म संग बिकल्प छैन

जनतालाई राज्य व्यवस्थापनमा हस्तक्षेप गर्ने अधिकार छ। कोरोना प्रकोपको निहुँमा सरकार बालुवाटारमा संधै लुक्न सक्दैन। जनता चौलानी पानी खाएर घरमा थुनिन मिल्दैन। राज्यलाई आफ्नो बिर्ता ठानेर नयाँ पुस्ताका पुँजीवादी शासक जन्माउन खोज्ने नेता नामधारीहरुका अर्को पुस्ताले जनताको टाउकोमा गीर खेल्नु अघि जनता आफै सडकमा उत्रिनु जरुरी छ। कर तिरेर सुविधा नपाउने राज्यमा बिप्लवको ज्वाला उठ्नुपर्छ। त्यो उठ्छ।


राजेश मिश्र 

सन्तोष खडेरी भन्ने मान्छे को हो म चिन्दिन। तर उ प्रति मेरो सम्मान र बिश्वास छ। उ नेपाली ईतिहासका टुक्राटाक्री यसरी प्रस्तुत गर्छ, मानौं उ स्वयं त्यहाँ उपस्थित होस् ! 

उसले म मन मखाएर बसेको दिन एउटा फोटो र उसको आत्माले शायद जे लेख भनेको थियो त्यही लेखेर फेसबुकमा पोष्ट गर्यो। 

बीपी कोईरालाको त्यो अरुले कहिल्यै नदेखेको तस्वीर सन्तोषले मनीषा कोईरालाको फेसबुकबाट तानेको रहेछ। मनीषा मुम्बईमा महारानी बनिन कि बनिनन, मेरो लागि यो कुनै महत्वको बिषय होईन। उनका बुवाले बीपीको छोरा भएकै कारण राजाको मन्त्री पद खाए। त्यो पनि मेरो सरोकारको बिषय होईन। मनिषाले आफ्नो हुन नसकेको मान्छे संगको विवाहमा राजालाई पनि बोलाएकी थिईन्; त्यतिबेला राजा भन्दा मयलपोशमा आएका ज्याकी श्राफसंग फोटो खिच्न आतूरहरुको घुईंचो थियो। पार्टी सोल्टी होटलमा थियो। 

सत्तामा पुगेपछि मान्छेलाई के हुन्छ कुन्नि? गिरिजाप्रसाद कोईराला अब राजनीति गर्ने हरेकले प्रयोग गर्ने एउटा खुत्रुके भैसके। प्रचण्ड गिरिजालाई पिण्ड पानी दिएको सहगोत्री छोराले जस्तो भजाउँदैछन्। ओलीले पाए त्यही गर्ने थिए। तर उनीसंग बीपीलाई जोडेर गर्ने “टकिङ प्वाईण्ट” को सर्वथा अभाव छ। 

कम्युनिस्ट कहिल्यै रास्ट्रवादी हुन सक्दैनन्। राष्ट्रवाद कम्युनिष्टको बडापत्रमा छैन। उनीहरुको आदर्श भनेकै “बिश्वमा सर्वहाराको अधिनायकवाद” स्थापित गर्ने हो। यो प्रसंग आउँदा म चे गुएभारालाई सम्झिन्छु। कम्युनिष्ट खलकमा यस्ता क्रान्तिकारी अरु शायदै जन्मिएका होलान्। अर्जेन्टिनामा जन्मिएको एक निम्न मध्यम बर्गीय परिवारको बालक उमेर भएपछि पेशाले चिकित्सक बन्यो।

उ क्युबामा फ़िडेल कास्त्रो संग नारिएर सशस्त्र कम्युनिष्ट क्रान्तीमा होमियो। क्युबाको क्रान्ति सफल भएपछि कास्त्रोले चे लाई मन्त्रीको पद नै दिन खोजे। उनले त्यो स्वीकार गरेनन्। बरु बोलिभियामा अर्को क्रान्ति गर्न गए। त्यो बेला आएको साम्यवादी उभारबाट आत्तिएको पुँजीवादी अमेरिकी गुप्तचर संस्था सीआईएले उनलाई त्यहीं गोली दागेर मारिदियो। 

हलिउडले उनको ’boutमा पछि सिनेमा नै बनायो। तर चे को ’boutमा अमेरिकीलाई जानकारी दिने अरु कोही होईन, उनकै मान्छे थिए। त्यसैले कम्युनिष्टको बिश्वास गर्नुहुन्न। 

