राजनीतिमा जनता अटाउँदैनन् ?

जनताले अहिले मात्र होइन, जब लोडसेडिङ अन्त भयो तब देखि कुलमान घिसिङको जय गान गाउन थालेका हुन् । उनको देवत्वकरणलाई स्थान दिनु उपयुक्त हुँदैन यो उनी स्वयंले पनि भनेकै छन्, तर यत्रो काम गरेर देखाउने र जनताले रुचाएको व्यक्तीलाई फेरि एक मौका दिंदा के बिग्रन्थ्यो र ? समाजवादी अझ कम्युनिष्ट सरकारकै प्रमुख मार्ग हुनु पर्ने मेडिकल शिक्षा सम्बन्धी माग लिएर डा.गोविन्द केसीलाई बारम्बार अनशन बस्नु पर्ने बाध्यता किन आइलागेको होला ? ती मागमा नाजायज कुरा के छन् र ?

म राजनीति शास्त्रको विद्यार्थी होइन । औपचारीक रुपमा विभिन्न विश्वविद्यालयहरुले राजनीति शास्त्र पढाउँछन् तर मेरो कौतुहलको पाटो के हो भने आखिर राजनीती शास्त्रमा के पढाई हुन्छ ? वर्षौं लगाएर के पढ्छन् विद्यार्थीहरुले र परिक्षामा कस्तो उत्तर लेखेर पास गर्छन् ? फेरि राजनीति गर्न राजनीति शास्त्र पढ्नु अनिवार्य पनि रहेनछ । जसले यो पढेको छ त्यो व्यक्ति सत्ता वा राजनीतिको उपल्लो पदमा बहाल भएको पनि छैन । कुनै दिन मौका मिल्यो भने राजनीति शास्त्र पढाउने गुरु वा पढेका साथीभाइ सँग छलफल गरौंला तर अहिले मेरो सानो दिमागमा राजनीति शास्त्रको ’boutमा अति नै संक्षिप्त रुपमा आएको निश्कर्ष भनेको देश र जनताको इच्छा बमोजिम उनीहरुको हितको लागि कार्य गर्नको लागि सत्तामा गएर सरकार चलाउनु हो । तर, यती सजिलो सरल रेखामा कोरिएको ज्ञान व्यवहारमा परिणत हुँदा किन अत्यन्तै अप्ठेरो बक्र रेखामा परिणत हुन्छ ?

अहिले सत्तामा केपि वली बिराजमान हुनुहु्न्छ । नेपालका बच्चा बच्चालाई कण्ठ भइसक्यो कि उहाँले चौध वर्ष जेल भित्र बिताउनु भएको छ । तर, त्यही बच्चा बच्चाले अब सोध्ने बेला भइसक्यो, के का लागि, के का लागि उहाँले चौध वर्ष जेल जीवन बिताउनु भयो ?

काँग्रेस र माओवादी मिलेर जब पहिलो वली सरकार ढाले त्यतीबेला त्यसलाई नरुचाउने मानिस नेपालमा अत्यधिक थिए । किनकी वली नै यस्ता व्यक्तिको रुपमा उदाउन शुरु गरेका थिए कि नेपाली जनताले खोजेको जस्तो राजनेता सायद उहाँ नै हो । विशेषतः भारत सँगको अडान र उहाँ भित्र रहको देश बनाउने बिभिन्न प्रकारका योजनाहरु । फलस्वरुप आम निर्वाचनमा उनलाई सहज बहुमत दिलाईदिए त्यतीमात्र होइन माओवादीपनि मिसिएपछि त संसदमा झण्डै दुई तिहाई सांसदको बलियो समर्थन नै प्राप्त भयो ।

नेपाली जनता, उहाँको पार्टीलाई भोट हाल्ने मात्र होइन नहाल्ने पनि, ढुक्क भए, कमसेकम वलीले सत्ता पाए त्यो पनि पर्याप्त बहुमतका साथ । पटक पटक सरकार ढालिरहने खेल देखेका जनता अब आशावादी थिए कसैले सरकार ढाल्न सक्दैन भनेर । तर, सोचे झैं जिन्दगी रैनछ भन्ने अहिलेको प्रख्यात गित जस्तो उहाँको कार्यशैलीमा पहिलो सत्ताकालको भन्दा दोश्रो सत्ताकालमा एकदमै फराकिलो अन्तर देखिई सकेकोछ । उहाँको उचाई जसरी माथी पुगेको थियो त्यसैगरी तल झर्न थालिसकेको छ । जुन अत्यन्तै नकारात्मक हो ।

