देश दोबाटोमा, ओली कुबाटोमा, प्रचण्ड चोरबाटोमा

यो नेकपा भन्ने चिज आफैँ दोबाटोमा उभिएको छ। यसका मूख्य नेता संसारभरमा सबै भन्दा बढि द्विविधाग्रस्त प्राणी हुन। यसका नेताले जहिले पनि द्वैध चरीत्र देखाएका छन् । विहानभर कार्यकर्तालाई उत्तरकोरीयन लाइनमा प्रशिक्षण दिईरहे, बेलुका अमेरिकीसँग ‘लिबरल इकोनोमी’को तालिम लिईरहे । चिनियाँलाई ‘हामी कम्युनिष्ट’ भनेर ढाँटे, भारतीयलाई ‘हामी तिम्रै चेला’ भनेर ढाँटे, अमेरिकीलाई ‘हामी बहुदल र खुला अर्थनीति मान्ने ‘लिबरल’ दल हौँ, नाम मात्रै कम्युनिष्ट हो कार्यकर्तालाई सम्झाएर विस्तारै नामसम्म फेर्न सक्छौं’ भनेर ढाँटे, जनतालाई ‘हामी समाजबादी’ भनेर ढाँटे, माडवारीलाई ‘हामी बिचौलिया पूँजीवादी’ भनेर ढाँटे, सेना र राजावादीलाई हामी ‘गोर्खाली राष्ट्रवादी’ भनेर ढाँटे । अहिले यो द्विविधाग्रस्त नेतृत्ववर्गका हातमा मुलुक छ ।
कुरा थालौँ देश दोबाटोमा छ कि छैन भन्ने प्रश्नबाट । कसैले “छ” भन्यो भने यो वैश्यराजका शासक त्यही दोबाटोमा पसल थाप्ने सोच बनाउलान भन्ने डर। सबै अन्यौल चिरेर, अस्थिरताको युग सकेर, बिदेश सम्बन्ध सही ठाउँमा ल्याएर ओलीलाई अर्को पृथ्वीनारायण बनाएको मान्ने ठूलै जमात अझै जिउँदै छ, त्यसले त ठाडै खान्छ। तर भन्न डराएर भएन। ओलीराजमा यो देश सन १८१४-१६को नेपाल-ब्रिटेन युद्ध पछि पहिलो पटक यति ठूलो सङ्कटमा फस्दैछ।
दोबाटो भनेको के हो भन्ने प्रश्न पनि उठ्न सक्छ किनकि परार सालको चुनावी विजयलाई कम्युनिष्टहरूको ठूलो विजय भनेर चोकमा उफ्रनेहरू अझै जीवित छन भलै सरकारका कर्ममा कम्युनिष्टको “क” समेत नदेखिएको होस। कम्युनिष्टको विजय भए पछि देश कसरी दोबाटोमा हुन्छ? प्रश्न स्वाभाविक पनि छ। दोबाटो भनेको त यस्तो बिन्दु हो जहाँबाट यता जान पनि सकिन्छ उता जान पनि। हामीमा अहिले यता जानेकि उता भन्ने द्विविधा छ कि छैन भन्ने द्विविधा नै सबै भन्दा ठूलो द्विविधा हो। “यता” कि “उता” भन्ने मात्रै होइन “यता” भनेको कता हो र “उता” भनेको कता हो भन्ने द्विविधा त झन ठूलो छ। त्यसैले म यही द्विविधाबीचमा उभिएको छु, दोबाटोमा उभिएको छु, मेरा शासक जस्तै।
यस्तो द्विविधा नेपालको इतिहासमा कहिलेकाहीँ आएको छ। नेपालको वास्तुकै कारणले यस्तो अवस्था आएको हो। वास्तु भनेको “भू-राजनीति” बुझ्नुस; तपाइँको घरको उपस्थिति, मोहडा आदिले तपाइँको दिमागमा पैदा हुने मानसिक अवस्था हो भनेर बुझ्नुस। हो, यही भू-राजनीति भन्ने चिज पृथ्वीनारायण शाहको पाला देखि बीसौँ शताब्दीको शुरुको दशकमा जस्तो थियो अहिले त्यत्तिकै पेचिलो भएर आएको छ।
