नेपाल संवत् ११४०

नेपाल संवत् ११४० देशभर विविध कार्यक्रम गरी मनाइयो । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७  मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराउनुभएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । नेपाल संवत नयाँ बर्षको अवसरमा काठमाण्डौको हनुमानढोकामा बिशेष झाँकीका साथ कार्यक्रम आयोजना गरिएको थियो।
तस्विर : सुनिल शर्मा