कोरोनाले शान्त बनाएको फागु (फोटो फिचर )


फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइरहेका छन् ।

विगत वर्षमा फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने र पानीका लोला हान्ने गरिन्थ्यो । यस वर्ष त्यस्तो काम रोकिएको छ । केही वर्षदेखि नै फागु पूर्णिमामा तडकभडक रोकिँदै आएको थियो । यस वर्ष नेपाल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेकाले प्रशासनले शान्तरूपमा पर्व मनाउन आह्वान गरेको थियो । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । तस्विर : सुनिल शर्मा