कोरोना को असर … शून्य रह्यो जात्रै जात्राको महिना
सगरमाथाको देश भनेर चिनिने नेपाल सांस्कृतिक जात्रा जात्रैको देश भनेर पनि चिनिन्छ । नेपालीहरु समयअनुकुल आफनो मौलिक जात्रा मनाउने गर्दछन् । नेपाली पात्रो अनुसार चैत्र र बैशाख जात्रा जात्रैको महिना मानिन्छ । तर यो बर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर जारी गरिएको लकडाउनका कारण उपत्यकामा मनाइने जात्राहरुको माहौल शून्य रह्यो ।
सेतो मछिन्द्रनाथरथयात्रा, बालाजूबाइसधाराको मेला, गहनापोखरीको जात्रा,साँखुको बज्रयोगिनीको जात्रा, भक्तपूरको विस्केट जात्रा, ठिमीको सिन्दूर जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रा लगभग सबै स्थगित भए । देशमा हालसम्म १६ जनामा कोरोनाको संक्रमण देखिइसकेको कारण आज बसेको मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन बढाउने निर्णय पनि गरेको छ । अघिल्लाबर्षहरुमा जात्रामा मानिसहरुको उल्लेख्य सहभागिता तथा यो बर्ष शून्य माहौललाई तस्विर संयोजनका साथ प्रस्तुत गरिएको छ ।









