ठेकेदारको बधाई, ओलीको बक्सिस र धुर्मुसको ठेला पसल

साग सक्किएको हप्ता पछि मात्रै त्यत्रो रङ्गशाला बनाउने ति महान निर्माण कर्ता को रैछन थाहा भयो, दैनिक पत्रिकामा एक चौथाई ओघट्ने बधाई आउँदा। ठेकेदार पनि देखिए, उनको निर्माण कम्पनीको नाम पनि थाहा भयो र तिनले बधाई चाहिँ कसलाई दिए थाहा भयो। कति अर्व खर्च भयो, के के मा भयो अझै थाहा छैन। तीन पटक क्याबिनेट लगेर निर्णय गराएको चाहिँ थाहा छ, त्यो बन्दूक खरीदको निर्णय थियो कि, दौरा सिलाउने निर्णय थियो कि रङ्गशालाको छानो हाल्ने अझै थाहा छैन ।


हाम्रो देश विकासको मोडलवारे पञ्चायती शासनको अन्तीम तिरको एउटा व्यङ्ग छः माघको जाडोमा राजाको डोल्पा सवारी हुँदा रातो कार्पेट माथि बडेमानको काउली फलेको देखियो । त्यो व्यङ्ग मैले अलि पछि बुझेँ। हाम्रा विकासका मोडल’bout त अनगिन्ती लेख, सोध र बहस रहेछन । राजाको सवारीका बेला बिन्तिपत्र हालेर योजना पार्ने त मैले आफ्नै आँखाले देखेँ, २०४४ सालको राजाको पूर्वाञ्चल सवारीका बेला । कतै स्कूल, कतै कूलो, कतै झोलुङ्गेपूलका लागि राम्रा अक्षरमा ूमौसूफको जो निगाह सिद्धिनेगरी लेखिएका एक पेज लामो बिन्तिपत्र ।


पञ्चायत ढल्यो, बहूदल आयो। विकासको अवधारणामा केही बदलाव आयो। गाउँसभा बसे, चर्का चर्की बहस भए, सत्तारूढ दलकाले डाडू आफ्नो तिर कोल्ट्याए होला तर एउटा प्रणालीबाट विकासको शुरुवात भयो। एमालेको अल्पमतको सरकार आयो, उल्लेख्य रकम गाउँ गयो, गाउँलेले त्यो पैसाको व्यवस्थापन गरे ।


जनताले विस्तारै निगाह बक्स हुनेू मोडल बिर्सिएर बलियो नेताले आफ्नो क्षेत्रमा विकास लैजाने मोडललाई मज्जाले पचाए। चन्द्ले बैतडी र थापाले धनकुटा गाडी लगे, त्यो विकास कहलायो। त्यसपछि आए कोइरालाका विराटनगर, महतका नुवाकोट, खड्काका दाङ्ग, गछदार र अधिकारीका सुन्सरी र खनालका इलाम सम्मका उदाहरण।


व्यक्ति प्रधान हुने विकासको मोडलका उप(उत्पादनले नेपालमा द्वन्द्वलाई मलजल गर्यो भलै यसको धेरै जंगेलिएका जरा छन। विकास तान्न सक्ने नेताका जीवनशैली सामन्ती र विकासशैली हुकुमवादी भन्दा जनताले पत्याईदिने खाले थिए होलान र त तिनका विरुद्ध जनता उचालिए विद्रोह गर्न, विद्रोहमार्फत त्यस्तो प्रणाली नै खारेज गर्न। ति विकासे नीति विभेदकारी थिए होलान र त समतामूलक समाजको निर्माण गर्ने, समाजको अग्रगामी पुनर्संरचना गर्ने बहस चल्यो, शासन ढल्यो र अहिले हामीले देखेको शासन आयो ।

तर हाम्रो कार्यशैली परिवर्तन भएको छ त ? विपक्षी मात्रै होइन सत्तासिन दलका कार्यकर्तासम्मले त्यो महसूस गर्न पाएका छैनन । त्यसै भन्छन उनीहरू। ूल त्यहाँ पूल बनाउन म पैसा निकाशा गरिदिन्छु, कति पैसो लाग्छ त्यो बाटो बनाउनु, ल उसलाई हेलिकप्टर पठाएर उद्दार गर्नू, उसलाई उपचार खर्च बापत यति रकम दिनूू जस्ता भाशःआ अझै हाम्रा देश विकासका आधारको रुपमा कायम छन। अर्थात ूजो हुकुम(जो(निगाहू शब्द फेरिए, शार उही छ।


