काठमाडौं किङ्सबाट शाहिद अफ्रिदीले ईपीएल क्रिकेट खेल्ने

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्न आउने भएका छन् ।

काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको ईपीएलका लागि अनुबन्ध ४४ वर्षीय अफ्रिदीलाई गरेको हो। यही असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविसद्यालय क्रिकेट मैदानमा चौथो संस्करणको ईपीएल हुने भएको छ।

काठमाडौं किङ्स-११ ले सोमबार एक कार्यक्रम गरेर अफ्रिदी आफ्नो टोलीबाट ईपीएल खेल्न आउने बताएको छ।   ईपिएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिएका छन्। 

अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म क्रिकेट खेलेका थिए । आफ्नो खेल करिअरमा उनले पाकिस्तानका लागि २७ टेस्टबा६ १७ सय १६ रन र ४८ विकेट झारेका थिए। 

उनले ३ सय ९८ एक दिवसीयबाट ८ हजार ६४ रन बनाए। त्यस्तै उनले ३ सय ९५ विकेट र टी-ट्वेन्टीमा ९९ खेल खेलेर १४ सय १६ रन बनाए। त्यस्तै उनले ९८ विकेट झारेका थिए। काठमाडौंमै नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्ध भइसकेका छन्। 

यो प्रतियोगितमा देशका ६ शहरबाट फ्रेन्चाइज टिम सहभागी हुने छन्। प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रियाट हो। प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स छन्।