त्यतिबेला उत्तरबाट रुसी साम्राज्य र दक्षिणबाट बेलायती साम्राज्यको चेपुवामा पर्ने सम्भावना जस्तो थियो अहिले अवस्था त्यस्तै छ। अमेरिकाले आफैँ ग्लोबल लिडरको हैसियत त गुमाएको छ तर खतरनाक गूटको जन्म गराएर र चीनलाई अवको शत्रु हो भन्ने किटान गराएर, भारत देखि जापान, कोरिया र अस्ट्रेलिया सम्मलाई चीन बिरुद्ध मोर्चाबन्दीमा सामेल गराएर अवको चरणको राजनीति गर्दैछ।
नेपाल भने यस्तो बेला बिलखबन्दमा छ; कुन “यता” हो कुन “उता” हो छुट्याउन नसकेर, को हो शत्रु, को हो मित्र छुट्याउन नसकेर र दुवैलाई सन्तुलनमा राख्न सम्भव छ कि छैन र सकिन्छ भने कसरी भन्ने उपाय नफुरेर।
देशको वास्तविकता र नेताले लैजान खोजेको गन्तव्यबीच सामञ्जस्यता नमिल्दा ‘सिस्टम कोल्याप्स’ हुने हो। बहुलता भएको राष्ट्रमा कहीँ कहीँ एकल विचारधाराले काम गरेको छ; यूगोस्लाभिया र रुस यसका उदाहरण हुन। तर तिनको एकिकरण उल्टो थिए, जातीय राज्यका कम्युनिष्ट पार्टीले “सोभिएत यूनियन”मा एक भएर यूनियन अफ सोभिएत सोसलिस्ट रिपब्लिक बन्यो। यूगोस्लाभियामा पनि जोसेफ ब्रज टिटोको नेतृत्वमा झण्डै त्यस्तै प्रकॄतिले कम्युनिष्ट गणराज्य बन्यो। माओवादीले त्यो अभ्यास गर्न खोज्यो, असफल भयो। उसका जातीय राज्य ‘फङ्शनल’ भएका भए अहिले कम्युनिष्ट गणराज्य नेपाल भैसक्थ्यो।
अहिले “उता” कि “यता” भन्ने प्रश्न यही यथार्थतामा अडेको छ। बहुसङ्ख्यक जनता कम्युनिष्ट हुन कि कम्युनिष्टको लोकतान्त्रिकरणका पक्षपाती? यो प्रश्नको उत्तर नखोजी “यता” कि “उता”को उत्तर आउँदैन। यसैले दिन्छ “यता” भनेको के हो, “उता” भनेको के हो। उदार लोकतान्त्रिक बाटोलाई “यता” मान्ने हो कि एकदलीय कम्युनिष्ट बाटोलाई? यसको उत्तर पनि त्यही प्रश्न भित्रै रुमल्लिएको छ। त्यसैले मेरो तर्कसङ्ग गम्भीर असहमति राख्नेहरूको सम्मान गर्दै भन्दैछु, मैले देशलाई नै दोबाटोमा देखेको छु। अहिले एमसीसी, बिआरआई आदि विषयमा भएका हाम्रा अन्योल सबै यही दोबाटोमा उभिएको मान्छेका दिमागका उपज हुन। तिनका अक्षरमा के छ, कुन बुँदामा के छ भन्ने वाइह्यात तर्कमा मेरो कुनै रुची छैन। मैले वाइह्यात मानिसकेपछि तिनका अन्तरबस्तुमा एक शब्द खर्चेको छैन, सामाजिक सञ्जालमा समेत।
