगबाट बच्न सकिने बताउँछन् चिकित्सकहरु ।
पहिलो : आफ्नो मुटुको हेरचाह गर्नुहोस् । अर्थात, धुम्रपान, मद्यपान, मोटोपना, मधुमेह, उक्त रक्तचाप आदि नियन्त्रणमा राख्नु होस् । स्वस्थकर जीवन शैली अपनाउनुहोस् ।
दोश्रो : शारीरिक रुपमले क्रियाशील रहनु होस् । नियमीत व्यायाम गर्नुहोेस् । दिनमा कम्तिमा एक दुई घण्टा हिड्नुहोस् । हातगोडा चलाएर गर्ने काम गर्नुहोस् । दिनमा कम्तिमा एक घण्टा बारीमा वा गमलामा भए पनि माटोसँग खेल्नुहोस् ।
परिवारका सदस्यहरु बाबु आमा, दाजुभाई दिदी बहिनी, ईष्टमित्र छरछिमेक आफन्त नाता कुटुम्बहरुसँग नियमीत भेटघाट वार्तालाप गर्नुहोस् । हासो ठट्टा पनि गर्नुहोस् ।
तेश्रो : सधै सन्तुलित र सात्विक भोजन गर्नुहोस् । समय समयमा थोरै तर खाइरहने गर्नुहोस् । समय तालिकाको अभ्यास गर्नुहोस् । सागपात, फलफुल गेडागुडी र माछा खाने गर्नुहोस् । खानामा चिनी र नुनको मात्रा कम गर्नुहोस् ।
चौथो : मस्तिष्कलाई चुनौति दिने प्रयास गरौं । नयाँ भाषा सिक्ने, नयाँ शौखहरु पाल्ने, पजल, कोठेपद भर्ने, बागचाल, चेस, गणीतको अभ्यास गराउने जस्ता खेलखेल्ने र मस्तिष्कलाई चुनौति दिने खालका क्रियाकलाप गरिरहनु होस् । पदयात्रा गर्नु होस् । पार्क मठ मन्दिरहरुमा जानुहोस् । कतिपय ज्येष्ठ नागरिकहरुमा तास, पासा, लुडो जस्ता खेल खेल्ने बानिले पनि काम गर्ने बताइन्छ
पाँचौ : सामाजिक क्रियाकलापहरुमा क्रियाशील बनौं । सामाजिक क्रियाकलापहरुमा हुने नियमितता र संलग्नताले पनि विर्सने रोगको खतरा कम गराउछ । स्वस्थ मनस्थीति र खेलकुद, चाडबाड, जमघट, पिकनिक, समारोह आदिमा सरिक हुने बानीले पनि यो रोगको खतरा कम हुने अनुभव छ, पाकाहरुको ।
ज्येष्ठ नागरिक दिवस
ज्येष्ठ नागरिकहरू राष्ट्रका अमूल्य निधि हुन् । ज्ञान, सीप र अनुभवका अपार भण्डार हुन् । जिउँदा ईतिहास हुन् । जीवन्त पुस्तकालय हुन् । खुशी र समृद्धिका द्योतक हुन् । अतितका पौरख र राष्ट्रिय सम्पदा हुन् ।
ज्येष्ठ नागरिकहरु सबै वर्ग, धर्म, संस्कृति र समुदायका अलौकिक तीर्थस्थल हुन् । ज्येष्ठ नागरिक मानव सभ्यताका प्रमाण र पुञ्ज हुन् । यिनै कुराहरु’bout जागरण जनाउदै ज्येष्ठ नागरिकहरुको हक हित संरक्षण गर्ने संस्था लागि परेको बताइन्छ ।
यिनै विषयहरुमा जनवकालत गर्दै माया ममता, आदर सम्मान, सहभागिता, आर्थिक, सामाजिक र स्वास्थ्य सुरक्षा एवं मानव अधिकार लगायत घर परिवार, समाज र राज्यबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट ज्येष्ठ नागरिकहरूलाई सहज रुपमा प्राप्त गर्न सक्ने वातावरण बनाउँन सकिन्छ भन्ने प्रचार प्रसार हुन थालेको छ ।
ज्येष्ठ नागरिकहरुको हितमा संसारभर अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउँदै आईरहेको यो बर्ष असोज १५ गते अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइन्छ ।
यस बर्षको ज्येष्ठ नागरिक दिवसको अन्तर्राष्ट्रिय नारा “ज्येष्ठ नागरिकहरुको अधिकारकालागि लागिरहेका अभियन्ताहरुको अभिनन्दन गरौ, सम्मान गरौं ” भन्ने रहेको छ ।
संविधानको मौलीकहक
नेपालको संविधानमा धारा ४१मा मौलिक हकको व्यवस्था भए अनुसार ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानित, मर्यादित एवं दुव्र्यवहारवाट मुक्त बनाउन विभिन्न भाषामा जनचेतनामूलक सन्देशहरू प्रवाह गर्ने र ज्येष्ठ नागरिकहरुको हितको सवालमा काम गर्ने व्यक्ति एवं संघसंस्थाहरुलाई प्रोत्साहन गर्दै ज्येष्ठ नागरिकहरुको हितमा सबै तहका सरकार राज्यका संरचनाहरु र जनस्तरमा नै यो विषयलाई पहिलो प्राथमिकतामा राखि काम गर्ने संस्कार र संस्कृतिको विकास गर्न विद्यालय स्तरको पाठ्यक्रमहरुमा ज्येष्ठ नागरिकहरुका ’boutमा शैक्षिक सामग्रीहरु तयार गर्नु जरुरी छ ।
साठी बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सके ज्येष्ठ नागरिकहरुको बुढ्यौली जीवन सुरक्षीत र सुखमयी हुन्छ भन्ने अभियन्ताहरुको आबाज रहेको छ ।
राष्ट्रसंघको आवाज
संयुक्तराष्ट्र संघको ७३औं महासभामा सहभागी हुन प्रधानमन्त्री के.पी. ओली शनिवार नै न्युयोर्क प्रस्थान गरेका छन् । उनले यहि हप्ता महासभालाई संवोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले संसारका ज्येष्ठ नागरिकहरुको हितमा आवाज बुलन्द गर्नेछन् भन्ने विश्वास ज्येष्ठ नागरिक हितमा कामगर्ने अभियन्ताहरुले गरेका छन् ।
राष्ट्र संघबाट ज्येष्ठ नागरिक हित संबन्धी महासन्धी नै पारित गर्न नेपालको पहल भएमा संसारभर जेष्ठ नागरिकहरुको हित सुरक्षीत गर्ने राष्ट्र नेपाल भन्ने सन्देश जान सक्ने थियो । राष्ट्रसंघमा ज्येष्ठ नागरिकहरुको हितमा आवाल बुलन्द गर्न परराष्ट्र मन्त्रालय, संयुक्त राष्ट्रसंघको नियोग न्युयोर्क र प्रधानमन्त्रीको टीममा सहभागीहरुलाई समेत अभियन्ताहरुले विशेष अनुरोध छ ।

