इन्द्रसरोवरमा डुंगा सररर
काठमाडौं नजिकैको पर्यटकीय क्षेत्र इन्द्रसरोवर ताल अहिले पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ। विद्युत् उत्पादनका लागि पहिलोपटक निर्माण गरिएको मानवनिर्मित ताल अर्थात मार्खु र कुलेखानीको बीचमा रहेको गहिरो खोंचमा बाँध बाँधेर नदीनालाको पानी संकलन गरी संचालन भइरहेको कुलेखानी जलविद्युत परियोजनाको जलाशयमा डुंगा शयर गर्न पर्यटकहरुको घुइंचो नै लाग्ने गर्दछ ।
मकवानपुरको उत्तरी क्षेत्र मार्खुमा विदा मनाउन,कुनै पर्व वा नयाँ बर्षमा भ्रमण गर्न अहिले काठमाडौँ, हेटौंडालगायत देशका विभिन्न शहरबाट आउने पर्यटकको भीड लागेको छ। कुलेखानी जलविद्युत् आयोजनाको यो तालमा मार्खुका किसानले सामूहिक रुपमा माछा पनि पालेका छन् ।
तालमा डुंगा शयर गर्न आउनेहरुको सुरक्षाका लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ । तालमा डुंगा शयर गरि सेल्फी तथा साथीहरु संग तस्विर लिन्दै पर्यटकहरु रमाइरहेका हुन्छन्। कोरोना भाइरसको संक्रमणका कारण लामो समय थला परेको पर्यटन क्षेत्र उकास्न आन्तरिक पर्यटकहरुको लागि इन्द्रसरोवर ताल एक उचित गन्तव्य हुन सक्छ ।
शब्द तस्विर : सुनिल शर्मा

















