डेनमार्कले चेक गणतन्त्रलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा

डेनमार्कले चेक गणतन्त्रलाई २-१ गोलले पराजित गर्दै युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

डेनमार्कका डेनालेले खेलको पाँचौ मिनेटमा हेडमार्फत गरेको गोलबाट अग्रता लिएको थियो। ४२ मिनेटमा डोलबर्गले अर्को गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। 

दोस्रो हाफ सुरु भए लगत्तै चेकले गोल फर्कायो। ४९ मिनेटमा प्याट्रिक शिकले चेकका लागि गोल गर्न सफल भयो। दोस्रो हाफमा डेनमार्कका पाउलसेनले गोल गर्न गरेको दुई प्रयासमा चेकका गोलकिपर भ्यालिसिक बाधक बनेका थिए।

अब डेनमार्कले सेमिफाइनलमा इंग्ल्यान्ड र युक्रेनबीचको खेलको विजेतासँग खेल्नेछ।