लकडाउनको चौथो दिन (फोटो फिचर )


कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर लकडाउन जारी गरिएको चौथो दिनपनि राजधानी काठमाडौंलगायत देशका प्रमुख शहरहरु सुनसान देखिएका छन् ।

राजधानीको पर्यटकीय स्थल ठमेल पनि सुनसान नै थियो । देशको विभिन्न भागमा रोकिएका जर्मन तथा फ्रान्सका नागरिकहरुलाई कतार एरवेजले उद्घार गरेपनि सबै फिर्ता जान नसक्दा होटल फर्किरहेको देखिन्थ्यो । उनीहरु सम्भवत भोलि जान सक्छन ।

त्यसैगरि ठमेलमा रहेका पर्यटकहरुको लागि सबै रेष्टुरेण्ट बन्द हुदा एक रेष्टुरेण्टले आधा सटर खोलेर अर्डर पश्चात बाहिरबाट नै लैजाने व्याबस्थापन गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट संसारनै अक्रान्त हुदां नेपालको स्वास्थकर्मीहरुको लागि पीपीई को अभाव र्सिजना भएलगतै महावीर पुनको रास्ट्रिय अविष्कारकेन्द्रले लकडाउनको समयमा पीपीई सुटको उत्पादनको पहलकदमी गरेको छ ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको छ ।