छैटौं दिनको लकडाउनमा यस्तो देखियो ( फोटो फिचर )

कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर लकडाउन जारी गरिएको छैटौं दिनपनि राजधानी काठमाडौंलगायत देशका प्रमुख शहरहरु सुनसान देखिएका छन् ।

साथै आज बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको छ । 

सरकारले कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै लकडाउन लम्ब्याउने निर्णय लिएको हो । देशमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।