प्रचण्डको त झन चोरबाटो प्रष्टै देखिएको छ। पूर्व एमाले वृत्तलाई फुटाएर-भिडाएर वहाँले जे लाभ लिन खोज्नु भयो त्यो काम एकवर्ष नगर्नु भएको भए अहिले माहोल नै अर्कै बन्थ्यो। पालैपालो प्रधानमन्त्रि बन्ने कुरा खुलेर भन्नु भएन, पार्टी सञ्चालनको कार्यकारी अधिकार प्रयोग गर्नु भएन, पार्टीको महाधिवेशन छिट्टै गर्नुको सट्टा भागबण्डामा जोड गर्नु भयो, पूर्व माओवादी गूटभित्रै कसैलाई काखा र कसैलाई पाखा गर्दै हुन्छ भन्ने सन्देश दिनु भयो । अहिले ओलीलाई हटाउने बैधानिक फोरम दल भित्र छैन। पार्टी मिसिँदा टिकाथापेर केन्द्रीय नेता हुनेको जमात ठूलो भएकैले ओलीले त्यसलाई ठाडै मन्यता दिन अस्विकार गर्नु भएको हो। निर्वाचित सांसदहरूको फोरम नै ओलीलाई नियन्त्रण गर्ने एकमात्रै वैधानिक थलो हो, तर प्रचण्डले त्यसलाई कहिल्यै प्रयोग गर्नु भएन र सचिवालय, स्थायी समिति तिर मात्रै दौडिनु भयो। ति फोरम ओलीलाई दवाव हाल्ने फोरम त हुन तर ओलीलाई पार्टी निर्णय मान्न बाध्य बनाउने बैधानिक थलो होइनन। प्रचण्ड अझै संसदीय दलमा यो विषय लैजान तयार हुनुहुन्न। चोरबाटोहरूमा कसरी अबरोध खडा गर्ने ओलीलाई सबै थाहा छ।
एउटा म जस्तो ‘लेमेन’को बुझाईमा एमसीसी भनेको कसरी जवान लोकतन्त्रलाई आर्थिक प्रगतिले भरथेग गरेर कम्युनिष्ट र फासिवादी दुबै लाइनमा जान बाट रोक्न सकिन्छ भनेर आएको विचारधारा मिसिएको परियोजना हो, बीआरआई भनेको त्यसैगरी सडक मार्फत व्यापार र प्रभुत्व दुवै बढाएर चीन बिरुद्ध हुने घेरावन्दी रोक्न आएको परियोजना हो। अमेरिका भक्त र चीन भक्तहरूका अरू भक्तिगाथा पण्डित दिनबन्धु पोखरेलको भागवत बाचनका बीच-बीचमा बझ्ने “घिन्ताङ्ग”मात्रै हुन।
अव दोबाटोमा उभिएको देश जता जान पनि सक्छ। केले कता तान्छ हेर्न नेकपा भित्रको खिचातानीको नतिजा कुर्नै पर्ने हुन्छ। गएका दुई वर्षका नेकपाका गतिबिधि हेरे प्रष्ट हुन्छ देशको गन्तब्यको आन्द्रो कसरी सत्ताधारी पार्टीको गन्तब्यको आन्द्रोसङ्ग गाँसिएको छ। करीव ३८ वर्षको मेरो सङ्गतले भन्छ यो नेकपा भन्ने चिज आफैँ दोबाटोमा उभिएको छ र यसका मूख्य नेता संसारभरमा सबै भन्दा बढि द्विविधाग्रस्त प्राणी हुन। यसका नेताले जहिले पनि द्वैध चरीत्र देखाएका छन् । विहानभर कार्यकर्तालाई उत्तरकोरियन लाइनमा प्रशिक्षण दिईरहे, बेलुका अमेरिकीसँग ‘लिबरल इकोनोमी’को तालीम लिईरहे ।
चिनियाँलाई ‘हामी कम्युनिष्ट’ भनेर ढाँटे, भारतीयलाई ‘हामी तिम्रै चेला’ भनेर ढाँटे, अमेरिकीलाई ‘हामी बहुदल र खुला अर्थनीति मान्ने ‘लिबरल’ दल हौँ, नाम मात्रै कम्युनिष्ट हो कार्यकर्तालाई सम्झाएर विस्तारै नाम सम्म फेर्न सक्छौं’ भनेर ढाँटे, जनतालाई ‘हामी समाजबादी’ भनेर ढाँटे, माडवारीलाई ‘हामी बिचौलिया पूँजीवादी’ भनेर ढाँटे, सेना र राजावादीलाई हामी ‘गोर्खाली राष्ट्रवादी’ भनेर ढाँटे । यो द्विविधाग्रस्त नेतृत्ववर्गका हातमा मुलुक छ। आइपिएस, बिआरआई र चुच्चे नक्सा काण्ड, ति सबैको उद्देश्य अहिलेका नेपाली शासकको गन्तव्य छुट्याउन दवाव हाल्नु नै हो।
दुई दिन अघि नेकपाका एक वरिष्ठतम मध्येका नेता प्रदिप नेपालको “नेकपाकै नेताले नचिनेका मदन भण्डारी र कम्युनिष्ट भविष्य” शिर्षकको लेख पढ्दै थिएँ, छेवैमा अर्को अनलाइनको समाचार भ्याट्ट खुल्योः “नेकपामा कुर्सी विवाद : शीर्षनेतालाई मञ्चबाट झारियो”। मैले संसारभरको तथ्याङ्क दिएरै एक-डेढ वर्ष अघि लेखेको थिएँ संसारमा आकस्मिक मृत्यू भएका सरकार हेर्ने हो भने दुई-तिहाइँ वा आरमदायी बहुमत भएका सरकार छन। हाम्रो दुई तिहाइँको सरकार बन्नासाथ त्यस्तो कुरा लेख्दा धेरै फेसबूके विद्वान हाँसे। त्यसबेला जो जो हाँसे अहिले तिनै भन्दैछन सत्ता ढाल्ने खेल बलियोसङ्ग चलिरहेको छ। प्रधानमन्त्रि ओली आफैँले ‘दूतावास कर्मचारीले ढाल्न खोज्दैछन तर म ढल्दिनँ’ भन्दिए पछि सरकार कति बलियो छ थप गफै चाहिएन। मञ्चबाट झार्नु पर्ने अवस्था भनेको कुर्सीबाट झार्नु पर्ने बाध्यताको द्योतक हो। आज टर्ला तर भोली जसरी पनि आउने नेसेसरी इभिल हो।
यो अवस्था किन आयो भनेर कोही विमर्श गर्न तयार छैन। ‘प्युरिटानिस्ट’ (शुद्धतावादी) आन्दोलन बामपन्थी आन्दोलनभित्रको गम्भीर तर कसैले वास्ता नगरेको आन्दोलन हो। एक कोणबाट हेर्दा यो “उपचार” हो तर अर्को कोणबाट हेर्दा “महारोग” हो। अहिले मञ्च वा कुर्सीबाट झर्नु पर्ने अवस्था नेता देखि कार्यकर्ता सम्म ब्याप्त मानसिक रोगको उपज हो। मानसिक रोग भने पछि दिमाग कहाँ-कहाँ दौडिन्छ, के सोच्ने बनाउँछ, के के को डर देखाउँछ, कहिले हावामा उडाउँछ, कहिले दलदलमा फसाउँछ, कहिले शरीर प्रति गहिरो माया जगाउँछ, कहिले शरीर त्यागिदिऊँ जस्तो बनाउँछ। त्यसको व्याख्या अहिले नगरौँ ।
प्रदिप नेपालले राम्रो ब्याख्या गर्नु भएको रैछ कसरी नेकपाका बहुसंख्यक साथीहरूलाई मदन भण्डारीका ’boutमा ठोस जानकारी छैन भनेर। । जो जो मदन भण्डारीको नाम जप्छन तिनले दन्तेकथा जस्तो बनाएर वर्षको एक-दुई पल्ट श्राद्ध गरेर मदन भण्डारीलाई सम्झिन्छन भन्ने वहाँको निष्कर्ष रैछ, मलाई चित्त बुझ्यो। मैले माथि भनेको दोबाटो यही मदन भण्डारीमाथि गरिने ब्याख्यामा अडेको छ। प्रदिप नेपालकै शब्द सापटी लिएर भन्नु पर्दा मदन भण्डारीले “बहुदलीय” शब्द प्रयोग गरे पनि “बहुलबाद”लाई आत्मसात गरेका थिए। नेकपाको नेतृत्व गरिरहनुभएका ओलीको यसै विषयमा ठूलो द्विविधा देख्छु। वहाँ हाम्रो समाजको मात्रै होइन वहाँकै पार्टी भित्रको बहुलतालाई समेत स्विकार गर्न मरेका कान्छा बालाई घाट लैजान जत्तिकै गाह्रो मानि रहनु भएको छ। देश जसरी एकल जातीय, एकल वैचारिक ढाँचाले नचल्ने भएको छ, वहाँको दल त्यस्तै भैसकेको छ। करिस्मा होइन समन्वयले मात्रै चल्ने जहाजमा बसेर जसरी एक्लो क्याप्टेन हुन खोज्दै हुनुहुन्छ, वहाँको पृथ्वीनारायण शाहको चोर औँलो ठड्याएको फोटोको छेवैमा आफ्नो पनि चोर औँलो ठड्याएको फोटो टाँस्ने अभिलाषाको मूख्य शत्रु यही हो।
वहाँका कुकर्म, भ्रष्टाचार प्रवर्द्धन देखि महामारीमा भएका अकर्म सम्मलाई ढाकछोप गर्न जति कडा स्वरमा राष्ट्रवादको खाँडो जगाउन सके पनि बिभाजित नेकपामा त्यो ब्यर्थ हुने कुरा वहाँले बुझ्नु पर्छ। दुई वर्षका कुशासन, सहकर्मीको मानमर्दन, देशको धरातलीय यथार्थको अबमूल्यन, स्थापित पद्दति र विधिको उल्लङ्घन जस्ता वहाँका कर्म हेर्दा सानो बच्चाले समेत भन्नेछ, बा तपाइँले कुबाटो रोज्नु भयो। दुई वर्षमा बलियो पद्दति बस्थ्यो त्यो वसाउनु भएन र हिरो बन्न खोज्नु भयो त्यसैको परिणाम शर्मनाक अवस्था भोग्ने मार्गमा हुनुहुन्छ।
प्रचण्डको त झन चोरबाटो प्रष्टै देखिएको छ। पूर्व एमाले वृत्तलाई फुटाएर-भिडाएर वहाँले जे लाभ लिन खोज्नु भयो त्यो काम एकवर्ष नगर्नु भएको भए अहिले माहोल नै अर्कै बन्थ्यो। पालैपालो प्रधानमन्त्रि बन्ने कुरा खुलेर भन्नु भएन, पार्टी सञ्चालनको कार्यकारी अधिकार प्रयोग गर्नु भएन, पार्टीको महाधिवेशन छिट्टै गर्नुको सट्टा भागबण्डामा जोड गर्नु भयो, पूर्व माओवादी गूटभित्रै कसैलाई काखा र कसैलाई पाखा गर्दै हुन्छ भन्ने सन्देश दिनु भयो । अहिले ओलीलाई हटाउने बैधानिक फोरम दल भित्र छैन। पार्टी मिसिँदा टिकाथापेर केन्द्रीय नेता हुनेको जमात ठूलो भएकैले ओलीले त्यसलाई ठाडै मन्यता दिन अस्विकार गर्नु भएको हो। निर्वाचित सांसदहरूको फोरम नै ओलीलाई नियन्त्रण गर्ने एकमात्रै वैधानिक थलो हो, तर प्रचण्डले त्यसलाई कहिल्यै प्रयोग गर्नु भएन र सचिवालय, स्थायी समिति तिर मात्रै दौडिनु भयो। ति फोरम ओलीलाई दवाव हाल्ने फोरम त हुन तर ओलीलाई पार्टी निर्णय मान्न बाध्य बनाउने बैधानिक थलो होइनन। प्रचण्ड अझै संसदीय दलमा यो विषय लैजान तयार हुनुहुन्न। चोरबाटोहरूमा कसरी अबरोध खडा गर्ने ओलीलाई सबै थाहा छ। बैधानिक बाटोबाट नगई दवावमा हटेका ओली अहिले भन्दा दश गुणा खतरनाक हुनुहुनेछ, कुनै पछिल्ला सरकारले सहज रुपमा काम गर्ने अवसर वहाँले दिनु हुने छैन।
अहिले देश दोबाटोमा छ, पार लगाउन न त ओलीको कुबाटो बाट सम्भव छ न प्रचण्डको चोरबाटो बाट।