फूलको सुन्दरता भित्र लुकेको पीडा
काठमाडौंको पश्चिममा हल्चोक डाँडाले पूरै राजधानीलाई छेकेको छ । पश्चिमतर्फ र्हेयो भने रामकोट डाँडा हल्चोक डाँडा र नागार्जुन जंगलले घेरेर राखेको एउटा सुन्दर फूलैफूलको सानो इचंगुु उपत्यका, वर्षका १२ वटै महिना विभिन्न रंगीविरंगी फूलहरूले सुगन्धित रहन्छ ।
जन्मदेखि मृत्युसम्म विवाहदेखि न्वारनसम्म हर समय सुख दुःख दुवै कामका लागि नभई नहुने फूल विजयदेखि पराजयसम्म पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । विश्वमै मन्दिरै मन्दिरको शहरका रूपमा परिचित काठमाडौंलाई दैनिक फूलको आवश्यकता पर्ने गर्छ । तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण इचंगुुको बारीहरुमा ढकमक्क सुन्दर फूलहरु देखिन्छन तर सुकेर आफैं झर्ने अवस्था छन् ।
डाँडा वरिपरि नै विभिन्न प्रजातिका फूल ढकमक्क फुलेका छन् भने केहि फुलहरु मगमग मगमगाइरहेका छन् तर त्यही बिचमा बसेर किसानहरु फूलका डालीहरु जलाईरहेको दृश्य निकै र्ममाहत देखिन्थ्यो । लकडाउन नभएको भए आधा भन्दा धेरै बिक्री भइसकेको फूलहरु अहिले बारीमा न थुप्रिएकाका कारण किसानहरु चिन्तित छन् । मौसमी फूलहरु सुक्न थालिसके । बिक्री ठप्पै भएको छ । दैनिक हुने कारोबार ठप्प भएको छ ।
लकडाउनले त्यस क्षेत्रका कम्तिमा ५०० रोपनी जग्गामा लगाइएको फूल खेतीले बजार नपाउँदा किसानहरुले अहिले निकै घाटा व्यहोर्नु परेको छ । कोही किसानहरु मौसमी फूलहरु खेर गएका कारण जलाउने तथा जनावरको आहारा बनाई नयाँ फूल रोप्ने तरखरमा लागि सकेका पनि छन् । लकडाउनका बेला भए पनि ढकमक्क फुलेका मौसमी फूलहरु फुलेका कारण यो क्षेत्र ’roundका मानिसहरु भ्रमणको क्रममा तस्वीर खिच्न भने छुटाउंदैनन् ।
देशनै लकडाउनका कारण अस्तव्यस्त भएको समय अहिले इचंगुु उपत्यका फूलैफूलको सुन्दरतामा पनि आफनो पीडा लुकाई मुस्कुराई रहेको छ ।











