रोपाइँ महोत्सव ( फोटो फिचर )

असार १५, अर्थात राष्ट्रिय धान दिवस मानो खाएर मुरी उब्जाउन किसानहरू खेतमा हुन्छन् । यसै दिन दही चिउरा खाएर रोपाइँ महोत्सव पनि मनाउने गरिन्छ ।

यसै अवसरमा काठमाडौंको टोखा नगरपालिका- २ को उइरल फाँटका खेतमा रोपाइँसँगै किसानहरुले हिलो खेलेरे रोपाइँ महोत्सव मनाएका छन् ।

रोपाइँका लागि ठीक्क पारिएका खेतमा किसानहरुले एकअर्कालाई हिलो छ्यापाछ्याप गरि, दौड गर्दै खेतमा धान रोपेर रमाइलो गरे ।

कोरोना महामारीका कारण २५ जनाभन्दा बढी मानिस भेला हुनु नपाउने व्यवस्था भएको कारण सानै समूहमा आफू तथा आफन्त भेला भएर रोपाइँ गरेर देशै भरि राष्ट्रिय धान दिवस मनाइयो ।