सुन्दर, शान्त सफा काठमाडौं शहर ( फोटो फिचर )

कोरोनाभाइरसको जोखिमका कारण जारी गरिएको लकडाउनका कारण मानिसहरूको चहलपहल कम र कोरोना कहरका कारण मानिसहरू घरमै थुनिन बाध्य भए पनि प्रकृतिले भने आफ्नो काम छोडेको छैन ।

वसन्त ऋतुको शुरूवात सँगै काठमाडौंको सडक वरिपरि फुलेका शिरिष फूलहरुले शहर नै मनमोहक बनाएको छ ।

शहरमा प्रदुषण कम भएका कारण आकाश खुलेका छन्, सडकहरू पोतिएका छन् र शहरभरिनै जकारान्डा लगायत अन्य फूलहरू फुलेका कारण सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका छन्।

आखिर प्रकृतिको कहरकै कारण ठप्प काठमाडौं शहर , प्राकृतिक सुन्दरताका कारण शान्त, सफा तथा सुन्दर देखिएको छ ।