विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको उपत्यका व्युरो इञ्चार्ज पक्राउ परेका छन् । गएराति नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले नवीन विकलाई ललितपुरबाट पक्राउ गरेको हो ।
प्रहरीले यसअघि उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो ।