दशैको सट्टा सिकाली जात्रा

काठमाडौंबाट करिब आठ किलोमिटर टाढा रहेको ललितपुरस्थित खोकनाका स्थानीय बासिन्दा दसैँको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। देश र विदेशमा रहेकाहरु दसैँ मनाइ रहँदा खोकनाका बासिन्दा भने प्रत्येक वर्ष सिकाली जात्राको रौनकमा रमाउंछन् । करिब दुई सय वर्षको परम्परा हो, सिकाली जात्रा ।

घटस्थापनापछिको तृतीयामा सिकाली मन्दिरमा विशेष पूजापछि जात्रा सुरु हुन्छ । पञ्चमीको दिन मूल जात्रा हुन्छ । त्यस दिन ठूलो खोकनाबाट खटमा राखेर रुद्रायणीको मूर्ति ल्याइन्छ र सिकाली मन्दिरमा प्रतिस्थापन गरिन्छ । यो दिन स्थानीयवासीले खाना खाँदैनन् । रुद्रायणीको मूर्तिलाई मन्दिरमा पु(याउनुअघि घरैपिच्छे पूजा गरिन्छ । षष्ठीको दिन सिकाली मन्दिर परिसरमा जात्रा हुन्छ । त्यसक्रममा १४ जनाले मुकुट लगाएर देवताको भेष प्रदर्शन गर्छन् । त्यसपछि रुद्रायणीको मूर्तिलाई टोलटोलमा घुमाइन्छ ।

सप्तमीको दिन रुद्रायणीको मूर्ति खोकनाको क्वालेछमा लगिन्छ । त्यहाँ पनि दिनभर जात्रा र नाच देखाइन्छ । अष्टमीको दिन रुद्रायणीको मूर्ति ठूलो खोकना पु(याएर पुनस्र्थापना गरिन्छ र देवी नाच प्रदर्शन गरिन्छ । घरघरमा पूजा गर्दै नवमीमा जात्रा समापन हुन्छ । अन्य हिन्दू धर्मावलम्बी दशैंको टीका र जमरामा रमाउँदै गर्दा खोकनावासी भने सिकाली जात्रामा रमाएर आफन्त तथा साथीभाइहरुसगँ रमाइरहेका हुन्छन् ।
 तस्विर : सुनिल शर्मा