छठपर्व

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । छठपर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । तराईका विभिन्न स्थानमा ,तराईमा स्थायी घर भई काठमाडौँमा बसोबास गर्दै आएका मानिसहरु गुह्येश्वरी, कमलपोखरीमा छठ पर्व मनाएका छन् ।

यसै क्रममा चितवनको नारायणघाट नारायणी नदी किनार पनि छठ पर्वका कारण उल्लासमय बनेको थियो । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अघ्र्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि छठपर्व समापन हुन्छ । 
तस्विर : सुनिल शर्मा