इंग्ल्याण्ड युरोकप-२०२०को सेमिफाइनलमा, फाइनलकालागि डेनमार्कसँग भिड्दै
इंग्ल्याण्डले युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको छ । इंग्ल्याण्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएकोछ । सन १९९६ मा पछल्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको थियो । इंग्ल्याण्ड अब फाइनल प्रवेशका लागि डेनमार्कसँग भिड्ने छ।
रोममा भएको खेलमा इंग्ल्याण्डलाई जित दलाउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक/एक गोल गरे । खेलको चौथो मिनेटमै केनले गोल गर्दै इंग्ल्याण्डाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यही अग्रता कायम राखेको इंग्ल्याण्डले दोस्रो हाफमा तीन गोल गर्यो । ४६औं मिनेटमा मगुएरले गोल गर्दै अग्रता दोब्बर पारे । केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने हेन्डरसनले ६३औं मिनेटमा गोल गरे ।
पहिलो पटक क्वाटरफाइनल पुगेको युक्रेनको यात्रा भने इंग्ल्याण्डले यहिँ टुङ्ग्याइदियो ।