विद्यार्थीमा फर्किएको मुस्कान
विश्वभरि फैलिएको कोरोनाको महामारीका कारण नेपाल अधिराज्यभरि रहेका सरकारी,सामुदायिक तथा निजी विद्यालयहरु विगत ६ महिनादेखि बन्द रहेका छन् । राजधानी लगायत ठूला शहरका विद्यालयहरुमा बैकल्पिक पठनपाठनमा जोड दिदैं आइरहेको छ भने गाउँ तथा अन्य शहरहरुमा विद्यार्थीहरुको पढाई लगभग ठप्प नै रहेको छ ।
कोरोना कम प्रभावित क्षेत्रका विद्यालयहरुले असोज महिनामा सुरक्षाका विभिन्न तरिका अपनाई विद्यार्थीहरुलाई शैक्षिक पठनपाठनमा अग्रसर गरेको छ । त्यसै अन्तर्गत प्रदेश ५ को दाङ्ग, रोल्पा तथा रुकुम(पूर्व) का केही गाउँपालिका तथा नगरपालिकामा विद्यार्थीहरुको चहलपहल देखिन्थ्यो ।
दाङ्गको दंगीशरण गाउँपालिका – ७ वुटनिया स्थित श्री जनता आधारभूत विद्यालयमा हप्ताको जोर बारमा जोर रोल नं तथा विजोर बारमा विजोर रोल नं का विद्यार्थीहरुको उपस्थित गराई विद्यालय सञ्चालन गरे भने रोल्पा तथा रुकुम(पूर्व)का केही विद्यालयहरु सुरक्षाका विधि अपनाई हप्ताको केही दिन मात्र पठनपाठन सञ्चालन गरे ।
जे होस ६ महिनासम्म ठप्प रहेको पढाईमा पुन सक्रिय, आफना साथीहरु तथा शिक्षक शिक्षिकाहरु संग रमाइलो भेटघाटले कोरोनाको कहरको विच पनि विद्यार्थीहरुको अनुहारमा मुस्कान फर्किएको छ ।






















