उत्सव विनाको श्रीकृष्ण जन्माष्टमीे

श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरेर मनाइयो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा  अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका भगवान् श्रीकृष्णको पूजा(आराधना, प्रवचन, भजनकीर्तन गरिन्छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै विगतका वर्षहरुमा झैं देशैभर रहेका कृष्ण मन्दिरहरुमा खासै चहल पहल रहेन ।

शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका थिए । कृष्ण जन्माष्टमीको दिन अत्यधिक भिडभाड हुने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर आज बन्द गरिएको थियो भने काठमाडौंको हनुमानढोकास्थित कृष्ण मन्दिरमा पनि भक्तजनहरुलाई मन्दिर प्रवेश गराइएको थिएन । दुवै कृष्ण मन्दिरहरुमा फाट्टफुट्ट भक्तजनहरु मात्रै पुगेर पूजा आजा गरे ।