कम्युनिष्टको गिद्धे नजर मुलुकका गरीब नागरिक माथि हुन्छ। अशिक्षा, भोकमरी र सूचनाको अभावमा पिल्सिएको समुदाय यीनिहरुको उर्वर भुमि हो। निर्धन समाज बिनाको कम्युनिष्ट राजनीति असान्दर्भिक हुन्छ। 

कार्ल मार्क्स एक दार्शनिक थिए। सन् १९१७को बोल्सेभिक क्रान्ति पछि लेनीन र पछि लामो कालखण्डमा स्तालीनले मार्क्सको दर्शनलाई आफ्नो अधिनायकवादमा रुपान्तरित गरिदिए। 

रुसी क्रान्तिमा मजदूरको सकृय सहभागिता थियो। चीनमा किसानको। रुसको जनसंख्या जति थियो, त्यो भन्दा बढी चीनमा किसान थिए। माऒत्से तुङ्गले किसानलाई आफ्नो आधार बनाए। आफूले सुंगुरको फोक्सो र रक्सी खाँदा कार्यकर्तालाई “लंग मार्च” मा पठाए। जुत्ताको तलुवा उसिनेर खान लगाए। जनताको नाममा बुनिएको यो अमानवीय सांस्कृतिक क्रान्ति हिटलरले गरेको यहूदी माथिको नरसंहार पछि ईतिहासमै अर्को मानवीय त्रासदी हो। तर नेपालका मात्र होईन, विश्वमै बचेखुचेका कम्युनिष्टहरु यसमा अझै गर्व गर्छन।  

 गरीब  नभए कम्युनिष्ट राजनीतिको दाल गल्दैन। को बीपी अनि को केपी ? तुलना साध्य छैन। बीपीले बिमान अपहरण लगायत ओखल्ढुङ्गा काण्ड आदि ईत्यादिको सगर्व जिम्मेवारी लिए। ओलीले के गरे ? धादिंगको गुण्डा चरीलाई भरमग्दूर प्रयोग गरे । चरी भाउँतो हुनथाल्यो भन्ने जान्ने बितिकै के भयो मिरा चौधरी लाई सोधे हुन्छ। 

महेश बस्नेत कुन पृष्ठभूमिबाट आएका मान्छे हुन् सबैलाई थाहै छ। उनको उपादेयता सकिएपछि ओलीले के गर्छन, महेश बस्नेतलाई थाहा छैन। थाहा हुन जरुरी छ। 

कुरा गम्भीर छ 

अहिले नेपालको समस्या भनेको के हो भने, मुलुकको राष्ट्रिय मुद्दालाई गति दिन सक्ने औकात भएको एउटै नेता छैन। सबै मर्नुभन्दा अघि एक पटक वा एक पटक भन्दा बढी सत्ताको मोह संवरण गर्ने मुसे दौडमा छन्। 

बीपी प्रधानमन्त्री हुँदा उहाँको उमेर ४४ बर्षको थियो। 

बीपीले जंगलको राष्ट्रियकरण गर्दा, अथवा भूमिसुधारको कुरा गर्दा राजा महेन्द्रको मुटुमा ढ्याङ्ग्रो पक्कै ठोकियो होला। बीपीका मन्त्रीले राज्य चलाउने सुरसार शिक्षा पाएकै थिएनन्, जाबो पन्ध्र करोडको बजेट थियो। के चाहिं लामो हात गरे होलान? सोच्ने कुरा छ। 

अरिंगालहरुले केपीलाई “राजनेता”को उपाधी दिएका छन। एकछिन, बीपी र केपीको तुलना गरौँ। 

तुलना गर्न लायक एउटै कुरा हो, यी दुवैले अभूतपूर्व रुपले संसदमा दुई तिहाईको बिश्वास पाएका थिए। बीपीले पन्ध्र महिना काम गर्दा जे गरे, त्यसको ईतिहास छ। महेन्द्र त्यसै तर्सिएका थिएनन्। केपीले पन्ध्र महिना जे गरे, जनता तर्सिन त्यो पर्याप्त छ। केपी ओली दलाल पुँजीवादीहरुको कारिन्दा सावित भए। उनीबाट न कोरोना प्रकोपको उचित व्यवस्थापन हुन सक्यो, न जनताले राज्यको उपस्थितिको कुनै अनुभव नै गर्न पायो।