तात्तातो विषय १३औँ साग खेलकूदकै छ। रातारात रङ्गशाला बने, दूबो रोपियो, पानी तताइयो, सडक टालियो, तक्मा बनाइयो, दौरा सिलाइयो, पटका किनियो र पड्काइयो, होटलमा खेलाडी राखियो, विदेशी खेलाडी र अधिकारीहरूलाई ससम्मन विदाइ गरियो। नेपालले चाहे रातारात गर्न सक्दो रैछ भन्ने उदाहरण देखाइयो।


त्यसका भोलिपल्ट हुकुम आयो, ूति तक्माधारी सबैलाई मकहाँ ल्याउनूू, ४५ मिनेटको लघु(पूराण सुनाईयो र सर्प्राइज दिइयो, ११ लाख, ९ लाख, छ लाख र तीन लाख पाउंछौ, लौ जाऊ । केही असन्तुष्टी थिए होला, खेलाडी कानेखुशी गर्नै निस्किए । कसैले जनही बुझे, कसैले तक्मै पिच्छे बुझे । हामीले लामो सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र चुनाव मार्फत झण्डै दुईतिहाइ दिएर हुकुम दिने व्यक्तिलाई त्यस्तो हुकुम दिन सक्ने बनाउन रैछ, कुनै प्रणाली बनाउन, गॄहकार्य सहितको सुसूचित निर्णय गर्न होइन रैछ, त्यही बुझियो । एका दुई दैनिक पत्रिकाले हुलाक टिके फोटो राखेर खेलाडीलाई बधाई दिए, सरकारले झरिमा भएपनि पिकअप यात्रा गरायो । साग औपचारिक रुपमा सकियो।

तर साग सक्किएको हप्ता पछि मात्रै त्यत्रो रङ्गशाला बनाउने ति महान निर्माण कर्ता को रैछन थाहा भयो, दैनिक पत्रिकामा एक चौथाई ओघट्ने बधाई आउँदा। ठेकेदार पनि देखिए, उनको निर्माण कम्पनीको नाम पनि थाहा भयो र तिनले बधाई चाहिँ कसलाई दिए थाहा भयो। कति अर्व खर्च भयो, के के मा भयो अझै थाहा छैन। तीन पटक क्याबिनेट लगेर निर्णय गराएको चाहिँ थाहा छ, त्यो बन्दूक खरीदको निर्णय थियो कि, दौरा सिलाउने निर्णय थियो कि रङ्गशालाको छानो हाल्ने अझै थाहा छैन । जे होस, त्यो बधाईले धेरै चिज बोल्छ, दुई जनाले कम्ति मिहेनत गरेका रहेनछन सागमा स्वर्ण जित्न।

उता एक जनप्रीय नौटङ्कीबाजको जोडीले रङ्गशाला बनाउँदैछ, छेऊमा बदाम र सुन्तलाको ठेला राखेर। रामपुरस्थित कृषि र वन विज्ञान विश्वविद्यालयको २० विघा क्षेत्रफल हडपेर सुरू गरिएको रंगशाला निर्माणमा तीन अर्ब खर्च लाग्ने रे, भरतपुर महानगरले २९ वडाबाट पाँच लाखका दरले बजेट विनियोजन गरेर एक करोड ४५ लाख र महानगरबाट पाँच करोड गरी छ करोड ४५ लाख बजेट सरकारी परेछ अरू दाताको। त्यो बदामले कति उठाउँछ, कति अपुग हुन्छ थाहा छैन। त्यो सरकारी हो कि निजी हो पनि थाहा छैन। ूलागेरहो मुन्नाभाईू भन्ने कोही ठूलै मान्छे भएर त होला, ति अभियन्ताले लत्तो छोडेका छैनन। कुनै दिन प्रचण्ड प्रधानमन्त्री भैहाले भने अर्को सर्प्राइज त्यही रङ्गशाला हुने छ। कति अर्व पाउँछ चाहिं पाछि नै थाहा होला ।


जे होस डाँडा जतिमा केबलकार, टार जतिमा रङ्गशाला, थुम्को जतिमा शिवमन्दिर, सहरका सिरान जतिमा भ्यू टावर र सीम खेत जतिमा डोजरे सडक बनेका छन। हुकुम त्यस्तै छ। हुकुमले देश बन्दै छ। जय हुकुमबाद।