हलिमलि – पारम्परिक मौलिक कला
काठमाडौं उपत्यकाका नेवार समुदायको कलासंस्कृतिको आफनै पहिचान छ । कार्तिक शुक्ल पूर्णिमाको दिन उपत्यकाका तीनै सहर काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवार समुदायले नेपालको मौलिक कला दिनको रुपमा नेवारी भाषामा हलिमलि प्रदर्शन गरि विशेष रूपमा सकिमिला पुन्हि मनाउने गर्छन्। उक्त दिन भक्तपुरको तौमढी वरिपरि, दत्रातय मन्दिर तथा टोलटोलका विभिन्न मन्दिर अगाडि भुटेको अन्न, गेडागुडी आदि राखी विभिन्न आकृति बनाई पूजा गरियो । यसरी गेडागुडीबाट बनाइने आकृतिलाई हलिमलि भनिन्छ।
यसै गरि काठमाडौंको असन अन्नपूर्ण मन्दिर अगाडि, जनबहाल, इटुम्बहाल,यटखाबहाल तथा तीनै शहरका विभिन्न टोलटोलमा हलिमलि बनाई सकिमिला पुन्हि मनाइयो । यो दिन विशेष गरेर सकि (पिडाँलु) र चाकुहि (सकरखण्ड) उसिनेर खाने गरिन्छ।
नेवार समुदायमा ऋतु अनुसार आफ्नो स्वास्थ्यको लागि लाभ हुने विभिन्न खाना इष्टदेवतालाई चढाएर खाने चलन छ। पिँडालु व सकरखण्डले जाडोको मौसममा शरीरलाई आवश्यक ताप र तागत दिने जनविश्वास छ। हलिमलि प्रदर्शन स्थलमा भजनकीर्तनले वातावरण नै आनन्ददायी बनाउँछ। पूजा सकेपछि हलिमलिमा सजाइएको गेडागुडी सबैलाई बाँडिन्छ।
![](https://sadrishya.com/wp-content/uploads/2019/11/12-copy-1024x630.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/11-copy-1024x667.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/10-copy-1024x682.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/9-copy-1024x593.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/7-copy-729x1024.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/6-copy-1024x745.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/5-copy-924x1024.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/4-copy-1024x543.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/3-copy-768x1024.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/2-copy-1024x604.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/11/1-copy-1024x682.jpg)