सबै भन्दा ठूलो कुरा त उहाँमा अहम् र दम्भले नराम्रो घर बसाउन शुरु गर्यो । साधारण जनताको मतबाट त्यो पदमा पुग्न सफल भएको हुँ भन्ने पनि बिर्सनु भयो कि जस्तो भान हुने गरी ओठे जवाफलाई प्राथमिकतामा राख्नु भयो । बिभिन्न सार्वजनिक भेलाहरुमा आफ्ना बिरोधीहरुलाई हाँसोको पात्र बनाईदिनु भयो । बाहिर मात्र होइन संसद भित्र समेत त्यसरी नै प्रस्तुत हुनु भयो । जबकि संसद भवन भित्र सबै माननियहरुको हैसियत बराबर हुन्छ । बिभिन्न ब्यापारिक घरानासँगको निकटता, आर्थिक अनियमितता सँग जोडिएका आफ्नै सहयोद्धाहरुप्रति असिम प्रेम र उनीहरुको बचावट जस्ता कुराले उहाँको कार्यशैली प्रति जनतामा वितृष्णा हुन शुरु भयो । स्वास्थ्य क्षेत्र, त्यसमा पनि अहिलेको कोरोना महामारीको विषयमा दिएका हल्का टिप्पणीले त उहाँको साखलाई खै कहिले पुर्ति गर्ला ?

पहिले लागि रहेथ्यो, एउटै हैसियतका आफ्नै पार्टी भित्रका समकालिन साथीहरु प्रधानमन्त्रीको लाईनमा लामबद्ध भएर उभिएका छन् । जताततै आफ्नो मान्छे घुसाउन दवाब दिईरहेका छन् । प्रधानमन्त्रीलाई काम गर्न धेरै अवरोध छ । त्यसैले लुगाधुने बाटामा कागजको डुँगा बनाएर ब्यंग हान्नेहरुले पनि उहाँ पछि उहाँको पार्टीमा त्यस्तो अर्को नेता देखेका थिएनन् जसलाई वलीको स्थानमा राख्न सकियोस् । बिराटनगरको एउटा गोठमा गएर गोबर ग्याँसलाई घरघरमा ग्याँस पुर्याउन सफल भईयो भनेर प्रधानमन्त्रीको हैसियतमा उद्घाटन गरेर भएपनि आफ्नो सपनाले मुर्त रुप लिन शुरु गरेको घोषणा गरेको यत्रो वर्ष सम्म पनि एउटा वडाको कुनै एउटा टोलमा समेत यो काम सम्पन्न गर्न नसक्नुमा आफ्नो परिक्षा उहाँले कसरी दिइरहनु भएको छ भन्ने प्रष्टै देखिन्छ ।

पार्टी भित्रको राजनीति मिलाउने जिम्मा पार्टी नेताहरुकै हो । एउटै पार्टी भएपछि तेरो मान्छे र मेरो मान्छे भन्ने नहुनु पर्ने हो, तर मानविय स्वभाव र आफ्नो विश्वास पात्र खोज्ने क्रममा एक हिसावमा यसलाई जायजै मान्न सकिएला । सत्ता कसरी आफ्नो हातमा पार्ने र आफ्नो मान्छेलाई कसरी खाली ठाउँ भर्दै लाने भन्नेमा जब सत्तारुढ दलभित्र कचिंगल शुरु भइरहेको थियो त्यतीनै बेला कोभिड—१९ ले नेपाललाई पनि आक्रमण गर्यो । देशै भरी लकडाउन गरियो । औषधी लिन हिंडेको मानिसलाई समेत पुलिसले सुम्ला बस्ने गरी हिर्काउँदा समेत जनता सहेर बसिरहेको बेलामा एक्कासी अर्को दल फोड्ने कर्तुत जनतासामु आइपुग्यो । सांसदहरुले अपहरण परेको भन्दै आरोप समेत लगाए । होटल होटलको मिटिङका फुटेजहरु बाहिर आउन थाले । धेरै वर्ष अगाडी शेर वहादुर देउवाको पालामा यस्तै सांसद किनबेच भएको थियो भन्ने पुरानो खबरलाई उदाहरण दिंदै नयाँ खबरले बजार पिट्यो । यो प्रकरणमा राष्ट्रपतीलाई समेत अनावश्यक रुपमा आक्षेप लाग्यो ’cause अध्यादेश मार्फत चालिस प्रतिशतको खेलको एउटा कानून उहाँकोमा पुर्याउने काम भयो पछि चौतर्फि दबावमा फिर्ता पनि भयो ।

