लकडाउनको सुन्यतामा ईदको रौनकता

देशै भरि इद उल फित्र (ईद) को रौनक छ , रमदान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी ईद मनाउने गरिन्छ । ईदमा मुस्लिम समुदायहरु मस्जिदमा भेला भएर सामूहिक रुपमा अल्लाह का नाममा विशेष नमाज (प्रार्थना) गर्ने गर्दछन् ।

इदमा विशेष प्रार्थना गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । एक आपसमा अंगालो मारेर इदको शुभकामना आदान प्रदान पनि गर्ने गर्दछन् ।

तर यस वर्ष भने कोरोना भाइरस रोकथामका लागि जारी रहेको लकडाउनका कारण राजधानी लगायत देशै भरिका मस्जिदहरु सुनसान रहे । मस्जिदमा नै रहेका मौलानाहरुले मात्र प्रार्थना गरे । मस्जिदमा सामूहिक रूपमा प्रार्थना नगर्न मुस्लिम आयोगले आग्रह गरेका कारण घरमै परिवारका सदस्यहरुसंग प्रार्थना गरेर इद–उल–फित्र पर्व लाई उल्लासमय बनाई मनाएका छन् ।