मनसुनको स्वागत गर्दै खेतमा रोपाई – हेर्नुस तस्विरमा


बर्षातको आरम्भसंगै खेतमा रोपाईको चहल पहल शुरु भएको छ । रोपाईको कामलाई न कोरानाले न त लकडाउनले असर पारेको छ, उल्टो फाइदा गरेको छ कारण लकडाउनका कारण सबै मानिसहरु आ -आफनो घरमा रहेको हुनाले रोपाइको लागि कृषकहरुले कुनै कामदारको कमी नै महशुस गरेनन् । काठमाडौंको सुन्ताखान गोकर्णेश्वरस्थित एक खेतमा विना मास्क विना सामाजिक दुरी एक आपसमा घुलमिल भइ असारे गीत गाउँदै सबैजना धान रोप्नमा मस्त देखिन्छन् । देशमा लकडाउन खुकुलो हुंदै जाँदा र असार महिनाको आगमनसँगै देश भरिनै धान रोपाँईको रमाइलो माहौल शुरु भएको छ । 
सुनिल शर्मा