नागपञ्चमी



बर्षा याम सकिएर हिउँद शुरु भएको शुभ दिन अर्थात नाग पञ्चमीको दिन नागको पूजा गरेर मनाइन्छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरघरका मूलढोकामा नागको तस्विर टाँसेर पूजा गरिन्छ । घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोरोना संक्रमणका कारण यसपटक नाग पोखरीहरुमा पोहर सालहरु जस्तो मेला लागेन । भक्तपुर स्थित नाग पोखरीमा सीमित संख्यामा मानिसहरू भेला भएर दूधको अभिषेक गरी नागको पूजा गरेका थिए । टौदह, ललितपुरको नागदहमा थोरै संख्यामा भक्तजनहरु भेला भएका थिए । काठमाडौंको नक्सालस्थित नागपोखरीमा पोखरी प्रवेशमा रोक लगाएका कारण भक्तजनहरु ढोकामा नै पूजा तथा बाहिरबाट दर्शन गरेका थिए । बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
शब्द/तस्विर : सुनिल शर्मा