 उखान तुक्काले जनताको मुखमा माड लाग्दैन भन्ने कुरा सावित भयो। 

बिपी आफैले प्रधानमन्त्रीको तलब पच्चीस सयबाट झारेर पन्ध्र सय कायम गरेको मान्छे। बिनोद दीक्षित दाई मलाई अझै  भन्छन, “मेरा बा ले दुई टूक कुरा गरेकै कारण  बीपीले साप्ताहिक समिक्षा चलाउन मासिक पैसा दिनुहुन्थ्यो।” बिनोद दाई पनि अब बुढा भैसके। म परदेशमा छु।  

शेर बहादुर देउवा सत्तरी नाघिसके। परशुनारायण चौधरी, बिपीन कोईराला आदि ईत्यादिसंग मिलेर शेर बहादुर देउवा झन्डै पंचायत छिरिसकेका थिए। किसुनजीले सुइँको पाएपछि शेर जीलाई कुपन्डोलमा बोलाएर बेस्सरी हप्काउनु मात्र होईन, माया गरेर लण्डनमा पढ्न पठाइदिनुभएछ। किसुनजी किसुनजी नै हो। 

यता ०४६ को आन्दोलन भयो, उता शेवदे सुरा सेवनमा व्यस्त। भाँडा नै त माजेनन् होला। पढ्नचाहिं पढेनन् रे। मलाई बीबीसीमा काम गर्ने साथीहरुले भनेको कुरा। छयालीस सालको आन्दोलन सफल के भएको थियो, शेरबहादुरको गजबको आगमन भयो।  चाकमा खुर्सानी हालेको कुरा ब्यापक थियो उनका ’boutमा। तर पुष्टी भएन। जीब्रोमा करेन्ट हानेको भन्ने कुराको पनि कुनै छिनोफानो भएको छैन। शेरबहादुरको ईतिहास गजब थियो होला। तर उनको बटुलबाटुल कुरामा मलाई पटक्कै बिश्वास छैन। 

मलाई किन बिश्वास छैन भने, उनले आफ्नी सासूलाई जापानको राजदूत बनाएको कुरालाई कसैले चूँ गरेनन्। उनकी सासू राप्रपाकी स्वनामधन्य हुलिमुहाली थिइन्। रुवाखोला बाट आएको शेर बहादुर देउवाको बर्ग परिवर्तन भैसकेको थियो। उनी जुद्द शमशेरका ज्वाईं खलकमा दाखिल भैसकेका थिए। ओलीले यो कुरा नबुझ्ने कुरा थिएन। 

प्रचण्डका भाईलाई अष्ट्रेलियाबाट फिर्ता बोलाउने ओलीको आँट जापानकी सासू राजदूतसामु किन लात्र्याक लुक्रुत पर्यो, राजनीतिका जानकार सबैले बुझेको कुरा हो। देउवा र ओली काले काले मिलेर खाउँ भाले “मोड” मा छन्। तर ओली छाली सोहोर्छन , देउवा छ्याकन खाएर सन्तुष्ट छन्। नेपाली राजनीतिले यस्तो कमजोर प्रतिपक्षी नेता कहिल्यै पाएको थिएन।पावर सेन्टरको चमत्कार ! 

तर के नयाँ पुस्ताका राजनीतिक महारथीहरूसंग त्यो विप्लवलाई सम्बोधन गर्ने आँट छ ? योगेश भट्टराईको पारा पनि देखिंदै छ । यहि पाराले भुसाल पनि भुस बराबर बन्नेमा कुनै शंका छैन। अब हेर्नुछ, कांग्रेसी महाधिवेशन भयो भने गगन थापा र बिश्वप्रकाशले के लछारपाटो लाउने हुन् ? 


नयाँ पुस्ता 

कतिका लागि यो निहुँखोजा कुरा हुन सक्छ। देउवा छोड्ने मनसायमा छैनन्। देउवा अर्को मनसायमा पनि छन्। यो बिमलेन्द्र निधि लगायत कोइराला खानदान सबैका लागि “ब्याड न्यूज “हो। देउवा गिरिजाप्रसाद कोईरालाको क्याबिनेटमा गृहमन्त्री बन्नुमा कुन खड्कोले काम गर्यो, त्यो अब पुराना कांग्रेसीले पनि शायद बिर्सिसके। तर तत्कालीन अमेरकी राजदूत जुलिया चांग ब्लक र आरजू राणाको गजबको मिलाप थियो। नेपाली राजनीतिमा सत्ताको सिंढी चढ्दै गएका देउवा र अमेरिकी पैसामा एनजीओ चलाउने आरजूको मिलन अमेरिकी स्वार्थका लागि खुवामा हालेको जेरी र स्वारी भैदियो। 