पार्टी राजनीतिमा प्रधानमन्त्री एकलैको केहि नलाग्ला त्यसैले ठीक छ बामदेव गौतमको राष्ट्रिय सभा सदस्य मनोनितलाई अपवाद मान्न सकिएला तर उपेन्द्र कोइरालाको राष्ट्रिय बाणिज्य बैंकमा नियुक्ती, लोकदर्शन रेग्मीको एकहातमा राजिनामा अर्को हातमा बेलायतको राजदुत, युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारबाट सिधै अमेरिकाका लागि राजदुत । यस्ता त कती छन् कती उदाहरणहरु, यहाँ लेख्यो भने दश पेजमा पनि सकिंदैन । एउटै व्यक्तिलाई पटक पटक, त्यो पनि फरक फरक क्षेत्रमा नियुक्ती दिनुले देशमा पाँच, दश जना व्यक्तिहरु नै सबैक्षेत्रका विज्ञ रहेछन् भन्ने जनताले मानिदिनु पर्यो कि बिचरा सरकारले देशमा विज्ञ व्यक्तिको खडेरी परेर उनीहरुलाई बारम्बार पुनःनियुक्ती दिनु बाध्यता पर्यो भन्ने मानिदिएर चुपचाप लकडाउन पर्व मनाएर बसिदिनु पर्यो ।

जनताले अहिले मात्र होइन, जब लोडसेडिङ अन्त भयो तब देखि कुलमान घिसिङको जय गान गाउन थालेका हुन् । उनको देवत्वकरणलाई स्थान दिनु उपयुक्त हुँदैन यो उनी स्वयंले पनि भनेकै छन्, तर यत्रो काम गरेर देखाउने र जनताले रुचाएको व्यक्तीलाई फेरि एक मौका दिंदा के बिग्रन्थ्यो र ? समाजवादी अझ कम्युनिष्ट सरकारकै प्रमुख मार्ग हुनु पर्ने मेडिकल शिक्षा सम्बन्धी माग लिएर डा.गोविन्द केसीलाई बारम्बार अनशन बस्नु पर्ने बाध्यता किन आइलागेको होला ? ती मागमा नाजायज कुरा के छन् र ? कहिले सम्म जनताहरुले “आईएम विथ डाकेसी” भन्ने ह्यासट्याग राख्नु पर्ने वातावरण बनाईरहने ? एउटै मागको लागि कहिले सम्म माईतिघर मण्डलामा पुलिसले डण्डा पानीको फोहोरा बर्साईरहने ? अख्तियार प्रमुखमा सुशिला कार्कीलाई मौका दिंदा के हुन्छ र ?

सत्ता चलाउनेहरुले माक्र्स, लेनिन, माओ, गान्धी, मण्डेला सबै पढे । स्वदेशी भन्दा विदेशी नेता र नीति बढी पढे तर आफ्नै देशभित्रको जनता कहिल्यै पढेनन्, पढ्नै भ्याएनन्, कसरी पढ्नु पर्छ भनी जान्दैजानेनन्, सिक्दै सिकेनन्, कोशिष गर्दै गरेनन् । जनतालाई उनीहरुको सहभागितामा होइन लादेर शासन गर्नु पर्छ भन्ने बुझे । के राजनीति शास्त्रमा यहि छ ? मेरो जिज्ञासा !
अन्तमा, काठमाण्डौको धारामा मेलम्चीको पानी नझरेपनि प्रधानमन्त्रीको तुईन विस्थाफित गर्ने सपनाले मुर्त रुप लिओस् भन्ने कामना सबै नेपालीको छ ।