जयबीर सिंह देउवा जन्मिएपछि जुलिया चांग ब्लक बच्चोको “गड मदर” भैदिईन। शेरबहादुर अब अमेरिकाका लागि एउटा “एसेट” भैगए। 

आरजू राणा राजनीतिमा आईन। चुनाव लड्न उनलाई एउटा ठाउँ चाहियो। कुनैबेलाका एन आर एन का नेता भवन भट्ट जापान बसेर कारोबार गर्ने व्यवसायी हुन्। आफ्नो पालोमा उनले एन आर एन का लागि केही नगरेपनि आरजू देउवाका लागि चुनाव लड्न एउटा घर किनिदिए।आरजूकी आमा जापानका लागी नेपाली राजदूत थिइन्, अझै छिन। 

जयबीर सिंह  देउवा अहिले नाबालिग नै होला। तर त्यो बच्चो शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्रीका रुपमा भारत जाँदा भ्रमण दलको कान्छो सदस्य हो। जो आफ्नो राणाकालीन धाई आमाहरुको सान्निध्यमा थियो। उसले नेपालको स्कुलमा पढेको छैन। उसले पढेको राजधानीको लिंकन स्कूल हो। त्यहाँ नेपालका कूटनीतिक नियोगमा काम गर्ने विदेशीका सन्तान पढ्छन। जयबीर त्यसपछि पढ्न लन्डन गयो। उसलाई नेपालको ’boutमा केही थाहा छैन। 

बामदेव गौतमले आफ्नी छोरीलाई सन्तान पाउने बेला अमेरिका पठाए । किन ? अरु जे सुकै भएपनि नाती/नातिनी अमेरिकी नागरिक हुन्छे !  झलनाथ खनालका छोरा गौतम बुद्द लुम्बिनी एयरपोर्टको ठेकेदार हुन् । ओलीका आफ्ना सन्तान छैनन्, तर उनी यती, ओम्नी, भट्ट भटाभट आदि ईत्यादीका बा’ हुन्। 

कथित जनयुद्द ताका बाबुराम भट्टराईको जनसरकारले बिद्द्यालयबाट केटाकेटीहरुलाई भटाभट अपहरण गरेर जन मिलिसिया बनायो। “बुर्जुवा” शिक्षा हासिल गर्न दिएन। तर आफ्नी छोरी मानुषीलाई भारत र लण्डनमा पढ्न पठायो। नेपालमा यावत कम्युनिष्ट नेताहरुका सन्तान अमेरिका, यूरोप र सिंगापुरमा छन्। पाखण्डको पराकाष्ठा हो यो।  

एक ठूलै गैर आवासीय नेपाली ब्यापारी र नेपालको ठूलै मिडिया ग्रुपका मालिकको “सेटिङ्ग”मा प्रधानन्यायाधीश भएका चोलेन्द्र शमशेरले अब के के गर्छन, यो एक रोचक प्रतिक्षाको बिषय बनेको छ। उनको एउटा निर्णय सरकार झस्काउने, अर्को प्रतिपक्ष थुम्थुम्याउने खालको छ। भारतको  कथित “सुक्ष्म व्यवस्थापन” पनि अब त्यति सुक्ष्म रहेन। 

मूल कुरो हो, जनतालाई राज्य व्यवस्थापनमा हस्तक्षेप गर्ने अधिकार छ। कोरोना प्रकोपको निहुँमा सरकार बालुवाटारमा संधै लुक्न सक्दैन। जनता चौलानी पानी खाएर घरमा थुनिन मिल्दैन। राज्यलाई आफ्नो बिर्ता ठानेर नयाँ पुस्ताका पुँजीवादी शासक जन्माउन खोज्ने नेता नामधारीहरुका अर्को पुस्ताले जनताको टाउकोमा गीर खेल्नु अघि जनता आफै सडकमा उत्रिनु जरुरी छ। कर तिरेर सुविधा नपाउने राज्यमा बिप्लवको ज्वाला उठ्नुपर्छ। त्यो उठ्छ।

तर के नयाँ पुस्ताका राजनीतिक महारथीहरूसंग त्यो विप्लवलाई सम्बोधन गर्ने आँट छ ? योगेश भट्टराईको पारा पनि देखिंदै छ । यहि पाराले भुसाल पनि भुस बराबर बन्नेमा कुनै शंका छैन। 

अब हेर्नुछ, कांग्रेसी महाधिवेशन भयो भने गगन थापा र बिश्वप्रकाशले के लछारपाटो लाउने हुन् ? मलाई मेरो लेख निराशामा टुङ्ग्याउन मन लाग्दैन। तर म संग बिकल्प पनि छैन।